• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

NCS र NCFN को संयूक्त आयोजनामा क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रम

by Sarju Rijal
December 19, 2017
in NC Photos, News & Events
Former Prime Minister and Chairman of CPN Moist Center, Puspakamal Dahal ‘Prachanda’ speaks at program of Christmas celebration.

काठमाडौं, पुस ३, नेपाल ख्रीष्टियन समाज (NCS) र राष्ट्रिय मण्डली संगति नेपाल (NCFN) को संयूक्त आयोजनामा पुतलीसडक स्थित वेथशालोम चर्चमा क्रिसमसको शुभकामना आदान प्रदान कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ।  शुभकामना आदानप्रदान कार्यक्रममा राजधानीका विभिन्न चर्चका पास्टर अगुवा तथा सदस्यहरू र संघ संस्थाका पदाधिकारी, राजनीतिक दलका नेताहरूका साथै नेपालका ७ वटै प्रदेशमा भएका चर्चहरूबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्य्रक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रममा धर्म निरपेक्षताको वकालत कम्यूनिष्टहरूको वा वामापन्थीहरूको एउटा सिद्धान्तको मामिला हो। राज्यले कुनै पनि धर्मलाई काखा र पाखाको नीति नदेओस सबैप्रति समान व्यवहार गरोस भन्ने वामपन्थीहरूको सिद्धान्त भएको कुरा व्यक्त गर्नुभएको छ। धर्म निरपेक्षलाई सिद्धान्तको र व्यवहारको दृष्टिकोणले राज्यले सबै आश्था राख्‍नेहरूप्रति समान व्यवहार गरोस भन्ने मान्यताद्वारा निर्देशित भएको कुरा पूर्व प्रधानमन्त्री दाहालले वताउनुभएको छ ।
बोल्नेक्रममा, सम्पूर्ण इसाई समूदायको तर्फबाट राखिएको मागपत्र वा विज्ञप्‍तीमा केन्द्रित हुँदै, पूर्व सांसद लोकमणी ढकालले राज्यले इसाई समूदायलाई समाधि स्थल दिन नसकेको गुनासोलाई स्मरण गर्दै समाधिस्थलको विषयमा आफूले केन्द्रिय स्तरमा पहल लिने विश्वास दिलाउछु भन्नु भयो। संविधान संशोधनको विषयमा धर्म निरपेक्ष शब्द राख्न सानो लडाइ लडेर त्यहाँ धर्म निरपेक्षता शब्द राखिएको होइन। धर्म निरपेक्ष शब्दको स्पष्टिकरणले धर्म निरपेक्षताको  मर्म र भावनालाई केहि हदसम्म लिक्वीड बनाइदिएको छ। समय क्रममा संविधानलाई गतिसिल दस्तावेजको रूपमा स्थापित गरेका छौं। समयको साथ साथ यो परिमार्जन संशोधन हुँदै जाने दस्तावेज हो। तपाईहरूले उठाएको आवाज छ जो कम्यूनिष्ट वामपन्थीहरुको जसरी गठबधनहरूको बहुमत आएको छ। यो गठबन्धनले तपाईहरूका मागहरूलाई संविधान र ऐन कानूनमा जे व्यवस्था भएका छन् जो धर्म निरपेक्षताको मर्म र भावना विपरित छन् ती सबैलाई परिमार्जन गर्नेतिर नै अव आउने सरकारको जोड हुनेछ। तपाईहरूको अगाडिन मात्रै नभएर वामपन्थीहरूको स्वत: जोड हुनेछ। नेपालको राष्ट्रिय स्वाधिनता, जनताको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई अपरिवर्तनिय भनेका छौं। अरू विषयमा जनताको चाहना, भावना र आवश्यकता अनुसार परिवर्तनशिल छ भनेको हुँदा निकै धेरै आशा राख्‍न सक्नुहुन्छ र खुसी मनाउन पनि सक्नुहुन्छ। वामपन्थी गठबन्धनको अत्याधिक बहुमत आएको छ। दुइ तिहाइ बहुमतले अगाडि बढेका छौं। जनताको समानताको हक अधिकारलाई कमजोर पारेका विषयहरू परिमार्जन र संशोधन गर्ने कुराको आश्वासन दिनुभभयो। अन्तमा प्रचण्डले ख्रीष्ट जन्मोत्सव २०७४ को उपलक्ष्यमा नेपालमा र नेपाल वाहिर रहेका सम्पूर्ण क्रिश्चियन समूदाय र सम्पूर्ण नेपालीहरुलाई पनि हार्दिक शुभकामना दिनुभयो। आफू प्रधानमन्त्री हुँदा क्रिसमस विदाको विषयमा निकै ठूलो डिवेट हुँदा प्रधानमन्त्रीको हैसियतले विदा दिनैपर्छ भनि विदा दिलाईएको थियो तर त्यो एकवर्षको लागि जस्तो मात्रै भएको छ। निरन्तर समूदायको अधिकारको लागि राख्ने आश्वासन पनि दिनुभयो।

