• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, July 11, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

परमेश्वर पिताको हृदय पुस्तक समीक्षा

by NC Reporter
July 9, 2018
in News & Events

अस्तित्वमा आउनको लागी सबैलाई पिताको आवश्यक हुन्छ। कुलीन विज्ञहरूले अविष्कार, खोज, राष्ट्र, विषय र अन्य अरू धेरै सम्बन्धी पिताको अवधारणा प्रस्तुत गरेका छन्। यसले हामीलाई पिता वास्तवमा को हुनुभएको एउटा झझल्को दिन्छ। पिता एक सुरुवात गर्ने, जन्म दिने र हाम्रो अस्तित्वको कारण हुनहुन्छ।

लेखक फ्लोइड मेक्लङले आफ्नो पुस्कत परमेश्वर पिताको हृदयमा हामीलाई परमेश्वर एक पिता हुनुभएको विषयमा सम्बोधन गर्दछन्। पितृत्वको तीतो अनुभव, टुहुरापन, दुव्र्यवहार, जीवनको संघर्ष र परम्पराको कारणहरू स्पष्ट पार्दै आफ्नो र अरू मानिसहरूको वास्तविक जीवनका अनुभवहरूबाट मेक्लङले परमेश्वरलाई पिता सम्बोधन गर्न मानिसहरूलाई समस्या भइरहेको उल्लेख गर्दछन्। मानिसहरू पहिले नै जीवनमा पीडादायक अनुभवहरूबाट गुज्रिएकाले परमेश्वरलाई पिता भनी सम्बोधन गर्न कल्पना पनि गर्न सक्दैनन्। दुखित र निराश हृदयको कारण मानिसहरू पीडादायक अनुभवहरू जिउँछन्। यद्यपि, मेक्लङले पाठकहरूलाई सबै मानव जाति र सृष्टिलाई एक पिताको रूपमा अधिक प्रेम गर्नुहुने परमेश्वरको पितृत्व र हृदयतिर फर्काउँछन। अवेहलित र घृणित मानव जाीतभैm परमेश्वर पनि पीडामा हुनुहुन्छ। यस पृथ्वीमा मानव जातिप्रति आफ्नो उपस्थिति, प्रमे र वास्ता प्रस्तुत गर्न परमेश्वरले येशूका रूप धारणा गरी आउनु परेको थियो। यशैया ५३ लाई उल्लेख गर्दै मेक्लङले दर्शाउँछन कि परमेश्वर येशू स्वयमले सबै मानिसहरूझै कष्ट भोग्नुभयो।

सिक्काको अर्को पाटोमा मानवको बाघीपनले त्यस्तो संकष्टहरूमा पुर्याएकाे मेक्लङले स्पष्ट पार्दछन्। तर आफ्नो बाघीपन र घमण्डको साथै पुर्खाले परमेश्वर विरुद्ध पिठ फर्काएको तथ्यलाई दोष दिनुको साटो मानिसहरू परमेश्वरलाई दोष दिन्छन्। यद्यपि परमेश्वर एक सिद्ध पिता हुनुहुन्छ जो बाघी भई बाटो बिराएका सन्तानहरू फर्की आऊन् भनी पर्खिरहनु हुन्छ। उहाँ धिरजसाथ पर्खिरहनु मात्र हुन्न तर सन्तानहरू पश्चात्ताप गरी फर्की आउँदा तिनीहरूलाई अङ्गालो हाल्न निकै टाढासम्म दौडनु पनि हुन्छ। त्यस्तो बाघी र प्रेम नपाएको सन्तानहरूलाई मेक्लङको सुझाव यो छ कि परमेश्वर तिनीहरूलाई बिना शर्तको प्रेमले अङ्गालो हाल्न पार्खिरहनु भएको छ। तिनीहरूले पश्चात्ताप गरी परमेश्वर पिताको प्रेमलाई बुझी फर्कि आएको खुशीमा उहाँले ठूलो भोजको इन्तजाम गर्नुहुनेछ।

यादगार भनाइहरूः
मैले मेरो छोरीलाई परमेश्वर येशू जस्तै हुनुभएको बताएँ। वास्तवमा यो कुरा येशूले नै भन्नुभएको हो जुन यहून्ना १४ः९ मा छ , “यदि तिमीले मलाई देखेका छौ भने पितालाई पनि देखेका छौ।” पाना नं ६

बालबच्चाको मस्तिष्कमा एउटा नकारात्मक स्वभाव र मूर्खताले काम गरिरहेको हुन्छ जस्तै “मालसामानहरू म भन्दा मूल्यवान हुन्छन्।”यसले गर्दा हाम्रा परमेश्वरको महानता बाल्यावस्था देखि नै अधकल्चो भएको हुन्छ। यसकारण हामी अभिभावकहरूले भौतिक कुराहरूलाई पहिलो स्थान नदिई परमेश्वरको प्रेमको बारेमा आफ्नो छोराछोरीलाई बताउनु पर्छ। पाना नं ११

जसरी हामीहरूले परमेश्वरलाई एउटा पर्खने पिताको रूपमा चिन्यौँ त्यसरी नै एउटा कुरामा हामी होसियार हुनुपर्छ किनभने उहाँको पर्खने, क्षमा गर्ने र प्रेम गर्ने गुणले उहाँलाई कमजोर बनाउछ भनी विचार गर्नु हुदैन। यी सबैभन्दा पनि उहाँ शक्तिशाली र सर्वशक्तिमान हुनुहुन्छ। उहाँको प्रेममा विशाल शक्ति छ। दुष्टताप्रति रहेको उहाँको घृणाले कुनै पनि दोमनलाई सहन सक्दैन तर उहाँलाई चाहना र खोज्ने मानिसहरू प्रति उहाँको दया अपार छ। पाना नं ६३

पुस्तक विवरण

पुस्तकको नाम: परमेश्वर पिताको हृदय
लेखकः फ्लोइड मेक्लङ
पहिलाे संस्करणा ३००० प्रति-१९९३
दाेश्राे संस्करण २००० प्रति -2018
प्रकाशकः वाईवाम पबलिकेसन प्रालि
स्थानः बागडोल, ललितपुर, नेपाल
सम्पर्कः+९७७१५१९०३५६, ywampublishingnepal96@gmail.com
मूल्य: रु १००

परमेश्वर पिताकाे ह्रिदय दाेश्राे संस्करणमा पूर्ण सरलीकरण भएर छापिएकाे छ। 

थोमस बोगती

नेपाल

 

Related Posts

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

Discussion about this post

ताजा सामाग्री

New life in Christ

New life in Christ

July 9, 2025

Mum Bahadur Gharti Magar, a member of Kantipur Church Introduction The Bible tells us about the...

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Recent Posts

  • New life in Christ
  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In