ख्रीष्टियन स्पोर्टस फेलोसिप नेपालको फुटबल प्रतियोगिता जेठ १५ मा हुने
बैशाख २, ख्रीष्टियन स्पोर्टस फेलोसिप नेपालको आयोजनामा यस वर्षको ९औ अन्तर मण्डली फुटबल प्रतियोगिता जेष्ठ १५ गते देखि फेलोसिप स्पार्रटस कम्पेलस सातदोवाटोमा हुने भएको छ। ख्रीष्टियन स्पोर्टस फेलोसिप नेपालको आयोजना एवं काठमाडौं भित्रका विभिन्न मण्डली तथा संघ संस्थाहरुको संयूक्त सहभागीतामा अन्तर मण्डली फुटबल प्रतियोगिता हुन लागेको छ। विगतका वर्षहरूमा सफल रूपमा आयोजना हुँदै आएको सो प्रतियोगितालाई निरन्तरता दिँदै यस वर्ष पनि जेष्ठ १५ गते देखि २९ गते सम्म ९औ अन्तर मण्डली फुटबल प्रतियोगिता सुरु गर्ने तयारी भएको स्पोर्टस फेलोसिपबाट जानकारी भएको छ। श्रोतका अनुसार प्रतियोगिताले विभिन्न मण्डलीमा लुकी रहेको युवा प्रतिभालाई प्रोत्साहित गर्नुको साथै मण्डली मण्डली विचमा एक आपसमा आमित्य संगती तथा ख्रीष्टिय एकता कायमगर्दै परमेश्वरको नामलाई उच्चपारी ख्रीष्टको असलगवाही प्रस्तुत गर्नु रहेको बताइएको छ । ९औ अन्तर मण्डली फुटबल प्रतियोगिताका संयोजक सोन मर्हजन हुनुहुन्छ ।
Category: News & Events