• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

असल अगुवा हुन, असल गुणहरू हुन आवश्यक छ

by Bhojraj Bhatta
March 7, 2018
in Articles

पास्टर भोजराज भट्ट,  कुनै मानिस असल अगुवा बन्ने हो भने उसको जीवनमा धेरै असल गुणहरू हुनु आवस्यक छ। जो कोही असल अगुवा बन्न सक्दैन। असल अगुवाबिना मानव समाज होस् वा परमेश्वरको मण्डली; त्यहा उन्नति हुँदैन। मानिसहरू अलपत्र पर्दछन्। असल अगुवा नहुनुको ज्वलन्त उदाहरण आजको नेपाल देश र नेपाली समाज हो। सबै क्षेत्रमा देशले बाटो बिराएको छ। यहाँ सम्म कि नेपाली मण्डलीमा पनि यसको प्रतक्ष असर परेको छ।

बाइबलमा उल्लेख गरिएका असल र सफल अगुवाहरूको जीवनलाई हेर्‍यौं भने उनीहरूमा धेरै असल गुणहरू विध्यमान भएको पाउँदछौं। ती गुणहरुमध्य एउटा हो; त्याग (बलिदान)। आफूसँग भएका भौतिक चीजहरूको त्यागका साथै मानिसको लागि आफ्नो ज्यान दिन तयार थिए यी सफल अगुवाहरु। आफ्नो श्वार्थपूर्तिको लागि नेतृत्वमा आएका थिएनन् र श्वार्थपूर्तिको लागि आएकाहरू कोही पनि असल र सफल भएनन्।

नेपाली चर्चको नेतृत्वको सही मुल्याङ्कन गर्ने हो भने त्यागी अगुवाहरूको नाम लिन एक हातका औंलाहरू पनि धेरै हुनेछन्। कुनै न कुनै परिप्रेक्ष्यमा हाम्रा अगुवाहरूलाई दिने भन्दा लिने आत्माले नै बढी नियन्त्रण गरेको देखिन्छ। सायद यो मानसिक र आत्मिक गरिबीको उपज हुनसक्छ।

बाइबलमा उल्लिखित असल अगुवाहरूको प्रतिनिधिको रूपमा केही व्यक्तिका नाम हेरौं;

१) मोशाः मोशाले मिश्रका सारा राजकीय ऐस-आराम र वैभवलाई त्यागे। “पापको क्षणिक सुख भोग्‍नुभन्दा बरु परमेश्वरका मानिसहरूसँग थिचोमिचोमा पर्न तिनले रोजे। मिश्रदेशको धन-दौलतभन्दा ख्रीष्टको निम्ति निन्दित हुन तिनले मूल्यवान सम्पत्ति ठाने” (हिब्रू ११.२५-२६)। उजाड स्थानको शान्त र तनाबमुक्त जीवनलाई पनि त्याग्दै मिश्रबाट इस्राएलीहरू छुटाउनको लागि जान राजीभए। हुँदा हुँदा, उनैलाई मार्न चाहने मानिसहरुकालागि आफ्नो जीवन त्याग्न तयार भए। जब परमेश्वरले सारा इस्राएलीहरूलाई नाश गरेर मोशाबाटै नयाँ जाति खडा गर्ने निर्णय लिनुभयो तब मोशा भन्छन्; “यिनीहरुका पापलाई क्षमा गर्नुहोस् … नाश नगर्नुहोस् …क्षमा गर्नुहुन्न भनेता, तपाईंले लेख्‍नुभएको पुस्तकबाट मेरो नाउँनिशानै मेटिदिनुहोस्” (प्रस्थान ३२.९-१०; ३२)। जीवनभरि मोशाले आफ्नो लागि कहिल्यै चिन्ता गरेनन्। आफ्नो नेतृत्व मुनिका मानिसको लागि मोशाले सम्पूर्ण जीवन अर्पित गरे।

