• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

घैरुङमा स्वास्थ्यचौकी हस्तान्तरण

by Sarju Rijal
November 15, 2016
in NC Photos, News & Events

acn_nepalchurchगोरखा, गोरखा जिल्लास्थित घैरुङ गाविसमा यही कात्तिक २६ गते शुक्रबार असल छिमेकी नेपाल (पोखरेली ख्रीष्टिय समुदाय)ले निर्मित स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रतिनिधि नानीबाबु दानीले असल छिमेकी नेपालको कामको चर्चा गर्दै गोरखा जिल्लामा स्वास्थ्यचौकी भवन निर्माण गरी हस्तान्तरण गर्ने पहिलो, दोस्रो, तेस्रो र चौथो पनि असल छिमेकी नै भएकोमा बधाई दिए । असल छिमेकी नेपालले सरकारी निकायहरुसँग समन्वय गरेर अनुकरणीय काम गरेको पनि उनले बताए ।

कार्यक्रममा पत्रकार महासंघ गोरखाका अध्यक्ष भीमलाल श्रेष्ठले कुराभन्दा काम गर्नुपर्छ भन्ने कुरा असल छिमेकी नेपालबाट सिक्नुपर्ने बताए । एनजिओ आइएनजिओहरुको खरो आलोचकका रुपमा परिचित श्रेष्ठले असल छिमेकी नेपालको कामको खुलेर प्रशंसा गरे । उनले भने, “असल छिमेकी नेपाल प्रचार कम तर काम बढी गर्ने संस्था भएको मैले पाएँ । शीत उभाएर घैला भरेको यस संस्थाले नाताको पछि लागेर होइन, नयाँ ठाउँमा नाता गाँसेर कुनै धर्म, कुनै समुदाय नभनी काम गर्यो ।” उनले भूकम्प गएको १९ महिना बितिसक्दा पनि पोका नै बाँडिरहनेहरुले असल छिमेकीका कामहरुबाट सिक्नुपर्नेमा जोड दिए ।

असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारीले पोखरेली ख्रीस्टिय समुदाय र असल छिमेकी नेपालले भूकम्पपछि केकसरी प्रभावितहरुका माझ गएर काम गरे, केकसरी स्रोतसाधन जुटाए, हालसम्म केकति कामहरु भए र केकति खर्च भयो भन्ने बारेमा उल्लेख गरे । साथै उनले सरकारी निकाय तथा सरोकारवालाहरुसँग समन्वय गरेर काम गर्दा सहज भएको बताए । उनका अनुसार भूकम्प पीडितहरुका लागि राहत र पुनर्निर्माणमा हुने खर्च करिब ३१ करोड रुपैयाँ पुग्नेछ जुन रकम राहत, पुनर्निर्माण, जीविकोपार्जन तथा स्वास्थ्य सम्बन्धी कार्यक्रममा खर्च हुनेछ । उनले अगाडि भने, “सहयोग रकम कसैलाई बढी भएर आएको होइन, यो त मानवीय नाताले समर्पण भावका साथ आएको हो । बालबालिकाहरुले खाजा कटाएर, वृद्धवृद्धाहरुले हात फैलाएर पठाएको रकम समेत यसमा परेको छ ।”

कार्यक्रममा नयाँ शक्ति नेपाल घैरुङ प्रतिनिधि दिनेश श्रेष्ठले असल छिमेकी नेपालले जसरी यो आफ्नो त्यो पराइ नभनी सबैलाई सम्झियो त्यो राम्रो भएको बताए । त्यस्तै नेकपा माओवादी केन्द्र घैरुङका रमेश कुमार श्रेष्ठले पनि असल छिमेकीको कामलाई सराहना गरे । उनले धर्म र आस्थाका कुरालाई एक ठाउँमा राखेर दुःखमा परेकाहरुको सेवामा लाग्ने भावनाले काम भएको देखेको धारणा राखे । नेपाली कांग्रेस घैरुङका कृष्ण ढकालले विभिन्न संघसंस्थाहरु आए तर दीर्घकालीन अर्थका काम गर्ने संस्थाको नाम लिनुपर्दा असल छिमेकी नेपाल नै भएको बताए ।

घैरुङ स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा गाविस सचिव पूर्णराज गहतराजले पनि असल छिमेकीको कामको प्रशंसा गर्दै अझ उत्कृष्ठ काम गर्दै अघि बढ्न शुभकामना दिए । कार्यक्रममा असल छिमेकी नेपालका अध्यक्ष भरत गुरुङले संस्थाको काममा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै निरन्तर साथको अपेक्षा पनि गरे ।

परियोजना संयोजक विजय श्रेष्ठले घैरुङ स्वास्थ्यचौकी निर्माणका लागि ८५ लाख रुपैयाँभन्दा बढी लागत लागेको बताए । प्रिफ्याव प्रविधिबाट निर्माण गरिएको भूकम्प प्रतिरोधी यो भवनको आयु ३० वर्ष हुनेछ ।

कार्यक्रममा असल छिमेकी नेपालका पूर्व अध्यक्ष डा. दीपेन्द्र कुमार गौतम, पत्रकार महासंघ गोरखाका कोषाध्यक्ष प्रशन्न पोखरेल लगायत भद्रभलाद्मीहरुको उपस्थिति थियो ।

acn_nc

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In