• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, January 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

येशूलाई मारेको दिन कसरी ‘गुड फ्राइडे’ ?

by NC Admin
May 1, 2019
in Articles

केभिन श्रेष्‍ठ,  हामी जब गुड फ्राइडेको विषयमा आफ्ना अख्रीष्टियन मित्रहरुसंग चर्चा गर्छौं तब एउटा प्रश्न उनीहरुले सोध्ने गर्छन् कि तिमीहरुको भगवानलाई मारेको दिन होरे अनि किन गुड फ्राइडे भन्छौ ? यो प्रश्न मैले पनि सामना गर्नु परेको थियो र सायद तपाईहरुले पनि गर्नु भएको छ कि ?

हो, आज प्रभुलाई नचिनेका मानिसहरुबाट यस्ता खालका प्रतिक्रिया आउनु कुनै नौलो विषय होइन | न त कसैले चासो नै दिएका छन्, न त क्रूसको त्यो महान प्रेमलाई बुझेका नै छन् | क्रूस आज ख्रीष्टियन धर्मको एक चिह्नको रुपमा स्थापित भएको छ र यस चिह्नलाई देख्ना साथ क्रिष्टियन धर्म मान्नेहरु भनेर हामीहरुलाई सबैले चिन्छन् | अझ आधुनिक युगमा त झन् शिक्षा आर्जन गर्ने भएकाले केहि हद सम्म ख्रीष्टियान मत बारे धेरैले सुनेका हुन्छन् | येशूलाई क्रूसमा टाँगेर मारेको पनि धेरैलाई अवगत नै छ | इतिहास आफै नै यसको साक्षी छदैछ | तर धेरैले प्रश्न गर्छन् कि यसरी कष्ट दिएर भगवानलाई मारेको दिन कसरी र किन गुड फ्राइडे भयो ? मुक्तिदाताको त्यो महान सत्य कथा अब यहा बाट नै शुरु हुन्छ …

क्रूसलाई धार्मिक चिह्नको रुपमा आज विश्वमा पहिचान गरे तापनि यो धर्म सित सम्वन्धित चिह्न वास्तवमा होइन | यसको अर्थ निकै मार्मिक छ जसमा हाम्रा प्रभुले आफैलाई बलिदान गर्नु भयो (गलाती ३: १३)| बरु यो भन्न सक्छौं कि प्रभुले यस्तो क्रूसमा सम्म पनि आफ्नो महिमाको केहि वास्ता नगरी हामी सबैको खातिर त्यसलाई झेल्नु भयो (हिब्रू १२: २)| आफै परमेश्वर भएर पनि मानव जातीको खातिर आफैलाई त्यसमा बलिदान गर्नु भयो | के हो त वास्तवमा क्रूस को अर्थ ?

पास्टर गणेश तामांगद्वारा लिखित एक उत्कृष्ट पुस्तक ‘जाचैं-जाचँले जाचेंको पुनारुत्थान’ बाट यो अंश साभार गर्न चाहन्छु :

येशू मारिनुभएको घटना उति मिठास्लाग्दो खबर होइन | यस्तो खबरमा विश्वास गरेर मानिसले पापबाट उद्धार पाउंछ भन्ने रहस्य बुझ्न र बुझाउन गाह्रो छ | चलेको चलन अनुसार, क्रूसमा मारिएको व्यक्ति बाट आशा गर्न सकिने कुरो के नै पो होला र ? क्रूस नकारात्मक थोक हो | बाइबलले भन्दछ, “काठ (क्रूस) मा झुन्डिने हरेक श्रापित हुन्छ” (गलाती ३: १३), “क्रूसको संदेश नष्ट भइरहेका हरुका निम्ति मूर्खता हो…” (१ कोरिन्थी १:१८) | क्रूसको मृत्यु डरलाग्दो घटना हो | रोमी दार्शनिक मार्कस टुलियस सिसेरो ले अति नै भयानक दण्डको रूपमा लिएका थिए | उनी भन्छन्, “क्रूस शब्द आफै पनि एउटा रोमी नागरिक् देखि पर हटाउनु मात्र होइन उसको विचार, आखाँ र कानमा पनि पर्न दिनु हुँदैन …|” येशूको नाम पनि यहि घृणीत ‘क्रूस’ संग जोडिएको कारण उहाको संदेश र यसलाई सुनाउने उहाँका चेला हरु प्रति समाजको दृष्टिकोण कस्तो थियो भन्ने कुरा लाई अलिकति मात्र अनुमान गर्ने हो भने पनि पुनरुत्थानलाई समेत यसले ओझेल मा पार्न सक्थ्यो | रोम सरकारलाई यहुदीहरुले येशू लाई क्रूसमा टाग्न को लागि सुर्याउनुको कारण यहि हो कि उहाँको अभियान कहिल्यै पनि सफल नहोस् वा येशूको नाम कसैले पनि लिन नपाओस् |

