मेरो आग्रह (कविता)

[ 0 ] June 27, 2016 |

Sangam KCम त सानो मान्छे हजुर!
चाहिंदैन मलाई जातिय द्वन्द।
देशलाई टुक्र्याइएको
पहाडको कन्दारा, भिर पखेरा
अनि तराईको हरियो फाँटलाई धुजा धुजा पारेको
संघियताको नाममा खेलवाड गरेको।।

ख्रीष्‍टिय समाजले सबैलाई एकै ठाउँमा ल्याएर
सम्प्रदाय र संगतिको अर्थ बुझाइदियो।
सकिन्छ राष्‍ट्र र देशको लागि
अहोरात निरन्तर प्रार्थनामा लागि ख्रीष्‍ट
आफूलाई सगरमाथा झै अटल र स्थिर तुल्‍याएर
निभ्न लागेको सलेदो झै धिप धिप बालेर ।।

नुन र ज्योतिको परिभाषालाई थामिराखोस्
फल्दै फुल्दै, बृद्धि हुँदै एउछा बलियो र गहिरो
अमिट छाप छोडोस्

लगभग ३ करोड नेपालीको हृदयमा
परमेश्वरको अनुग्रह, शान्ति, प्रेमको दीप प्रज्वलित भइरहोस्।
नेपाल ख्रीष्‍टियन समाजको २०‍औ वर्ष र १५ औ महासभालाई  आग्रह मेरो
प्रार्थना र सहकार्यमा, लागिरहन अनुरोध मेरो।।
सपना देख्‍नेहरू भन्छन्
मैले दर्शन देखेको छु
दर्शन देख्‍नेहरू भन्छन्
मैले सपना देख्‍न छाडेको छु
आफु त सानो मान्छे हजुर!
सपनालाई सपना नै भन्छु
दर्शन त परमेश्वरको वचनलाई ठान्छु।।
यो देश सपना देख्‍नेहरूले होइन,
तर ख्रीष्‍टको दर्शनरूपी वचनमा जिउनेरूले
दिग्बिजय भएको देख्‍न चाहन्छु।

सुसमाचार कसले सुनाउने?
विश्वासीहरू भन्छन् पास्टर तथा अगुवाहरूले सुनाउने
अगुवाहरू भन्छन् यो त विश्वासीहरूको पो काम हो, कहाँ हाम्ले सुनाउने?
हाम्रो काम त हो प्रार्थना र वचनमा लीन भइरहने
तर ख्रीष्टको बलिदानलाई साक्षी राखेर म भन्छु
सुसमाचार सुनाउने मात्र होइन,
अब त हो सुसमाचारमा जिउने, अनि होम्मिने।
यो देश मेरो, यो देश तेरो
त उच्च जाति र घरानाको
म दलित र तल्लो जातको
यो जातिय विभेदको
अन्त्य कहिले हुने हो??

Facebook Comments

Category: कबीता


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4