• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सिक्किमीकरणतर्फ ?

by Dr. Ramesh Khatry
December 22, 2015
in Articles, Socio-political
Dr. Rames Khatry
Dr. Rames Khatry

“भारतमा आउनुस र सगरमाथा चढ्नुस् !” प्रधानमन्त्री नरेन्द्र मोदी चाहन्छन्  भारतका पर्यटन व्यवशायीहरूले यस्तै विज्ञापन केही वर्षपछि गरून् । एक राजनीतिक व्यक्तिले “महान् प्रधानमन्त्री”को रूपमा आफूलाई स्थापित गर्न खोज्नुमा आश्चर्य छैन । तर नरेन्द्र मोदीले महान्  हुने क्रममा एक वर्षअघि  जसरी नेपालीहरूलाई मोहनी लगाएका थिए अहिले तिनीहरूलाई नै सताएका छन् ।

 

महान् बन्‍ने चाहना  

स्वतन्त्र भारतको पहिलो प्रधानमन्त्रीको रूपमा जवाहरलाल नेहरूले आफ्नो देशलाई एक धर्म निरपेक्ष संविधान अपनाउन अगुवाइ गरे । उनका उपप्रधानमन्त्री सरदार बल्लभभाइ पटेलले सब राजा रजौटाहरूलाई गणतन्त्र भारतमा गाभ्ने प्रयासमा नेपालमाथि पनि आँखा गाडेका थिए । तर, नेहरूले लोकतान्त्रिक तवरले निर्वाचित पहिलो नेपाली प्रधानमन्त्री बी. पी. कोइरालालाई मन पराएनन् । बी. पी.का दाजू मातृकाले लेखेका छन् नेहरूले राजा महेन्द्रलाई बी. पी. हटाउन प्रोत्साहन दिए, संसद विघटन गर्न होइन । तर, महेन्द्रले बी. पी.लाई  हटाएनन् मात्र  तर  संसद पनि विघटन गरे । तर्सथ, नेहरूको  बी. पी.-घृणाको सिकार नेपालको लोकतन्त्र भयो । नेहरूले उचित फल चीनका अध्यक्ष माओबाट पाए ।  “प्रोफाइल्स अफ इन्डिएन् प्राइम मिनिस्टर्स” नामक पुस्तकमा लेखिका मनिषाको विचार छ— सन् १९६२को युद्धमा चीन भारतसंग हारेपछि नेहरू राजनीतिक तवरले लंगडो भए ।

 

नेहरूकी छोरी इन्दिरा गान्धीलाई महानता त्यस बेला आयो जब उनी पाकिस्तानबाट बंगलादेशलाई अलग गर्न सफल भइन् । लेखिका मनिषा भन्छिन्, “डिसेम्बर १९७१ को १४ दिने भारत-पाकिस्तान युद्धपछि इन्दिरा गान्धी उच्चाइको शिखरमा पुगिन्…अटलविहारी भाजपेयीले इन्दिरा गान्धीलाई ‘दुर्गा भगवती’ भनी नाम दिए ।” तर, दुर्गाले आफ्नो अर्को आकांक्षातर्फ ध्यान दिन थालिन्—सिक्किमलाई भारतमा गाभ्नु ।

 