अत: क्रूस आफैमा पनि एक शरमलाग्दो थोक हो जसमा आफ्नो प्राण दिने साहस प्रभुले गर्नु भयो | आफै स्वयम् परमेश्वर भए तापनि उहाले आफ्नो महिमालाई छोडेर एक मानिसको रुपमा क्रूसको त्यो अपमानलाई सहनुभयो (फिल्लिप्पी २:५-११) |

उहाँको क्रूसको त्यो बलिदान र पुनरूत्थान नै हाम्रो विश्वासको बलियो जग हो | मृत्यु नै उहाँद्वारा गरिएको एक महान काम थियो | अत: परमेश्वर सित पुनर्मिलाप गराउने कार्य त्यति सहज छदैं थिएन | पापको दासत्वबाट हामीलाई छुटाउन उहाँले क्रूसको कष्ट उठाउनुभयो |

पुनरूत्थान हाम्रो विश्वासको जग हो जसले संसारका स्थापित धर्महरु को माझ मा हाम्रो विश्वासलाई विशेष र अद्दितीय तुल्याउछ | कुनै पनि धर्मका संस्थापक वा पुज्य व्यक्तित्वहरु मरेर फेरी जीवीत भएको तथ्य कुनै पनि धार्मिक शास्त्रहरुमा हामी पाउंदैनौं | हामीहरुको गौरव र महिमा नै पुनरूत्थान हो | इतिहासकारहरुले पनि स्वीकार गरेका छन् कि उहाँको मृत्यु पश्चात त केहि भएको नै थियो जसले गर्दा उहाँका चेलाहरुमा नयाँ जोश का साथ येशू को बारे प्रचार गर्ने हिम्मत जागियो | १ कोरिन्थी १५: १६-१९ अनुसार हाम्रो आशा पुनरूत्थान हुनु भएको ख्रीष्टमा नै छ | यो मानव इतिहासमा गरिएका सबै आश्चर्यकर्महरु भन्दा महान हो | यसले येशूको ईश्वरत्वलाई प्रमाणित गर्दछ (रोमी १:४) र हाम्रो विश्वासलाई बलियो कायम राख्दछ |

हामीले गुड फ्राइडे र इस्टरको महत्व र आवश्यकता जान्दछौं र यो हाम्रो जिम्मेवारी होकी कसरी हामीले प्रभुको विषयमा अरुलाई सुनाउने | प्रभु केवल यहुदीहरुको लागि मात्र यस संसारमा आउनुभएको थिएन तर हामी सबैको लागि थियो | आज संसारका मानिस हरुलाई येशूको खाँचो छ | अनि हाम्रो कार्य नै येशूको विषयमा अरुलाई समय ढिलो नहुदै सुनाउनु हो | विश्वास गर्ने नगर्ने सबैको आफ्नो स्व इच्छा नै हो तर उहाँको विषयमा सबैले सुन्ने मौका पाउनुपर्छ |

सबैलाई गुड फ्राइडे र इस्टरको शुभकामना छ !

यस विषयमा अझै बढि जान्न का लागि यी link मा जानुहोला:

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In