ललितपुर- चैत्र २१, उपत्यकाका चर्चहरूको संयुक्त आयोजनामा भएको काठमाडौं इष्टर महोत्सव २०७४ जावलाखेल ललितपुरमा सम्पन्न भएको छ। चैत्र १९ र २० गते भएको सुसमाचार तथा काठमाडौं इष्टर महोत्सव २०७४ मा डविड चुङ मिनिष्ट्रिज अन्तराष्ट्रियका डेविड र उहाँको समूहले प्रचार गर्नुभएको थियो। जावलाखेल सेन्ट जेभियर्सको मैदानमा भएको महोत्सवमा नेपाली लोकप्रिय गायिका अन्जु पन्त, कर्णदासका गीतहरु गाएका थिए। त्यसैगरी महोत्सवमा विभिन्न सङ्गीत समूहरू क्रिष्टाफारी ब्यान्ड, सालभेसन वर्सिप टिम, लेविस ब्यान्ड, कैरोस ब्यानडले आफ्नो कला प्रस्तुत गरेका थिए।
डेविड चुङ मिनिष्ट्रिज अन्तराष्ट्रियका वक्ताहरूको प्रवचनबाट सहभागिहरूलाई उत्साहित बनाएका थिए। महोत्सवमा बालकार्यक्रहरू पनि राखिएको थियो। नेपाल धर्मनिरपेक्ष राष्ट्र भएपछि राजधानीमा पहिलोपटक खुला मैदानमा सुसमाचारीय कार्यक्रम भएको छ। नेपालका चर्चहरूले सुसमाचार र चेला बनाउने काममा अगाडि बढ्न DCMI ले राजधानीका पास्टर अगुवाहरूलाई उत्साह दिएको छ।
नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दिप प्रज्वलन गरेर काठमाडौं इष्टर महोत्सव २०७४ उद्घाटन गर्नुभएको थियो। सोहि अवसरमा बोल्ने क्रममा ख्रीष्टियनको आश्था विपरित राज्यले विभेद गरे आफू ख्रीष्टियनहरूको पक्षमा रहेको बताउनुभएको छ। । धर्म निरपेक्ष राष्ट्रमा सवै धर्मलाई राज्यले समान व्यवहार गर्नुपर्ने कुरामा जोड दिदैं भन्नुभयो देशको संविधानमा उल्लेख भएको कानुनमा पनि कुनै विभेद नभएकोले आफ्नो धर्मको आस्था अनुसार धर्मको अभ्यास गर्न निश्चिन्त हुन इसाई धर्मावलम्वीहरुलाई आग्रह समेत गर्नुभयो ।
सोही अवसरमा अन्तरधार्मिक समुहको तर्फबाट हिन्दु धर्मको तर्फबाट दामोदर गौतमले पनि आफ्नो मनतव्य राख्नुभएको थियो। कसैले पनि कसैको धर्मको विरोध गर्न नमिल्ने कुरा व्यक्त गर्नुभएको थियो।
Discussion about this post