• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाल ख्रीष्‍टियन समाजको १५‍औ महासभा काठमाडौंमा जारी

by Sarju Rijal
May 31, 2016
in NC Photos, News & Events
Photo by Sarju Rijal
Photo by Sarju Rijal

काठमाडौं- नेपाल ख्रीष्टियन समाजको १५ औं महासभा तथा २० औं वार्षिकोत्सव नेपाली इसाई मण्डली ज्ञानेश्वर, काठमाडौंमा आजदेखि सुरू भएको छ। महासभा तथा वार्षिकोत्सवमा  सबै जिल्ला र क्षेत्रको प्रतिनिधित्व हुने गरी विभिन्न चर्च, सम्प्रदाय र संघ संस्थाबाट पास्टर अगुवा, संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिती रहेको छ। जारी सभा तथा वार्षिकोत्सव आजको मिति २०७३ जेठ १७ गतेदेखि १९ गतेसम्म हुनेछ। वार्षिकोत्सवको पहिलो दिन कार्यक्रम विहान ९ बजेदेखि सुरूभएको थियो। नेपाल ख्रीष्‍टियन समाजका महासचिव डिल्लीराम पौडेलले प्रार्थनाद्वारा सुरू गर्नुभएको थियो। देशको लागि केहि समय प्रार्थना पनि गरिएको थियो भने नेपाली इसाई मण्डलीका पास्टर सामूएल कार्थकले सभालाई परमेश्वरको आराधना सेवामा अगुवाई गर्नुभएको थियो।
आराधना सेवापछि लगत्तै परमेश्वरको वचन बाइबलबाट क्‍वाइनोनिया चर्चका वरिष्ठ पास्टर डा मंगलमान महर्जनले एफिसीको पुस्तक ४ अध्यायबाट चर्चमा बरदानको प्रयोग गर्ने विषयमा सिकाउनुभएको थियो। जसलाई जे वरदान छ त्यही बमोजिम हिंड्नुपर्ने अथवा काम गर्ने कुरा बताउँदै मानिसलाई प्रभाव पार्न जवरजस्ती कुनै पनि सेवाका काम गर्न नहुने बताउनुभएको थियो। बरदान चलाउँदा नम्रता र विश्वासयोग्यतामा चलाउनुपर्छ भन्दै जसरी शरिर स्वस्थ हुनलाई हरेक अंगहरूले काम गर्नुपर्छ त्यसरी नै चर्चमा सबैकिसिमका बरदानहरू प्रयोग गर्नुपर्छ भन्ने कुरा बताउनुभएको थियो।
सभामा नेपाल ख्रीष्‍टियन समाजका अध्यक्ष बर्णबास श्रेष्‍ठले मन्तव्य दिनुभएको थियो। मनतव्य कै क्रममा राष्ट्रिय ख्रीष्टिय महासंघ नेपालकी कार्यबाहक अध्यक्ष श्रीमती रिता काबोले एनसिएसले गरेको काममा खुसी भएको कुरा बताउदै महासभा राम्रो भएको होस भन्दै आफ्नो मनतव्य दिनुभएको थियो।

नेपाल ख्रीष्टियन समाजका सहअध्यक्ष पास्टर टंक सुबेदीले नेपालमा धार्मिक स्वतन्त्रताको विषयमा र नेपालको संविधान २०७२ ले परिभाषा गरेको धर्मनिरपेक्षता र बन्दै गरेको कानुनमा फौजदारी कसूर सम्बन्धि प्रचलित कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकमा परिच्छेद ९ का दफाहरू १५३ देखि १५६ को बारेमा बताउँदै इसाईहरू र अल्पसंख्यक धर्महरूको लागि यो कानुन मान्य नभएको पनि बताउनुभएको थियो। यसको लागि धार्मिक चौतारी, रिलिजियस फोरम, एनसिएफ, एनसिएसबाट सरकारी निकाय तथा सम्बन्धित क्षेत्रमा भेटघाट र सुझाव दिने काम गरेको बारेमा बताउनुभएको थियो। यसै सन्दर्भमा दुइवटा प्रश्‍नहरूमा ८ वटा समूहरूमा छलफल भएको थियो।
प्रश्‍न नं १ संवैधानिक व्यवस्था लागू भैसकेको र कानुन बन्ने क्रममा रहेकाले यसको प्रभाव सकरात्मक र नकरात्मक प्रभाव के हुनसक्छ?
प्रश्‍न नं २.  यस परिस्थितिमा नेपालको मण्डली र ख्रीष्‍टय समाजको भूमिका र कार्यक्रम के के हुनुपर्ला?
उक्त प्रश्नहरूमा समूहमा घनिभुत छलफलबाट सुझावहरू पनि सभामै प्रस्तुत भएका थिए। सुझावहरू निम्‍नानुसार छन्:

मण्डलीले गर्न पर्ने कामहरू:
1. प्रार्थना गर्ने।
2. टोल टोलबाट दवाब
3. आत्मिकी बलियोपन
4. कानुनी सचेतना
5. धार्मिक विधि पूरा गर्दा कानुनी बनाउने।
6. समाजसँग मिल्ने।
7. एकतामा रहने।
नेपाल ख्रीष्‍िटयन समाजले गर्नु पर्ने काम:
1. अन्तरक्रिया तथा बहस
2. एकता
3. प्रार्थना
4. संचार माध्यमको प्रयोग।
5. संसद र सरकारमा दवाव
6. अन्य समूहसँग मिल्ने
7. राष्ट्रिय अन्‍तराष्‍ट्रिय स्तरमा पैरवी

