• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, July 16, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

धर्म मान्न, छान्न र प्रचार गर्न पाइन्छ, तर जबर्जस्ति गर्न पाइँदैन – गृहमन्त्री

by Jagadish Pokhrel
May 21, 2018
in News & Events

नेपाली ख्रीष्टियनहरूको हितमा कार्यरत संस्थाहरू नेपाल राष्ट्रिय मण्डली संगति (NCFN) र नेपाल ख्रीष्टियन समाज (NCS) को संयुक्त टोलीले आज गृहमन्त्री रामबहादुर थापालाई भेटी हालै देशभरका बिभिन्न चर्चहरूमाथि भएका आक्रमणहरूका बारेमा ध्यानाकर्षण गराएको छ । NCFN अध्यक्ष सूर्य बहादुर तामाङ “हनोक” र NCS अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ “बर्णवास” को संयुक्त नेतृत्वमा गएको टोलीमा NCS उपाध्यक्षहरू कुबेर गुरुङ र चन्द्र श्रेष्ठ, NCS सचिव मुकुन्द शर्मा, NCS केन्द्रिय सदस्यहरू बिपी खनाल र जगदीश पोखरेल तथा NCFN केन्द्रिय कोषाध्यक्ष बिश्वदेव खड्का र NCFN प्रतिनिधि लाजरस तामाङ हुनुहुन्थ्यो ।

दुवै संस्थाका अध्यक्षहरूले हस्ताक्षर गर्नुभएको ध्यानाकर्षण पत्रलाई NCS सचिव मुकुन्द शर्माले पढेर सुनाउनुभएको थियो । यही बैशाख २२ गते बाँकेको नेपालगन्जमा रहेको क्याथोलिक चर्चमाथि आगजनी गरिएको, त्यसैगरी बैशाख २७ गते पाँचथर जिल्लाको हिलीहाङ, बैशाख २८ गते डोटी जिल्लाको बुडर गाउँ र कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा रहेका चर्च भवनहरूमा रातको समयमा प्रायः एकै प्रकारले आगजनी गरिएको र बैशाख २९ गते कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. ४ स्थित तारानगरमा रहेको चर्च भवनमा प्रेसरकुकर बम बिस्फोट गराइएको लगायत विषयलाई ध्यानाकर्षण पत्रमा समेटिएको थियो ।

NCFN अध्यक्ष तामाङले राज्यले ख्रीष्टियनहरूमाथि कुनै प्रकारको विभेद गर्न नहुनेतर्फ ध्यान दिन गृहमन्त्रीलाई आग्रह गर्नुभयो । यसका साथै NCS उपाध्यक्ष कुबेर गुरुङले तेह्रथुममा थुनामा परेर मुद्दा खेप्दै गरेका ख्रीष्टियनहरू निर्दोष भएको भन्दै उनीहरूमाथि राज्यले न्याय गर्नुपर्ने माग राख्नुभयो । उहाँले ख्रीष्टियनहरूले जे गरे पनि जबर्जस्ति धर्मप्रचार गरेको भनेर चित्रण गर्न नहुनेतर्फ गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

अन्तमा, ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री थापाले धर्मनिरपेक्ष राज्यले कुनै पनि धर्मलाई काखा र पाखा नगर्ने बताउनुभयो । उहाँले बिराटनगर गोलीकाण्डका बारेमा उल्लेख गर्दै यदि राज्य ख्रीष्टियनहरूको विरुद्धमा भएको भए गोली लागेको भोलिपल्टै थुप्रै ख्रीष्टियन धर्मावलम्बीहरूलाई पक्राउ गरेर दु:ख दिन सक्ने भन्दै आफूहरूले त्यसो नगरेर राज्य न्याय र सत्यको पक्षमा रहेको प्रमाणित गरेको बताउनुभयो । बिराटनगर घटनालाई सरकारले सुक्ष्म अध्ययन गरेको र देशमा सामाजिक सद्भाव भाँड्नका निम्ति भएका प्रयासहरूलाई सरकारले राम्ररी चिनेको थापाले बताउनुभयो । उहाँले सरकार त्यस्ता प्रयासहरूलाई चिर्न सक्षम रहेको पनि स्मरण गराउनुभयो ।

यसका साथै उहाँले जबर्जस्ति वा प्रलोभनमा पारिएको बाहेक अरू अवस्थामा सबैका सबै धार्मिक क्रियाकलापहरू सरकार र कानुनको नजरमा जायज भएको बताउनुभयो । उहाँले नेपाल सरकारले चर्चमाथि आक्रमण भएका घटनाहरूको छानबिन गर्दै दोषीउपर कारबाही गर्ने तथा आउने दिनमा यस्ता घटना घट्न नदिनेतर्फ सरकार सचेत रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।   

Related Posts

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

Discussion about this post

ताजा सामाग्री

New life in Christ

New life in Christ

July 9, 2025

Mum Bahadur Gharti Magar, a member of Kantipur Church Introduction The Bible tells us about the...

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Recent Posts

  • New life in Christ
  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In