• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

रोप्ने र कटनी गर्ने समय

by NepalChurch.com
May 15, 2013
in Articles

Resham Kumar Sunuwarयो आलेख रोप्ने र कटनी गर्ने सम्बन्धमा छ। मैले तपाईहरुलाई कसरी राम्रो खेतीपाती गर्ने भनेर सिकाउन खोजेको भने होईन्। अनि कुन समयमा के के कुरा रोप्ने भनेर तपाईलाई बताउन खोजेको पनि होईन। तर यो आलेखको शीर्षक भने रोप्न र कटनी गर्ने सम्बन्धमा छ। रोप्ने र कटनी गर्ने सम्बन्धमा धर्मशास्त्रले के के भन्दछ, त्यो विषयमा आज म छोटकरीमा चर्चा गर्नेछु।

 

आफ्ना निम्ति धार्मिकताको विउ रोप, र अचुक प्रेमको कटनी गर। तिमीहरुको बाँझो वारी जोत। किनकि परमप्रभुलाई खोज्ने समय अहिले हो। जबसम्म उहाँ आएर तिमीहरुमाथि धार्मिकताको वृष्टि खन्याउनु हुन्छ। होशे १०:१२,

धोखामा नपर, परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्तछ, त्यसैको कटनी पनि गर्नेछ। जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्तछ, त्यसले आफ्नो पापमय स्वभावबाट नै र्सवनाशको कटनी गर्नेछ। तर जसले आत्माको निम्ति रोप्दछ, त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ।” गलाती ६:७-८

यी माथि उल्लेखित पदहरुले रोप्ने अनि कटनी गर्ने सम्बन्धमा चर्चा गरिएको छ। कुनै कुरा रोप्नु भन्दा अगाडि हामीले जमीनलाई तयार गर्नु जरुरी छ। बाँझो जमीनमा त्यतिकै विउ छर्दा अथवा बिरुवा रोप्दा त्यो उम्रिन सक्दैन। जमीनलाई तयार गर्न आवश्यक हुन्छ। जब जमीन तयार हुन्छ तब मात्र रोप्ने काम सम्भव हुन्छ। कुनै पनि किसानले जमीनको तयारी नगरी रोप्ने काम गर्दैन। यस अर्थमा बाँझो जमीन जोत्ने र रोप्नलाई तयारी गर्नु सबै भन्दा पहिलो कदम हो।
जमीनको तयारी

१, तिमीहरुको बाँझो वारी जोत।

“तिमीहरुको बाँझो भूमिमा डल्ला फोर, र काँडाहरुको बीचमा नछर।” यर्मिया ४:३। बीउ रोप्न या छर्नलाई बाँझो बारी जोतेर, डल्लाहरु फोरेर जमीन तयार पार्नुपर्छ। अनि यसमा सही किसिमको बीउ रोप्नु पर्छ। काँढाहरु छर्नु भएन।

यो बाँझो बारी के हो त ? वास्तवमा बाँझो हुनु भनेको एक प्रकारको श्रापित अवस्था पनि हो। यहाँ बाँझो बारीले मानिसको हृदयको विषयमा बताउँदछ। यो बाँझो बारीले मानिसको मनको प्रतिनिधित्व गर्दछ। येशूले भीडलाई मर्कूस ४:१-२० मा बीउ छर्ने विषयमा दृष्टान्त बताउनुभएको थियो। बीउ छर्ने जमीनलाई मानिसको हृदय भन्नुभएको छ र चार प्रकारको जमीनको विषयमा उहाँले बताउनुभयो। जसको चर्चा तल गरिएको छ।

क, बाटोको जमीन  ख, ढुङ्गेनी जमीन  ग, काँढाहरु भएको जमीन  घ, असल माटो भएको जमीन

यी विभिन्न किसिमको जमीनको अर्थ विभिन्न किसिमका मानिसहरु हुन्। अनि बाँझो जमीनले मानिसको हृदयको प्रतिनिधी गर्दछ। हाम्रो पनि जीवनको अवस्था यी चार प्रकारमध्ये कुनचाहिं हो भनेर आज प्रश्न गर्ने बेला भएको छ। येशूले उल्लेख गर्नुभएको चार प्रकारको जमीनको विषयमा हामीले तल हेर्नेछौं।

