आइतवार, मे २९, जेठ १६
‘हामीले कसैको खराबी गरेका छैनौँ ।’ —२ कोरिन्थी ७:२
तपाईंका आधारभूत मूल्य र मान्यताहरू
सफल जीवन जिउन सिकाउने शिक्षक डग्लास उड्सले भनेका छन्ः ‘हामी प्रत्येकमा आफ्ना मूल्य र मान्यताहरू हुन्छन्…तीमध्ये कतिपय सतही, अस्थायी हुन्छन् वा हामीले सामना गर्ने क्षणका लागि मात्र उपयुक्त प्रकारका हुन्छन् । अरू कतिपय चाहिँ बढी स्थायी हुन्छन् र हाम्रो जीवनभरि नै हामीसँग रहन्छन् । हाम्रा “आधारभूत मूल्य र मान्यताहरू” यिनै हुन् ।’ मानिसहरूलाई ख्रीष्टमा ल्याउनका निम्ति पावलले आफैँलाई जुनसुकै संस्कृतिमा ढाल्नसक्थे, तर उनका आधारभूत मूल्य र मान्यताहरूका सन्दर्भमा चाहिँ उनले यसो भन्ने सामथ्र्य राख्थे, ‘हामीले कसैको खराबी गरेका छैनौँ ।’
तपाईंका आधारभूत मूल्य र मान्यताहरू यिनै हुन्ः
१) तपाईंका मित्रहरू र जीवनभरिका साथीहरू । अब्राहाम लिंकनले भनेका छन्, ‘यो सरकारी कामकाजबाट मुक्त भएपछि, मसँग एक जना मित्र रहोस् भन्ने चाहन्छु, अनि त्यो मित्र मभित्रै छ ।’
२) तपाईंको कम्पास वा मार्गनिर्देशक सिद्धान्त । ऋतुहरू, सम्बन्धहरू, परिस्थितिहरू, र लक्ष्यहरू परिवर्तन हुन्छन्, तर आधारभूत मूल्य र मान्यताहरू रहिरहन्छन् । दिशा देखाउने यन्त्र कम्पास जस्तै तिनीहरूले तपाईंलाई जहिल्यै पनि सही दिशा देखाउँछन् । के यस प्रकारले जिउनु सजिलो छ त ? छैन । अविश्वासीहरूले तपाईंलाई मूर्ख ठान्नेछन् किनकि तपाईं विश्वासद्वारा हिँड्नुहुन्छ । पारिवारिक मूल्य नभएका मानिसहरूले आफ्नो परिवारप्रति तपाईंको समपर्णलाई बुझ्नेछैनन् । सांसारिक मन भएकाहरूले ख्रीष्टप्रति तपार्ईंको समर्पणलाई बुझ्नेछैनन् । अनि तपाईंको भन्दा फरक आधारभूत मूल्य र मान्यताहरू भएका मानिसहरूले तपाईंलाई उनीहरूको पछि लाग्न, वा तपाईंको स्तर तल झार्न लगाउन कोसिस गर्नेछन् ।
३) तपाईंको लंगर वा अडिएर रहने साधन । आधारभूत मूल्य र मान्यताहरूबिना तपाईं यताउता भौतारिँदै हराउनुहुनेछ । कुनै पनि आँधीले तपाईंलाई नियन्त्रण गर्न सक्छ; कुनै पनि छालले तपाईंले जान नचहाएकोे ठाउँमा तपाईंलाई लान सक्छ । तर यदि तपाईंसँग आधारभूत मूल्य र मान्यताहरू छन् भने मौसम प्रतिकूल भए तापनि तपाईंलाई स्थिर राख्ने साधन तपाईंसँग हुन्छ । उमेर बढ्दैजाँदा उत्पन्न हुने समस्याहरूका बारेमा ख्रीष्टियन मनोविज्ञ डा. जेम्स डब्सनले भनेका छन्ः ‘जीवनको मध्य भागतिर उत्पन्न हुने समस्या त्यो समूहका मानिसहरूको उमेरको कारणभन्दा पनि गलत मूल्य र मान्यता पद्धतिको कारण उत्पन्न भएको हो । यो उमेरमा आइपुगेपछि अब अचानक तपाईंले बुझ्नुहुन्छ कि तपाईंले चढिरहनुुभएको भ¥याङ त गलत पर्खालमा पो अडेस लागेको रहेछ ।’
आत्मिक भोजनः विश्वासको परिवार भित्र विवाह उत्पत्ति २४: १–५१, २ कोरिन्थी ६: १४–७:१
Discussion about this post