प्रष्ट छ मोदीले  सरदार बल्लभभाइ पटेल र इन्दिरा गान्धीलाई आफ्ना आदर्श मानेका छन् । आफ्नी पत्‍नीको मृत्युपछि पटेल ब्रम्हचारी रहे भने मोदीले आफ्नी स्वास्‍नीलाई त्यागेर सोही अवस्थामा पुगे । प्रधानमन्त्रीको रूपमा मोदीले नेहरूले गरेको निर्माण भत्काउने कदम चाली सकेका छन् । जवानी अवस्थादेखि  नै रा. स. स.को सदस्य भएका मोदीलाई नेहरूद्वारा भारतीय संविधानमा  स्थापित धर्म निरपेक्षता मन परेको छैन । रा. स. स.कै नाथुराम गोड्सेले मुस्लिमहरू तर्फ सदभाव राख्‍ने एम.के. गान्धीलाई मारेका हुन् भने गुजरातमा २००० भन्दा बढी मुस्लिमहरूको हत्या हुँदा मुख्य मन्त्री मोदीले सो  रोक्‍न कुनै  सक्रियता देखाएनन् । बरु, अहिले गुजरात हत्या काण्डलाई अनुसन्धान गर्ने मानव अधिकारवादीहरूलाई निस्तेज गर्न मोदी  सक्रिय छन् । भारतमा गाई काट्न रोक्‍ने प्रयासमा त्यसको मासु खाने मुस्लिमहरूले ज्यान गुमाउनुपरेको छ । मोदीकै अनुयायीहरूले दिल्लीमा कति चर्चहरूलाई क्षति पुराए । मोदीको असहिष्णुता देखेर भारतका  प्रतिस्ठित व्यक्तिहरूले आफुले जितेका पुरस्कारहरू सरकारलाई फिर्ता दिन थाले ।

 

भारतद्वारा सिक्किमको विलय

भारतको रिसर्च र अनालिसिस विंग (“र”)ले इन्दिरा गान्धीलाई सन् १९७० तिर नै भनेको थियो चाहेमा सिक्किमलाई २४ घन्टा मै लिन सकिन्छ । सिक्किमलाई भारतमा गाभ्ने काम सन् १९७३मा शुरु भयो । “द अम्ब्यास्डोर्स क्लब” नामक पुस्तकमा बी. एस. दासले सिक्किम-विलय- षडयन्त्रको वर्णन गरेका छन् । त्यस देशको सरकार कब्जा गर्ने  इन्दिरा गान्धीको आदेश बोकेर राजदूत दास सिक्किम पुगे । सिक्किममा बस्‍ने ७५% नेपालीहरूबीच काजी लेन्डुप दोर्जे र  उनका अनुयायीहरू आफ्नो देश भारतमा गाभिएको चाहन्थे । उनीहरूकै प्रोत्साहन पाएर भारतीय सेनाले सिक्किमका प्रहरीहरूलाई ब्यारेकमा थुने । दास लेख्छन्, “मे ८, १९७३मा चोग्याल र काजी लेन्डुप दोर्जेबीच भारतलाई चोग्यालको वंशको संरक्षक राख्‍ने र सबै जातिहरूलाई न्याय दिने सम्झौताले सिक्किमको भाग्य निश्चित गर्‍यो ।” भारत पहिला चोग्यालको संरक्षक बन्यो अनि विश्‍वासघातक किनभने उसले चोग्यालको वंशको रक्षा गरेन ।

 

राजदूत दासले चोग्याललाई सम्झाए कि सिक्किम कहिले स्वतन्त्र थिएन । चोग्याल “भारतका अरू रजौटाहरूबीच एक थिए, र भारतीय फौजका एक मानार्थ सेनापति…तसर्थ भारतकै राजनीतिक प्रणालीको एक सदस्य ।” त्यसबाहेक दासअनुसार चोग्यालले चीनसँग सम्पर्क राखेर अनि  नेपालको राजाको राज्याभिषेकमा भाग लिएर ठूलो भूल गरे !

 

आफ्नो देश सिक्किमको स्वतन्त्रता जोगाउन र हुनेवाला चुनाव जित्‍न चोग्यालले आफ्नो भ्रमण शुरु गरे। जनताले उनको अपमान गरे र उनका तस्वीरमा जुत्ताका माला लगाइदिए । चोग्यालको दलले ३२ सिटमा केबल एउटा जित्यो । राजदूत दासले अब “गभर्नर”को जिम्मेवारी लिएर संसदमा चोग्यालको भाषण पढेर सुनाए, चोग्याल आफैले पढ्न पाएनन् । सिक्किम कांग्रेसले चोग्याललाई हटाउने र देशलाई भारतसँग विलय गराउने माग राखे । जनमत संग्रहले दुवैलाई समर्थन गर्‍यो । तसर्थ, भारतले सिक्किमलाई लिएर जनताकै “कानुनी” माग पूरा गर्‍यो भन्‍ने बाटो पायो ।

 

