• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, January 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

घैरुङमा स्वास्थ्यचौकी हस्तान्तरण

by Sarju Rijal
November 15, 2016
in NC Photos, News & Events

acn_nepalchurchगोरखा, गोरखा जिल्लास्थित घैरुङ गाविसमा यही कात्तिक २६ गते शुक्रबार असल छिमेकी नेपाल (पोखरेली ख्रीष्टिय समुदाय)ले निर्मित स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रतिनिधि नानीबाबु दानीले असल छिमेकी नेपालको कामको चर्चा गर्दै गोरखा जिल्लामा स्वास्थ्यचौकी भवन निर्माण गरी हस्तान्तरण गर्ने पहिलो, दोस्रो, तेस्रो र चौथो पनि असल छिमेकी नै भएकोमा बधाई दिए । असल छिमेकी नेपालले सरकारी निकायहरुसँग समन्वय गरेर अनुकरणीय काम गरेको पनि उनले बताए ।

कार्यक्रममा पत्रकार महासंघ गोरखाका अध्यक्ष भीमलाल श्रेष्ठले कुराभन्दा काम गर्नुपर्छ भन्ने कुरा असल छिमेकी नेपालबाट सिक्नुपर्ने बताए । एनजिओ आइएनजिओहरुको खरो आलोचकका रुपमा परिचित श्रेष्ठले असल छिमेकी नेपालको कामको खुलेर प्रशंसा गरे । उनले भने, “असल छिमेकी नेपाल प्रचार कम तर काम बढी गर्ने संस्था भएको मैले पाएँ । शीत उभाएर घैला भरेको यस संस्थाले नाताको पछि लागेर होइन, नयाँ ठाउँमा नाता गाँसेर कुनै धर्म, कुनै समुदाय नभनी काम गर्यो ।” उनले भूकम्प गएको १९ महिना बितिसक्दा पनि पोका नै बाँडिरहनेहरुले असल छिमेकीका कामहरुबाट सिक्नुपर्नेमा जोड दिए ।

असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारीले पोखरेली ख्रीस्टिय समुदाय र असल छिमेकी नेपालले भूकम्पपछि केकसरी प्रभावितहरुका माझ गएर काम गरे, केकसरी स्रोतसाधन जुटाए, हालसम्म केकति कामहरु भए र केकति खर्च भयो भन्ने बारेमा उल्लेख गरे । साथै उनले सरकारी निकाय तथा सरोकारवालाहरुसँग समन्वय गरेर काम गर्दा सहज भएको बताए । उनका अनुसार भूकम्प पीडितहरुका लागि राहत र पुनर्निर्माणमा हुने खर्च करिब ३१ करोड रुपैयाँ पुग्नेछ जुन रकम राहत, पुनर्निर्माण, जीविकोपार्जन तथा स्वास्थ्य सम्बन्धी कार्यक्रममा खर्च हुनेछ । उनले अगाडि भने, “सहयोग रकम कसैलाई बढी भएर आएको होइन, यो त मानवीय नाताले समर्पण भावका साथ आएको हो । बालबालिकाहरुले खाजा कटाएर, वृद्धवृद्धाहरुले हात फैलाएर पठाएको रकम समेत यसमा परेको छ ।”

कार्यक्रममा नयाँ शक्ति नेपाल घैरुङ प्रतिनिधि दिनेश श्रेष्ठले असल छिमेकी नेपालले जसरी यो आफ्नो त्यो पराइ नभनी सबैलाई सम्झियो त्यो राम्रो भएको बताए । त्यस्तै नेकपा माओवादी केन्द्र घैरुङका रमेश कुमार श्रेष्ठले पनि असल छिमेकीको कामलाई सराहना गरे । उनले धर्म र आस्थाका कुरालाई एक ठाउँमा राखेर दुःखमा परेकाहरुको सेवामा लाग्ने भावनाले काम भएको देखेको धारणा राखे । नेपाली कांग्रेस घैरुङका कृष्ण ढकालले विभिन्न संघसंस्थाहरु आए तर दीर्घकालीन अर्थका काम गर्ने संस्थाको नाम लिनुपर्दा असल छिमेकी नेपाल नै भएको बताए ।

घैरुङ स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा गाविस सचिव पूर्णराज गहतराजले पनि असल छिमेकीको कामको प्रशंसा गर्दै अझ उत्कृष्ठ काम गर्दै अघि बढ्न शुभकामना दिए । कार्यक्रममा असल छिमेकी नेपालका अध्यक्ष भरत गुरुङले संस्थाको काममा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै निरन्तर साथको अपेक्षा पनि गरे ।

परियोजना संयोजक विजय श्रेष्ठले घैरुङ स्वास्थ्यचौकी निर्माणका लागि ८५ लाख रुपैयाँभन्दा बढी लागत लागेको बताए । प्रिफ्याव प्रविधिबाट निर्माण गरिएको भूकम्प प्रतिरोधी यो भवनको आयु ३० वर्ष हुनेछ ।

कार्यक्रममा असल छिमेकी नेपालका पूर्व अध्यक्ष डा. दीपेन्द्र कुमार गौतम, पत्रकार महासंघ गोरखाका कोषाध्यक्ष प्रशन्न पोखरेल लगायत भद्रभलाद्मीहरुको उपस्थिति थियो ।

acn_nc

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In