क बाटोको जमीन

यहाँ कोही मानिसको हृदय बाटोमा भएको सार्हो माटो जस्तै छन्। बीउ बाटोमा रोपिन्छ तर त्यो उम्रने मौका पाउँदैन। यस्ता खालका मानिसको हृदय कडा खालको हुन्छ। कठोर प्रकारको हुन्छ। तयार नपारिएको कठोर हृदयमा कुनै बीउ उम्रन सक्दैन। यदि बीउ त्यस्तो हृदयमा छरेको छ भने शैतानले आएर टिपेर लान्छ। यस्तो बीउ रोपेर पनि नउम्रने हृदय लिएर बसेका छौं भने यो एक प्रकारको बाँझोपना जस्तै हो। यस्ता हृदय भनेको सुनेर ध्यान नदिने हृदय हो। अनि यस्तो हृदयले प्रार्थना पनि गर्दैन। एक प्रकारको औपचारिकता निभाउने खालको मात्रै हो। यस्तो जमीन भएको हृदयले खासै बीउ पनि उमार्दैन। बरु शैतान आएर यसमा भएको कुरा पनि खोसेर लैजान्छ। आज हामीले परमेश्वरकोमा ध्यान नदिने, अनि प्रार्थना नगर्ने, आफ्नो भूल गल्ती नदेख्‌ने, परमेश्वरको डर पिटिक्कै नमान्ने विश्वासीहरुको जीवनको हृदयको अवस्था पनि यही हो। के हामी यस्तै खालको हृदय भएको मानिसहरु हौं। हामीले हाम्रो हृदयको बाँझो जमीनलाई तयारी गर्नैपर्छ। तयारी नगरीकन कसैले पनि बाँझो जमीनमा बीउ छर्दैनन्। परमेश्वरको वचनमा ध्यान दिनुपर्छ। प्रार्थना गर्नुपर्छ। पश्चतापी मन हुनुपर्छ। परमेश्वरको डरमा रहेर धार्मिकतामा जिउनु पर्दछ।

ख, ढुङ्गेनी जमीन

येशूले अर्को प्रकारको जमीनको विषयमा पनि बताउनु भयो। त्यो जमीन भनेको ढुङ्गेनी जमीनको विषयमा थियो। यो त्यति गहिराई नभएको जमीनको विषयमा हो। यस्ता खाले हृदय भएको मानिसले कुनै पनि कुरा खुशीसाथ तुरुन्तै ग्रहण गर्छ। यस्तो खालको मान्छेले विश्वासचाहिं गर्छन्, तर यिनीहरुको विश्वास बलियो हुँदैन। यस्ता हृदय भएको मानिसले व्यक्तिगत फाईदा मात्र खोजेको हुन्छ। यिनीहरुको विश्वासको जरा ढुङ्गाको कारण गहिरो जान सक्दैनन्। घाम लाग्ने वित्तिकै जरा सुकेर बोटै मरी हाल्छन्। केही संकट र सतावट आउने वित्तिकै तिनीहरुको विश्वास पनि मरी हाल्छ। तिनीहरु परमेश्वरको आशिष मात्रै पाउन चहान्छन् , तर त्यो आशिष पाउने कुराको मूल्य चुकाउन चहादैनन्। उनीहरुको आशा र फाईदा नपाउँदा निराशा र तीता हुन्छन्। यस्ता खालको हृदय भएका मानिसहरु स्थिर हुँदैनन्। बोट विरुवाहरुको लागि घाम आवश्यक हुन्छ। घाम नभई बोट विरुवाहरु हुर्कन सक्दैनन्। तर जरा छैनन भने घामले बोट विरुवालाई मारी दिन्छ। आज एउटा ख्रीष्टियान आपत विपतबाट भएर जाँदा नै उसको विश्वास बलियो हुन्छ। आपत विपत र कष्टद्धारा नै नक्कली वा सक्कली ख्रीष्टियान भनेर छुटाउन सकिन्छ। आज हाम्रो हृदयको जमीन पनि के ढुङ्गेनी प्रकारको छ? यसो हो भने आज यसलाई तयारी गर्ने तर्फ लागौं।

ग, काँढाहरु भएको जमीन

यहाँ अर्को प्रकारको जमीन छ। येशूले काँढाहरु भएको जमीनको विषयमा उल्लेख गर्नुभयो। यो जमीनको माटो राम्रो अनि मलिलो छ। यहाँ सार्हो पनि छैन। ढुङ्गेनी पनि छैन। मलिलो र गहिरो छ। त्यसमा परेको बीउ उम्री हाल्छ। र छिटो वढ्छ। यस्ता खालको हृदय भएको मानिसले वचन सुन्छ, विश्वास पनि राम्रो गर्छ। राम्रो विश्वासको जीवन बिताउन शुरु गर्छ। तर त्यो जमीनमा काँढाहरु समस्याका रुपमा आएका हुन्छन्। त्यो काँढाहरु भनेको स्वार्थ, संसारको फिक्री, धनको मोह, अरु थोकको लालचले समस्यामा पारी हाल्छन्। परमेश्वरको वचनभन्दा नराम्रो कुराहरु छिटो बढेर विश्वासीको आत्मिक जीवनलाई निसास्याईदिन्छन्। शायद त्यो विश्वासीको जीवन पुरै मर्दैन होला, तर फलवन्त हुँदैन। फल नफलाउने बोटको रुपमा ठिङ्ग उभीरहेको हुन्छ। परमेश्वरले के भन्नु भएको छ भने यस्तो फल नफलाउने बोटहरु काटेर आगोमा जलाईनेछ। कति जनाले आफ्नो विश्वासको जीवन राम्ररी शुरु गरेका छन्, तर फिक्री र लालचको कारणबाट पछि हटेका छन्। पतित भएका छन्। यो काँढाहरु भएको जमीनको समस्याहरु हुन्। के आज हाम्रो हृदयको अवस्था पनि यही हो कि ?