२) यहोशूः जब यहोशूले इस्राएलीहरूलाई कनानदेशमा ल्याए तब जमिनको भागबण्डा गर्दा सम्पूर्ण मानिसहरूले आफ्नो भाग पाइसकेपछि मात्रै उनले आफ्नो भाग लिए। इस्राएलीहरुले देखे कि उनीहरूको अगुवाले आफ्नो लागि आफैले कुनै भाग छानेको थिएन। बाइबल भन्छ “इस्राएलीहरूले नूनका छोरा यहोशूलाई परमेप्रभुको आज्ञाअनुसार तिनीहरूका बिचमा अधिकारको एक भाग दिए” (यहोशू १९.४९)। यहोशूलाई आफ्नो भन्दा आफ्ना मानिसको चिन्ता थियो। मानिसले उनको लागि निर्णय गरेर दिएको भाग स्वीकार गर्न चाहे।

३) दाऊदः दाऊद पनि मानिसको लागि आफ्नो ज्यान दिन तयारहुने गोठाला थिए। हो, एकपटक उनले गल्ति गरे तर त्यसको प्रायश्चित जीवनभरि गरे। जब परमेश्वरले इस्राएलीहरूलाई तिनीहरूको पापको कारण दण्डदिने निर्णय गर्नुभयो तब दाऊदलाई नै चलाएर जनगणना गर्न उक्साउनुभयो। दाऊदलाई थाहा थिएन किन उनमा यस्तो भावना आयो। उनका सैन्य सल्लाहाकारहरूले यसो नगर्नुहोस् भन्दा पनि दाऊदले मानेनन् र जनगणना लिएरै छाडे। जनगणना लिइसकेपछि दाऊदले आफ्नो भुल स्वीकार गर्दै परमेश्वरको सामु पश्चताप गर्दछन् तर परमेश्वरले इस्राएलीहरूलाई दण्डदिने निर्णय लिइसक्नुभएको थियो। गाद अगम्वक्ताद्वारा परमेश्वर दाऊदलाई दण्डकोलागि तीनवटा विकल्पहरू दिनुहुन्छ। दाऊदले मानिसको हातमा पर्नुभन्दा परमेश्वरकै हातबाट दण्डित हुन चाहे र तीन दिन नबित्तदै सत्तरी हजार मानिस नष्ट भए। जब दाऊदले मृत्युको दूतलाई देखे तब परमेश्वरसँग बिन्ती गर्दै भन्छन् “यो खराबी त मैले पो गरेको हुँ, पाप मेरै हो। तर यी बिचरा भेडाहरूले के गरेका थिए? तपाईंको हात म र मेरो घरानामाथि परोस्” (२शमूएल २४.१७)। गाद अगम्वक्ताद्वारा प्रभु बोल्नुहुन्छ र भन्नुहुन्छ कि गएर अरौनाको खलामा वेदी बनाएर होमबलि र मेलबलिहरू चढा। त्यो आज्ञा पुरा गर्न जब दाऊद अरौनाको खलामा जान्छन् तब अरौना राजालाई दण्डवत गर्दै वेदी र बलिको लागि सबैकुराहरू सित्तैमा दिन तयार हुन्छ। तर दाऊद भन्छन् “होइन, म तिमीबाट किन्नेछु। पैसा नपरेको चीज लिएर परमप्रभु मेरा परमेश्वरलाई म बलिदान चढाउनेछैनँ” (२शमूएल २४.२४)। दाऊद आफ्ना मानिस बचाउन आफू र आफ्नो परिवारलाई बलिचढाउन तयार भए। परमेश्वरलाई भेटी चढाउन पनि उनी भन्छन्; “मुल्य नचुकाइकन म परमेश्वरलाई सित्तैमा पाएको कुरा चढाउनेछैन”। यो बलिदानपूर्ण ह्रदयकै कारण होला जब दाऊदले परमेश्वरको घर बनाउन खोजे तब परमेश्वरले उनलाई भन्नुभयो “तिमीले मेरो घर बनाउन खोज्यौ, राम्रै गर्‍यौ, तर म तिम्रो लागि घर बनाउँनेछुँ”। पुरानो नियममा धेरै यस्ता असल अगुवाहरू छन् जसले परमेश्वर र मानिसको सेवाको लागि अफैलाई बाँकि राखेनन्।

