समझशक्तिको लागि प्रार्थना गर्नुहोस्

[ 1 ] May 6, 2016 |

Ajako Bachan_आइतवार, जुन ५, जेठ २३
‘आफ्नो दासलाई बुझ्ने मन दिनुहोस्, र त्यसले असल र खराबको भेद छुट्ट्याउन सकोस् ।’ —१ राजा ३:९

परमेश्वरले सोलोमनलाई उनको समयका सबैभन्दा धनी मानिस किन बनाउनुभयो होला भन्ने बारेमा तपाईंले कहिल्यै विचार गर्नुभएको छ ? त्यसको जवाफ यहाँ छः ‘परमेश्वरले भन्नुभयो, “तैँले यो कुरा मागेकोले, र तैँले आफ्नो लामो आयु वा धन–सम्पत्ति नमागेकोले…तर…बुद्धि मागेको कारणले…म तँलाई बुद्धिमान् र निधो गर्न सक्ने मन दिनेछु, कि तेरो अघि तँजस्तो कहिले कोही भएको छैन, न तेरो पछि कहिल्यै अरू कोही हुनेछ । यसबाहेक तैँले नमागेका ती कुराहरू, अर्थात् धन–सम्पत्ति र मान पनि म तँलाई दिनेछु, यहाँसम्म कि तेरो जीवनकालमा राजाहरूमध्ये कुनै पनि तेरो बराबरी हुनेछैन” (पद११–१३) । परमेश्वरसँग भौतिक सफलता माग्नुभन्दा पहिला, उहाँसँग बुद्धि र समझशक्ति माग्नुहोस् । तपाईंसँग यी दुईओटा गुण भएपछि परमेश्वरले तपाईंलाई भौतिक सफलता दिन सक्नुहुन्छ, कारण तपाईंले त्यसलाई उहाँको इच्छा पूरा गर्न अनि उहाँको महिमा गर्न प्रयोग गर्नुहुनेछ भन्ने कुरा उहाँलाई थाहा छ । यसकारण, समझशक्ति भनेको के चाहिँ हो त ? यो ज्ञान र बुद्धिको समग्रता हो ! यो भनेको जीवनलाई परमेश्वरलेझैँ व्याख्या गर्न सक्ने क्षमता हो— कुनै व्यक्ति वा परिस्थितिमा उहाँले जे देख्नुहुन्छ, त्यही देख्नु हो । अर्थात्, समझशक्ति भनेको परमेश्वरको दृष्टिले हेर्ने, उहाँका कानद्वारा सुन्ने, उहाँको मनद्वारा सोच्ने, अनि उहाँको हृदयद्वारा अनुभूति गर्नसक्ने क्षमता हो । वैवाहिक जीवनमा द्वन्दको समाधान के हो ? समझशक्ति ! किशोर छोराछोरी र आमाबाबु बिच द्वन्दको समाधान के हो ? समझशक्ति ! व्यावसायिक सम्बन्धमा द्वन्दको समाधान के हो ? समझशक्ति ! ‘तँसँग भएका सबै कुराले मूल्य चुकाउनु परे तापनि, समझशक्ति प्राप्त गर । त्यसलाई कदर गर्, र त्यसले तँलाई उच्च पार्नेछ’ (हितोपदेश ४:७–८) तपाईंको निम्ति आजको वचन छः समझशक्तिको लागि प्रार्थना गर्नुहोस् ।
आत्मिक भोजनः आदिमा उत्पत्ति १: १–२:३, यूहन्ना १: १–१८

Facebook Comments

Category: Bible Study & Teaching


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4