समानता र पाठहरू

भारतको रिसर्च र अनालिसिस विंग (“र”) सिक्किममा झैं नेपालमा सदा सक्रिय छ । काजी लेन्डुप दोर्जेले भारतसँग देशको विलय चाहेझैँ नेपालका आन्दोलनरत मदेशी अगुवाहरूको अघोषित आशय यही हो । रोटी र बेटीको नाता भएको भारतसँग किन नमिल्ने ? उनीहरूको एक मदेश एक प्रदेश माग पूरा भएमा भारतसँग सो प्रदेश  गाभ्न र अहिलेको जस्तो नाकाबन्दीद्वारा  पहाडवासीहरूलाई सताउन झन् सजिलो  हुनेछ । भारतले  मूल मदेशी अगुवालाई उसको नयाँ राज्यको  “गभर्नर” एक चोटि  बनाउला र सदाको लागि रद्दीको टोकरीमा फालिदेला । नेपालको लागि भारतीय पूर्व राजदूत राकेश सुदले लेखेका छन् उनी त्यस सभामा उपस्थित थिए जहाँ मदेशीहरूलाई स्वायत्त राज्यको प्रतिज्ञा गरियो । आफ्ना छोराछोरीहरूको लागि छात्रवृत्ति निवेदन गर्ने र अन्य सुविधा लाजै नमानी माग्‍ने हाम्रै नेताहरूको स्वाभिमानहीनताले गर्दा  भारतीय राजदूतहरूले सदा आफूले प्रयोग गर्न पाउने अधिकारभन्दा बाहिर गएका छन् । एमालेलाई आफ्नो प्रतिज्ञा तोडेर शुशिल कोइराला भारतकै हुकुममा दोस्रो चोटि प्रधानमन्त्रीको पदमा उठे । रक्सौलका होटलमा सित्तैमा पाएका खाना छोडी आन्दोलनकारी मदेशी नेताहरू शुशिल कोइरालालाई भोट हाल्न भारतलाई ढोगी संसद  छिरे । शेरबहादुर देउवा अघिनै दिल्ली पुगेका थिए, नेपाली संविधानमा धर्म निरपेक्षता हुने छैन भनी मोदीलाई आश्वासन दिन ।

 

नेपाल वा  तराई अर्को सिक्किम भयो भने त्रिभुवनदेखिका राजाहरू र   हालका “लोकतान्त्रिक” नेताहरूले यसको जिम्मेवारी लिनुपर्छ । जोर्डन देशका नरम निरंकुश राजा हुसेनझैँ हाम्रा राजाहरूले एक पार्टीलाई अर्कोसँग लडाउनुभन्दा देशको अपार जलविद्युत क्षमतामा  विकास गर्न सक्थे र  अहिले भारतीय नाकाबन्दीमा नागरिकहरूले दाउरामा  होइन तर  बिजुलीमा खाना पकाउन सक्थे । हाम्रा नेताहरूले  भारतमा लुकीलुकी   स्वदेशमा  १० वर्षे युद्ध लडे, भएका  विद्युत उत्पादन भवनहरू पनि बमद्वारा ध्वस्त पारे, र “चरी” र “घैंटे” जस्ता गुन्डाका सहारामा आफ्नै  दुनो सोझ्याए ।

 

मोदीले पनि ख्याल गर्नुपर्छ इन्दिरा गान्धी र राजीव गान्धीको अन्त्य अरूको मामिलामा हस्तक्षेप गरेर नै भएको हो । भाजपेयीले इन्दिरा गान्धीलाई ” दुर्गा भगवती ” भनी नाम दिएझैं मोदीलाई पनि “शिव ” कहलिन मन पर्ला तर ढिलोचाँडो “माथिबाट ” इन्साफ हुन्छ नै ।

(यस निबन्धलाई  सम्पादन गरी  “सिक्किम विलयको सार” नाम दिएर “नेपाल” पत्रिकाले मंसिर २७, २०७२को अंकमा छापेको हो । हेर्नुहोस्: http://nepal.ekantipur.com/news/2015-12-09/20151209200453.html रमेश खत्री, डिसेम्बर २२, २०१५)

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In