४) येशूका एघार प्रेरितहरूः येशूका सम्पूर्ण प्रेरितहरूले सुसमाचार र आफ्नो बगालको निम्ति ज्यानको बाजी लगाएरै सेवा गरे। सबै भन्दा लामो बाँचेका चेला यूहन्ना भन्छन् “यसैबाट प्रेम के हो हामी थाहा पाउँछौं, कि उहाँले हाम्रा निम्ति आफ्नो प्राण दिनुभयो। हामीले पनि आफ्ना दाज्यू-भाइहरूका निम्ति आफ्नो प्राण दिनुपर्छ” (१यूहन्ना ३.१६)।

५) पावल प्रेरितः पावलको हातमा एक ऐतिहासिक र नामी यहूदी गुरु बन्ने सम्भावनाहरू धेरै थिए। तर जब उनले आफ्नो जीवन येशूको सेवामा सुम्पे, तब उनी आफ्नो लागि जिउन बिर्से। मानिसले मुक्ति पाउने हो भने आफै नाश हुन तयारछुँ भन्दै उनी भन्छन् “मेरा मानिसका खातिर म नै श्रापित होऊँ, र ख्रीष्टबाट परित्यक्त होऊँ” (रोमी ९.३)। रोमको झ्यालखानामा हुँदा कतिपटक त उनलाई संसार छोडेर स्वर्ग जान मन लाग्थ्यो तर विश्वासीको खातिर दुःख सहेरै पनि संसारमा रहन चाहे। जेलबाट उनी लेख्छन्; “बरु बिदा (मरेर) भएर ख्रीष्टको साथमा हुने इच्छा छ, किनभने यो धेरै नै असल छ, तर शरीरमा रहन तिमीहरूका खातिर झन् आवस्यक छ” (फिलिप्पी १.२३-२४)।

६) इतिहासमा धेरै यस्ता प्रभुका दासहरू छन् जसले आफ्नो सम्पूर्ण चीजहरू प्रभुको लागि दिए। धेरैले आफ्नो प्राण दिए। उहाँहरूको त्यो त्याग कै कारण आज हामीले पनि अनन्त जीवनको यात्रामा पाइला टेक्ने मौका पाएकाछौं। आज हामीमा पनि यो भावना छ भने आउने पुस्ताकालागि हामी पनि प्रेरणाका स्रोत बन्नेछौं।

त्यसकारण मित्र, यदि तपाईं ख्रीष्टिय सेवामा लाग्नुभएको छ भने यो त्यागको आत्माबिना तपाईं असल र सफल अगुवा बन्न सक्नुहुनेछैन। कहिँ न कहिँ गएर तपाईंले मानिसलाई धोका दिनुहुनेछ। मानिसलाई आफ्नो छणिक र भौतिक फाइदाको लागि चलाउनुहुनेछ जसको कारण स्वर्गीय इनामबाट बन्चित हुनुहुनेछ।

विश्वासी मित्रहरूरले पनि आफ्नो अगुवाको सही मुल्याङ्कन गरेर मात्रै उसको नेतृत्वलाई स्वीकार गर्नुपर्छ। यदि तपाईंको अगुवामा संसारका चीजहरूप्रतिको भोक बढी देखिन्छ भने उसबाट आत्मिक आशिष् पाउने आशा नराखे पनि हुन्छ। असल अगुवा त्यो हो जसले परमेश्वर र मानिसको लागि लिन भन्दा दिन सिकेको छ। दिँदा पनि सित्तैमा पाएको चीज नभएर दाऊदझैं मुल्य परेको चीज दिने मानिस नै साँचो दानी हो। यस्ता त्याग र बलिदानको आत्माले भरिएका असल अगुवाहरू परमेश्वरले माथिबाट दिनुभएका आशिष् हुन्।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In