• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, October 13, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

NCS को ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

by Sarju Rijal
December 13, 2016
in NC Photos, News & Events

christmas_1काठमाडौं-२८ मंसिर २०७३, नेपाल ख्रीष्टियन समाजले आयोजना गरेको ख्रीष्‍टमस शुभकामना आदान प्रदान कार्यक्रम सातदोबाटो स्थित नेपाल थियोलोजिकल कलेजमा आज सम्पन्न भएको छ। काठमाडौं उपत्यकाका चर्चका पास्टर, अगुवा तथा विभिन्न संघसंस्थाका प्रमुख पदाधिकारीहरूको उल्लेखनिय सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै नेपाल ख्रीष्टियन समाजका कोषाध्यक्ष पास्टर राजेन्द्र मल्लले शुरूको प्रार्थना गर्न पास्टर काजी महर्जनलाई समय दिनुभएको थियो। प्रार्थनापछि लगत्तै आराधना प्रशंशाको लागि पास्टर शामूएल कार्थकलाई समय दिनुभएको थियो।
क्रिसमसलाई विश्व व्यापीरूपमा मनाइए पनि बास्तविक अर्थको बारेमा पाटन क्वाइनोनिया चर्चका वरिष्ट पास्टर डा. मंगलमान महर्जनले परमेश्वरको वचन बाइबलबाट लूका २:१-१० लाई प्रकास पार्दै क्रिसमसको सन्दर्भमा असल समाचारको बारेमा बताउनु भएको थियो। येशू ख्रीष्ट नै असल समाचार भएको कुरा बताउँदै आज समाजमा हामीहरू नै असल सन्देश हुने कुरामा उत्साह दिनुभएको थियो।
येशू ख्रीष्टको जन्मोत्सव तथा ख्रीष्टमसको शुभ अवसरमा समाजमा भएका दाजुभाइहरूबीच एक आपसमा शुभकामना आदान प्रदान गर्नको निम्ति नेपाल ख्रीष्टियन समाजले कार्यक्रम गरेको कुरा महासचिव डिल्लीराम पौडेलले बताउनुभएको थियो। समाजका दाजुभाइहरू आपसी एकतामा बस्‍नु असल कुरा हो। नेपाल ख्रीष्टियन समाज समाज भएकोले ख्रीष्टमसको अवसरमा सबैमा शुभकामना आदान प्रदान गर्नु आवश्यक भएर कार्यक्रमको आयोजना गरेको कुरा महासचिव पौडेलले बताउनुभएको थियो।
नेपाल ख्रीष्टियन समाजका अध्यक्ष पास्टर बर्णावास श्रेष्‍ठले उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो। कार्यक्रममा कसैलाई पनि सञ्चालक नराखेको कुरा बताउनु भयो। कार्यक्रमको सभापति उहाँमात्रै एक हुनुहुन्छ अरू हामी सबै समान भएकोले यो कार्यक्रममा कसैलाई पनि आसन ग्रहण नगराएर सबैलाई समान तरिकाले बसाएर एनसिएसले कार्यक्रम गरेको कुरा अध्यक्ष श्रेष्‍ठले बताउनु भएको थियो।
सोहि अवसरमा एनसिएसका सह-अध्यक्ष र रेलिजियस लिवर्टी फोरमका अध्यक्ष पास्टर टंक सुबेदीले सल्यानमा पक्राउ परेकाहरूको अवस्था, चिनिमायाको मुद्दा र बालबालिका सम्बन्धि सरकारको निगराणीको बारेमा बताउनु भएको थियो। साथै चरिकोटमा पक्राउ परेकाहरूको सम्बन्धमा बताउँदै मुद्दा ख्रीष्टियनकै पक्षमा भएकोले प्रार्थना गर्ने सबै ख्रीष्टियन समूदाय अथवा चर्चहरू, सरकार समक्ष पहल गर्ने व्यक्तिहरू सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। क्रिसमसको अवसरमा सुसमाचार प्रचार गर्ने कुरामा जोड दिँदै नेपालका चर्चहरूले सुसमाचार प्रचार गर्न पाउनुपर्छ भन्दै आफू पनि सुसमाचार प्रचार गर्ने पक्षमा रहेको कुरा बताउँदै हाल बाल गृहहरू, क्रिश्चियन गैरसरकारी संघसंस्थाहरू र पक्राउ परेकाहरूको निम्ति प्रार्थना गर्न अनुरोध पनि गर्नुभएको थियो। माननीय लोकमणी ढकालले क्रिसमसको दिनमा सबैको लागि सार्वजनिक बिदाको बारेमा प्रधानमन्त्री र सम्बन्धित पक्षसँग कुरा गरेर क्रिसमसको दिनमा सार्वजनिक बिदा पाउने निश्चित भएको छ यद्पि लिखित रूपमा नभएपनि बिदा पाउने निश्चत भएको बारेमा जानकारी गराउनुभएको थियो। साथै सेनामा भएका ख्रीष्टियनहरूले अब चाडपर्व अथवा पूजाको बेलामा सलामि दिन नपर्ने व्यवस्था गरेको काममा माननीय लोकमणीले गरेको पहलको बारेमा सह अध्यक्ष सुबेदीले जानकारी गराउनुभएको थियो।
कार्यक्रमको लागि आवश्यक रकमको लागि भेटी उठाउने काम भएको थियो। सोहि अवसरमा विशेष गरी जेलमा परेकाहरूको लागि आर्थिक सहायता गर्न चाहनेहरूलाई एनसिएसले स्वागत गरेको कुरा कार्यक्रममा जानकारी गराइएको थियो। अन्तमा डा महेन्द्र भट्टराईको प्रार्थनाद्वारा कार्यक्रम टुगिंएको थियो।

कार्यक्रम ११ बजेदेखि १ बजेसम्म भएको थियो। एनसिएसको कार्यक्रम धेरै फरक ढंगले भयो। कसैलाई पनि अतिथि बनाएर आसन ग्रहण गराइएन। कार्यक्रममा माननीय संसद पनि हुनुहुन्थ्यो, धेरै आदरणीय व्यक्तित्वहरू पनि हुनुहुन्थ्यो। संस्था प्रमुखहरूको पनि उपस्थिति रहेको थियो। नेपाल ख्रीष्टियन समाजले (NCS) ले गरेको यो कार्यक्रम फरक र एक नमूनाको थियो। सबैलाई समान प्रकारले स्वागत गरिएको थियो। समयमा कार्यक्रम सम्पन्न गर्न धेरैलाई निकै गाह्रो हुन्छ। एनसिएसको यो कार्यक्रम तोकिएको समयमै सकिएको थियो।
christmas

 

 

 

 

 

 

christmas_2

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In