• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

गोफर कसरी पोत्नी ?

by Aadaan Pradaan
November 17, 2015
in Socio-political
Aadaan Pradaan
Aadaan Pradaan
आदान प्रदान

मेरी प्रिया, कसरी आऊँ तिम्रो गाउँ < हाम्रा बाइक गाडाहरूको बिस्कुन लागेको छ, वारिदेखि पारि छरिएको छ । बरू तिमी नै आऊ न, यसो फलफलार, सागपात बोकेर । म मेरो इस्कुटीमा कसरी आऊँ ? चक्कालाई धक्का दिने त्यो के जाति छैन, तेसका बाजे एतिका दिनमा नाम पनि भलियो त्यसमा हाल्ने त्यो तरल पदार्थ । हो त्यो तरल छैन, हिँड्नु तेती सरल छैन । लामा बाटोमा कुन पैसाले चिया खानु, गिलासको तीस चालीस पर्नी । डुनट, तर्कारीको झन कति पर्दो हो । आफ्नै कार चडूँ पैले मसँग ढुकुटी हुनुपर्छ, अर्काको बस चडूँ प्रिया चेपेर चेप्टेर सुकुटी हुनुपर्छ । भन कसरी आऊँ तिम्रो गाउँ ? साग, पात, मासु, मसिनु नखाएर, नपाएर उसै नि म सुकिरैछु दिन पर दिन । चेप्टे भने म के हुन्छु ? दाउरो किनियो, दाउरो चिरियो, दाउरो बालियो । पच्चीस मिनेट लाएर । पिरोल्दो रैछ प्रिया, आँसु आँसु बन्यौ हामी सप्पै, माथ्लो तल्लाको छिमेकी समेत खोक्न लागे । आँखा पोलेर तेसका बाजे नुन सम्झेर चिनी हालियो । बेसार सम्झेर कुन्नि के हालियो । खाँदा सब टर्रो । एस्तो छ हालत प्रेयसी, भन म कसरी आऊँ तिम्रो गाउँ । बरू तिमी नै आऊ । तिमारुलाई त प्रेक्टिस छ नि लामो हिँडिनी, नथाक्नी । दिन रात दुःख गर्नी । बरू तिमारू आएर यो गाउँ बन्ने भाँती नपुराको काठमान्डूलाई सेमिनार चलाइद्यौ, टेर्निङ्ग चलाइदेऊ दुखसुख कसरी गर्नी । सागपात कसरी लाउनी, गाई बाख्रा कसरी पाल्नी, ढिकी, जाँतो कि पातो भन्नी त्यो केजाति कसरी चलाउनी, बनाउनी, आगो कसरी बाल्नी । खास कुरो, प्रिया, आगोमा राखेको भाँडाको रङ्ग अर्कै बन्दो रैछ, कालो लागेर हातभरि निधार गाला, कपडा । तेसलाई के भन्छ ? बज्जे, धुँदा नि जाँदैन रैछ । एस्तै छ इ एता । त्यो भाँडोको कालोलाई कसरी ठिक गर्नी ? ढिकी कुटदा औँला कसरी बचाउनी । गाईको त्यो के पो भन्छ ? पख है , ए गाँठे हेर न मलाई, गोपर कि गोफर भन्नु नआको । हो त्यसले कसरी लिप्नी, कसरी बारीमा छर्नी । गोफर कसरी पोत्नी हलो कसरी जोत्नी त्यो सब सिकाउने सिपालु, जान्नी मान्छे पठाइदेऊ । आफ्नै खाजाभुजा बोकी आउनु भन्नू । हाम्रो एता एस्तै हो । क्यार्ने त नि ? हालत भन्या हत्तु हैरान । यो पत्र हर्के साँइलो हाते पठाउँदैछु । उसको टरक एक दुइ हप्तामा तिम्रो गाउँतिर आउँदैछ । प्रिया, साँइलो फर्कदा, गाउँको फलफलार, साग सब्जी राम्रो बानबुन पारेर पठाउनू । यो पत्र जसले तिमीलाई पढ्दिन्छन् उनलाई मेरो धन्यवाद भन्दिनू । एसो तिमी जिउजुनार बोकेर कैले आउनी हो साँइलोलाई बताइदिए म बाटो हेर्नेथे । तिम्लाई माया गर्नी अनि तिम्रो मायाको कोसेली पर्खने उही म ।

 

Related Posts

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

A Proposal To Politics As Mission

December 3, 2024

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In