खानापछिको ५० मिनेटको समयमा पास्टर प्रकाश सुब्बाले ख्रीष्‍टियन नैतिकताको बारेमा पास्टरीय नैतिकता, इमान्दारिताको नैतिकता र सम्पत्तिमा नैतिकता सम्बन्धि सिकाउनु भएको थियो। यसै सम्बन्धमा आजका मण्डलीहरुले सामना गरिरहेका ४ वटा नैतिक मुद्दाहरुमा समूहमा छलफल पनि भएको थियो। क) कामको नैतिकता  ख) वाक नैतिकता  ग) नारीवादी नैतिकता घ) समलैंगिकता – यौनिक नैतिकता । उक्त विषयहरूको बारेमा समूहले प्रस्तुत गरेका थिए। सोहि समयमा जनजागरण पार्टीका अध्यक्ष तथा संसद माननिय लोकमणी ढकालले सभामा शुभकामना सन्देश दिनुभएको थियो। इसाईहरूदेखि अहिले धेरै मानिस डराएर इसाईहरूको विरूद्धमा कानुन बनाएपनि इसाईहरू इमान्दारितामा संगति र सेवाहरू गरि नै रहने कुरा बताउनुभएको थियो। आज विहानको डिभोसनको वचन साह्रै राम्रो भएको कुरा गर्दै बरदानहरू प्रयोग गर्न नछोड्ने उत्साह पनि दिनुभएको थियो। सभामा पास्टर राजेन्द्र मल्लले नेपाल ख्रीष्टियन समाजको बनावट, काम र उद्देश्यको बारेमा बताउनु भएको थियो। अब ७ वटा प्रान्तलाई मध्यनजर गर्दै त्यही अनुरूप ख्रीष्टियन समाजको गठन हुने कुरा जानकारी गराउनुभएको थियो। ख्रीष्‍टियन समाजको उद्देश्यहरू पाठ गरेर सुनाउनुभएको थियो। उद्देश्यहरूको पुर्ण पाठ यहाँ उल्लेख गरिएको छ:

क.  ख्रीष्टियन समुदायको हकहितका लागि समसामयिक साझा सरोकारका विषयलाई लिएर विभिन्न कार्यक्रम, गोष्ठी, सभा आदिको आयोजना गर्ने र गराउने र चर्चरूको भलाईको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सुमधुर सम्बन्ध राख्‍ने साथै नेपाल सरकार, अन्य धार्मिक समूहहरू एवं चर्च, चर्च समूह, सम्प्रदाय तथा ख्रीष्टियन संघ संस्थाहरूसँग सुमधुर सम्बन्ध कायम राख्‍न प्रतिनिधित्व गर्दै सहयोग आदान प्रदान गर्नु।

ख. नेपालमा भएका चर्च, चर्च समूह, सम्प्रदाय तथा ख्रीष्टियन संघ संस्थाहरूका सामूहिक सरोकारका सूचनाहरू संकलन गर्नुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय सरोकारका विषय तथा सूचनाहरु सबैलाई प्रवाह गर्नु।

ग. ख्रीष्टियनहरूबीच एकता कायम गरी चर्च, चर्च समूह, सम्प्रदाय र ख्रीष्टियन संघ संस्थाहरूबीच सामञ्जस्यता ल्याउन मिलन विन्दुको रूपमा समर्पित रहने र सबैको भलाईको लागि कार्यरत रहने।

घ. नेपाल ख्रीष्टियन समाजको विकासका क्रममा यसको सान्दर्भिककता पहिल्याउने तथा ऐतिहासिक विकास र विस्तारको प्रमाणिक खोज अनुसन्धान गर्ने।

ङ. ख्रीष्टियन मण्डली, मण्डली समूह, समुदाय, र संघ संस्थाको उन्नति र कल्याणका निम्ति संयोजन, संगठन, समन्वय, सुन्तुलन र सहकारिताका माध्यमबाट संगठित र अग्रगामी क्रियाकलापहरुलाई निरन्तरता दिने।

च. नेपाल र विदेशमा वसोवास गरिरहेका ख्रीष्टियन समूहमा सहयोगी भावना अभिवृद्धि गर्दै मण्डली मण्डली बीच एकता, सद्भाव र संगतिको अभिवृद्धि गरी राष्ट्र निर्माणमा योगदान पुर्‍याउने।

छ. राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चर्च तथा संघ संस्थाहरूसँग सुमधुर सम्बन्ध कायम राख्‍न प्रतिनिधित्व गर्ने वा गराउने।

पहिलो दिनको अन्तिम सेसनमा पास्टर टंक सुबेदी र पास्टर प्रकाश सुब्बाले प्रश्नहरूको उत्तर दिनुभएको थियो। प्रश्नहरू गर्भपतन सम्बन्धि र धार्मिक स्वतन्त्रताको हकमा अन्तराष्ट्रिय मापदण्डको बारेमा थिए। कार्यक्रमको अन्तमा डिल्लीराम पौडेलको अन्तिम प्रार्थनाद्वारा  कार्यक्रम  सकिएको थियो।

(कार्यक्रमका सञ्‍चालक रेभ. पास्टर मुकुन्द शर्मा हुनुहुन्थ्यो भने सामूहिक छलफलबाट निस्केका सुझाव तथा विषयहरूको प्रस्तुतिको सेसन जनजागनरण पार्टीका महासचिव बि पि खनालले  सञ्‍चालन गर्नुभएको थियो।)

Photo by Sarju Rijal
Photo by Sarju Rijal

 

 

 

 

 

 

 

 

 

Photo by Sarju Rijal
Photo by Sarju Rijal

Question_answers

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Group_Disc

 

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In