• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

NCS को ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

by Sarju Rijal
December 13, 2016
in NC Photos, News & Events

christmas_1काठमाडौं-२८ मंसिर २०७३, नेपाल ख्रीष्टियन समाजले आयोजना गरेको ख्रीष्‍टमस शुभकामना आदान प्रदान कार्यक्रम सातदोबाटो स्थित नेपाल थियोलोजिकल कलेजमा आज सम्पन्न भएको छ। काठमाडौं उपत्यकाका चर्चका पास्टर, अगुवा तथा विभिन्न संघसंस्थाका प्रमुख पदाधिकारीहरूको उल्लेखनिय सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै नेपाल ख्रीष्टियन समाजका कोषाध्यक्ष पास्टर राजेन्द्र मल्लले शुरूको प्रार्थना गर्न पास्टर काजी महर्जनलाई समय दिनुभएको थियो। प्रार्थनापछि लगत्तै आराधना प्रशंशाको लागि पास्टर शामूएल कार्थकलाई समय दिनुभएको थियो।
क्रिसमसलाई विश्व व्यापीरूपमा मनाइए पनि बास्तविक अर्थको बारेमा पाटन क्वाइनोनिया चर्चका वरिष्ट पास्टर डा. मंगलमान महर्जनले परमेश्वरको वचन बाइबलबाट लूका २:१-१० लाई प्रकास पार्दै क्रिसमसको सन्दर्भमा असल समाचारको बारेमा बताउनु भएको थियो। येशू ख्रीष्ट नै असल समाचार भएको कुरा बताउँदै आज समाजमा हामीहरू नै असल सन्देश हुने कुरामा उत्साह दिनुभएको थियो।
येशू ख्रीष्टको जन्मोत्सव तथा ख्रीष्टमसको शुभ अवसरमा समाजमा भएका दाजुभाइहरूबीच एक आपसमा शुभकामना आदान प्रदान गर्नको निम्ति नेपाल ख्रीष्टियन समाजले कार्यक्रम गरेको कुरा महासचिव डिल्लीराम पौडेलले बताउनुभएको थियो। समाजका दाजुभाइहरू आपसी एकतामा बस्‍नु असल कुरा हो। नेपाल ख्रीष्टियन समाज समाज भएकोले ख्रीष्टमसको अवसरमा सबैमा शुभकामना आदान प्रदान गर्नु आवश्यक भएर कार्यक्रमको आयोजना गरेको कुरा महासचिव पौडेलले बताउनुभएको थियो।
नेपाल ख्रीष्टियन समाजका अध्यक्ष पास्टर बर्णावास श्रेष्‍ठले उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो। कार्यक्रममा कसैलाई पनि सञ्चालक नराखेको कुरा बताउनु भयो। कार्यक्रमको सभापति उहाँमात्रै एक हुनुहुन्छ अरू हामी सबै समान भएकोले यो कार्यक्रममा कसैलाई पनि आसन ग्रहण नगराएर सबैलाई समान तरिकाले बसाएर एनसिएसले कार्यक्रम गरेको कुरा अध्यक्ष श्रेष्‍ठले बताउनु भएको थियो।
सोहि अवसरमा एनसिएसका सह-अध्यक्ष र रेलिजियस लिवर्टी फोरमका अध्यक्ष पास्टर टंक सुबेदीले सल्यानमा पक्राउ परेकाहरूको अवस्था, चिनिमायाको मुद्दा र बालबालिका सम्बन्धि सरकारको निगराणीको बारेमा बताउनु भएको थियो। साथै चरिकोटमा पक्राउ परेकाहरूको सम्बन्धमा बताउँदै मुद्दा ख्रीष्टियनकै पक्षमा भएकोले प्रार्थना गर्ने सबै ख्रीष्टियन समूदाय अथवा चर्चहरू, सरकार समक्ष पहल गर्ने व्यक्तिहरू सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। क्रिसमसको अवसरमा सुसमाचार प्रचार गर्ने कुरामा जोड दिँदै नेपालका चर्चहरूले सुसमाचार प्रचार गर्न पाउनुपर्छ भन्दै आफू पनि सुसमाचार प्रचार गर्ने पक्षमा रहेको कुरा बताउँदै हाल बाल गृहहरू, क्रिश्चियन गैरसरकारी संघसंस्थाहरू र पक्राउ परेकाहरूको निम्ति प्रार्थना गर्न अनुरोध पनि गर्नुभएको थियो। माननीय लोकमणी ढकालले क्रिसमसको दिनमा सबैको लागि सार्वजनिक बिदाको बारेमा प्रधानमन्त्री र सम्बन्धित पक्षसँग कुरा गरेर क्रिसमसको दिनमा सार्वजनिक बिदा पाउने निश्चित भएको छ यद्पि लिखित रूपमा नभएपनि बिदा पाउने निश्चत भएको बारेमा जानकारी गराउनुभएको थियो। साथै सेनामा भएका ख्रीष्टियनहरूले अब चाडपर्व अथवा पूजाको बेलामा सलामि दिन नपर्ने व्यवस्था गरेको काममा माननीय लोकमणीले गरेको पहलको बारेमा सह अध्यक्ष सुबेदीले जानकारी गराउनुभएको थियो।
कार्यक्रमको लागि आवश्यक रकमको लागि भेटी उठाउने काम भएको थियो। सोहि अवसरमा विशेष गरी जेलमा परेकाहरूको लागि आर्थिक सहायता गर्न चाहनेहरूलाई एनसिएसले स्वागत गरेको कुरा कार्यक्रममा जानकारी गराइएको थियो। अन्तमा डा महेन्द्र भट्टराईको प्रार्थनाद्वारा कार्यक्रम टुगिंएको थियो।

कार्यक्रम ११ बजेदेखि १ बजेसम्म भएको थियो। एनसिएसको कार्यक्रम धेरै फरक ढंगले भयो। कसैलाई पनि अतिथि बनाएर आसन ग्रहण गराइएन। कार्यक्रममा माननीय संसद पनि हुनुहुन्थ्यो, धेरै आदरणीय व्यक्तित्वहरू पनि हुनुहुन्थ्यो। संस्था प्रमुखहरूको पनि उपस्थिति रहेको थियो। नेपाल ख्रीष्टियन समाजले (NCS) ले गरेको यो कार्यक्रम फरक र एक नमूनाको थियो। सबैलाई समान प्रकारले स्वागत गरिएको थियो। समयमा कार्यक्रम सम्पन्न गर्न धेरैलाई निकै गाह्रो हुन्छ। एनसिएसको यो कार्यक्रम तोकिएको समयमै सकिएको थियो।
christmas

 

 

 

 

 

 

christmas_2

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In