• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मुक्तिको सन्देश ख्रीष्टमसमा परमेश्वरलाई तपाइको उपहार के?

by NC Reporter
December 15, 2016
in Articles

rajes– राजेश भुजेल, जब यस पृथ्वीमा मानिस जातीको सृष्टि गरियो आदिका मानिसहरुदेखि नै उनीहरु आफ्नो सृष्टिकर्तासँगको सम्बन्ध टाढा हुँदै गएका थिए र उनीहरु पापमा फस्न थालेका थिए। हत्या, हिंसा, व्यभिचार, अनाज्ञाकारिता जस्ता व्यवहारले मानिस हरुलाई पापको दलदलमा डुबाउन थाल्यो। आफूले पाप गरिरहेको थाहा हुँदाहुँदै पनि उक्त पापको बन्धनबाट उम्कन सक्ने स्थिति भएन किनकि उद्धार र मुक्ति दिने कोहि पनि थिएन। प्रभु येशू ख्रीष्ट मुक्तिदाताको रुपमा दाऊदको शहरमा जन्मनु भएको कुरा पवित्र बाइबलमा पाउँदछौ। बाइबलको सत्य वचन अनुसार प्रभुका एकजना स्वर्गदूत गोठाला हरुकहाँ देखा परे, त्यतिबेला प्रभुको तेज तिनीहरुको वरिपरि चम्क्यो, अनि तिनीहरु साह्रै डराए। तब स्वर्गदूतले तिनीहरुलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरुलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, (लूका २:९-१०) उक्त सुसमाचार चाहिँ हाम्रो मुक्तिदाताको जन्म भएको खबर थियो (लूका २:११)। यो पवित्र शास्त्र बाइबलमा “आज दाऊदको शहरमा तिमीहरुका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट पभु हुनुहुन्छू भन्ने सन्देश नै वास्तवमा मुक्तिको सन्देश हो। मुक्ति शब्दको अर्थ कुनै बन्धनबाटको उद्धार वा छुटकारा भन्ने हुन्छ र सन्देश भनेको खबर वा समाचार हो। प्रभु येशू ख्रीष्ट एक जनाको वा एक शहरको मात्रै होइन तर संसारकै मुक्तिदाता भएको कुरा पनि र्स्वर्गदूतले वत्ताएका थिए।
जब यो सुब खबर फैलियो सबैजना खुशी भएर रमाए किनकि उहाँ मुक्तिदाताको रुपमा जन्मनुभएको थियो। आज हामी पनि उहाँको जन्ममा रमाहट गर्छौं। हाल उहाँको जन्मको रमाहटलाई संसारभरी ख्रीष्टमसको रुपमा मनाइने गरिन्छ। त्यसैले यो ख्रीष्टमसको सन्देश एउटा मुक्तिको सन्देश पनि हो। ख्रीष्टमस भनेको मुक्तिदाताको अर्थात प्रभु येशू ख्रीष्टको जन्मउत्सव पनि हो। संसारका धेरै ठूला भनिएका शाषकहरुको जन्मभयो, थुप्रै धनाड्य र बुद्धिजिवि मानिसहरुको जन्मभयो तर तिनीहरुको जन्म दिनमा उनीहरुकै परिवार मात्रै पनि खुशी हुन सकेनन्। तर एउटा साधरण स्त्रीबाट अलौकिक ढंगबाट जन्मिएको एक बालकको जन्मउत्सवमा आज दुनिया रमाएको छ। उहाँ बेथलेहेममा जन्मनुभयो, मिश्रदेशमा लगिनुभयो र नासरत भन्ने शहरमा हुर्किनुभयो जहाँ उहाँले सिकर्मी काम गर्नुभयो। परिवारलाई सघाउने काम गर्नुको साथै परिवारलाई माया गर्नुपर्छ भन्ने उदाहरण बन्नुभयो। उहाँ राजकिया घरना तथा दाऊदको बंशबाट आउनु भएको थियो। तापनि किन गरीवले झै गोठमा जन्मनुभयो किनभने उहाँले संसारको उच्च शक्ति र मान इज्जतलाई महत्व दिनु भएको थिएन। त्यसैले उहाँको जन्मदिन विश्वभरका मानिसहरुले मनाउने गर्दछन्।