क्रिसमस डे को शुभअवसरमा आदान प्रदान कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा मन्त्री जनार्दन शर्माले मन्तव्य राख्‍नुभएको थियो। क्रिश्चियन समूदायको लागि माओवादीले गरेको कुरा पनि वताउनु भएको थियो। त्यसैगरी  नेकपा एमालेका युवा नेता तथा भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार तथा पूर्व मन्त्री महेश बस्नेतले ख्रीष्ट जन्मोत्सवको अवसरमा बोल्‍ने क्रममा भक्तपुरमा क्रिश्चियनहरूको लागि समाधिस्थलको पहल गरिदिने कुरा व्यक्त गर्नुभयो। साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली व्यस्तताको कारण आउन नसकेको कुरा बताउँदै ओलीको तर्फबाट शुभकामना सन्देश पनि दिनुभएको थियो।

दिउँसो २ बजेदेखि शुरू भएको कार्यक्रममा स्थानिय मण्डलीका पास्टर देवकुमार क्षेत्रीले आराधना स्तुति प्रशंसामा अगुवाई गर्नुभएको थियो। विभिन्न व्यक्तित्वहरूले ख्रीष्‍टमसको शुभकामना दिनुभएको थियो। कार्य्रक्रममा नेपाल ख्रीष्टियन समाजका अध्यक्ष पास्टर वर्णबास श्रेष्‍ठले बाइबलबाट क्रिसमसको विषयमा बताउनु भएको थियो भने राष्ट्रिय मण्डली संगति नेपालका अध्यक्ष पास्टर हनोक तामाङले सम्पूर्ण इसाई समूदायको तर्फबाट ध्यानाकर्षण पत्र पढेर सुनाउनु भएको थियो। इसाईहरूलाई धर्म परिवर्तन गर्न गराउन पाउनु पर्ने यस विषयमा कानून संशोधन गर्नुपर्ने कुरा पढेर सुनाउनु भएको थियो।
एनसिएफ नेपालका पूर्व अध्यक्ष तथा सल्लाहकार डा सिमोन पाण्डेले अब बन्ने सरकार, निर्वाचित नेताहरूको लागि प्रार्थना गर्नुभएको थियो। कार्यक्रमको अन्तमा नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले धन्यवाद उपस्थित सबैलाई ज्ञापन गरी अन्तिम प्रार्थना गर्नुभएको थियो। कार्यक्रम उद्‍घोषक एनसिएसका सल्लाहकार डा तीर्थ थापा र कोषाध्यक्ष पास्टर राजेन्द्र मल्लले गर्नुभएको थियो।

नेपाल ख्रीष्टियन समाज र एनसिएफ नेपालको संयूक्त आयोजनामा भएको कार्यक्रम धेरै सहभागीहरूलाई राम्रो लागेको प्रतिक्रिया दिनुभएको थियो। यस विषयमा एनसिएफ नेपालका अध्यक्ष पास्टर हनोक तामाङले उद्देश्यगत रूपमा एनसिएफ नेपाल र नेपाल ख्रीष्टियन समाज एक भएर प्रभुको राज्यको लागि काम गर्ने कुरा बताउनुभयो। कार्यगत शैली फरक, बोलावट फरक, फरक बरदान अनुसार विभिन्नतामा काम गरेपनि उद्देश्यगतरुपमा राष्ट्रमा प्रभुको काम गर्ने कुरामा संयूक्तरुपमा अगाडि जाने निर्णय भएको कुरा बताउनुभयो। साथै अरू संगठनहरू पनि आउने कुराको जानकारी गराउनुभयो।
त्यसैगरी नेपाल ख्रीष्टियन समाजका अध्यक्ष पास्टर बर्णवास श्रेष्‍ठको अनुसार यो एकता क्रिसमको शुभकामना आदान प्रदान दिनको लागि मात्र नभएर राष्ट्रिय स्तरका विषयहरूमा एउटै उद्देश्य लिएर संयूक्तरुपमा अगाडि बढ्ने बताउनुभयो। आजको कार्यक्रममा सबै चर्च, संस्था, संगठनलाई निमन्त्रणा दिइएको कुरा पनि बताउनु भयो। आजको कार्यक्रम पहिलो कार्यक्रम हो अब अरू यस्ता खालका कार्यक्रमहरू एक भएर गर्ने कुरा बताउनुभयो। साथै आजको कार्यक्रममा प्रमुख अतिथि, सभापति कसैलाई पनि बनाइएन र आसन ग्रहण गराउने काम नभएको कुरालाई स्पष्ट्याउदै हामी ख्रीष्टियनहरू सबै बराबर भएकोले सबै समान भएको प्रतिक्रिया दिनुभयो। आजका मण्डलीहरूमा मण्डलीबाट आयोजना भएका कार्यक्रमहरूमा उक्त कुराको सह्राना गर्न र लागु गर्न पनि आवश्क छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालले दिनुभएको मनतव्य शुभकामना भिडियोमा हेर्नुहोस्।

Minister Janardan Sharma speaks at Christmas celebration


Dr. Tirtha Thapa
Former minister Mahesh Basnet speaks at the Christmas celebration.
Dr. Simon Pandey is praying for the politics leaders.

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In