येशू ख्रीष्ट नै परमेश्वरको पुत्र र मुक्तिदाता हुनुहुन्छ भन्ने प्रमाणहरु उल्लेख्य छन्। उहाँको जन्म नै असाधरण ढंगबाट भएको थियो। उहाँको जन्म यहूदाको कुलबाट र बेथलेहेममा नै जन्मिनुहुन्छ भनेर मीका अगमवक्तालाई इ.पु. ७५० देखि ६८६ मा नै भविष्यवाणी गरेका थिए (मीका५:२)। उहाँको जन्मसँगै मृत्युको छायाको देशमा बस्नेहरुमाथि एउटा ज्योती उदाउनेछ र सारा संसार उहाँको जन्ममा खुशी हुनेछन् किनभने उहाँले हाम्रो बोझको जुवा र काँधका नोल अनि हामी माथि अत्याचार गर्नेको लाठो चकनाचुर पारिदिनु हुनेछ भनेर यशैया अगमवक्ताले इ.पु. ७०० मा भविष्यवाणि गरेका थिए। र उनले येशूको बारेमा यस्तो भविष्यवाणी पनि गरे किनभने हाम्रा निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रो निम्ति एकजना छोरो दिइएको छ, शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मको सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तीका राजकुमार कहलाइनुहुनेछ (यशैया९:२-६)। उहाँको व्यक्तित्व र काम बारे मात्रै होइन उनले ख्रीष्ट कन्याबाट जन्मनुहुने र उहाँको नाउँ इम्मानुयल भनेर राखिने समेत अगमवक्ता यशैयाले अगमवाणी गरेका थिए। (यशैया ७:१४)
गरीबहरुलाई सुसमाचार सुनाउन, मन भाँचिएका हरुको हृदयलाई बाँध्न, कैदमा परेकाहरुलाई छुटकाराको घोषणा गर्न, सबै विलाप गर्नेहरुलाई शान्त्वना दिन, शोकको सट्टा आनन्द, निराश मनको सट्टा प्रशंसाको पोशाक पहिराइदिन येशू यस संसारमा मानिसको चोला लिएर आउनुभएको हो (यशैया ६१:१-३)। ख्रीष्ट जन्मनुको अर्थ जे थियो ख्रीष्टमसको अर्थ त्यस्तै प्रगाढ छ। ख्रीष्टमसको केन्द्रिय सन्देश येशूको जन्म हो। यो ख्रीष्टिय मतको अद्धित्तीय पक्ष पनि हो। परमेश्वरले मानव चोला धारण गर्नुभयो हाम्रो विचमा जिउन र हाम्रो पापको निम्ति मर्न। त्यसैले येशू ख्रीष्टको सम्मान र उहाँको आराधना बिना ख्रीष्टमस महोत्सव सफल हुन सक्दैन्।
ख्रीष्टमसको अवसरमा शुभकामना र उपहारहरु आदनप्रदान गर्ने चलन छ। मानिसहरुले एक अर्कालाई उपहार किनेर दिन सक्छौं। त्यसैगरी परमेश्वरले हामीलाई एक मात्र पुत्र उपहार स्वरुप दिनुभयो। जस जसले उहाँमाथि विश्वास गर्छन तिनीहरुलाई अनन्त जीवन दिन सक्नुहुन्छ। हामीलाई यो जीवन दिनुभएको अवसरमा परमेश्वरलाई के उपहार दिन सक्छौँ – जस्तै अगमवक्ताहरुले अगमवाणी बोलिदिए, मरियमले आफ्नो पवित्र कोख दिइन्, यूसुफले दुःख सुखमा साथ दिए, र्स्वर्गदूतले शुभखबर दिए, त्यसपछि गोठालाहरुले उक्त शुभ खबर गाउँभरी बाँड्नलाई समय दिए, ज्योतिषीले सुन धुप र मर्र दिए, आकाशका ताराहरुले चमक दिए, साना बालकहरुले ज्यानको बलि दिए अब तपाइको पालो के दिनुहुन्छ परमेश्वरलाई उपहार – ………..केवल तपाइको रित्तो हृदयको र्समर्पण उहाँ चाहनुहुन्छ।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In