घ, असल माटो भएको जमीन

येशूले यहाँ असल माटोको विषयमा बताउनुभएको छ। असल जमीनलेचाहिं जहिले पनि फल फलाउँछ। यहाँ ढुङ्गा, काँढा केही पनि छैन भनेर येशूले भन्नु भएन्। तर यो जमीनले फल फलाउँछ। यहाँ ढुङ्गाहरु, काँढाहरु सबै हुन्छन्। तर त्यसको वावजूद यसले फल फलाउँछ। आज हाम्रो हृदय यस्तै खालको असल माटो भएको जमीन जस्तै हुनुपर्दछ। त्यस कारण बाँझो बारीलाई खनजोत गरी मलिलो बनाउने काममा हामी लाग्नु पर्दछ।

येशूले वताउनुभएको यस दृष्टान्तबाट हामी यही कुरा बुझ्न सक्छौं कि हाम्रो मन भनेको जमीन जस्तै छ। त्यसमा ढुङ्गा, काँढाहरु पनि छन्। त्यसको अर्थ लोभ, कुइच्छा, क्रोध, निन्दा, डाह इत्यादी कुराहरु छिटै बढेर आउँछन्। हाम्रो बाँझो मन जोत्‌नुपर्छ, काँढाहरु निकाल्नुपर्छ।

डल्लाहरु भनेको के हो ?

बाँझो जमीन जोतीसके पछि त्यहाँ डल्लाहरु निस्कन्छन्। यस्ता खालको डल्लाहरु फोरेर हामी बीउ छर्नुपर्छ। जबसम्म त्यो डल्ला जमीनमा रही रहन्छ, त्यसलाई फुटाईदैन तबसम्म हाम्रो हृदय मलिलो बन्न सक्दैन। क्षमा नदिने मन, डर, सन्देह/शंका, डाह/इर्या न्, चिन्ता/फिक्री, घृणा, झूट, व्यभिचार, रीस, घमण्ड, अनेक प्रकारका  डल्लाहरु हाम्रो हृदयको जमीनमा हुन्छन्। त्यसलाई हामीले फोर्नुपर्छ। शायद यस्ता हाम्रा हृदयमा भएका डल्लाहरुले हाम्रो जीवनमा कठिनाई तुल्याएको हुन सक्दछ। आज हरेक मानिसले यी मनमा रहेका डल्लाहरु फोरेर मनको जमीनलाई रोप्नको लागि तयार पार्नु सबै विश्वासीहरुको दायित्व हो। यस आलेखमा जमीनको तयारीको बारेमा मात्रै उल्लेख गरिएको छ। रोप्ने र कटनी गर्ने सम्बन्धमा अर्को भागमा चर्चा गरिनेछ।

रेशम कुमार सुनुवार

Republished in new layout 15-May-2013

written by Birendra Rai , June 12, 2011

thank you dai,i got it for study,thanks to the God verry wonderful Aalekh , i will hope more Again..thank you dai.

Related Posts

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026

Discussion about this post

ताजा सामाग्री

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

October 18, 2026

JOB DETAILS Expression of Interest (EoI): Social Audit Job posted on 16th October, 2026-31st October, 2026 Arise and Shine Nepal (ANS) Details / requirements:   Arise and Shine Nepal (ANS) Call for Expression of Interest (EoI) Arise and Shine Nepal (ANS) is a non-profit organization. Arise and Shine is an initiative to address the prevailing social and economic needs among Nepali youth within the Lalitpur district of Kathmandu Valley. ANS responds to the problems of prevailing negativeenvironment  of bullying, unhealthy relationships, substance abuse, petty crimes, disinterest in school studies to name a few on the young people. ANS addresses these problems of young people by operating a Youth Center that is safe, loving, and informal, where they wish to come regularly to spend their free times by playing games, music, meeting friends, reading books etc. ANS also engages young people in activities that develop their skills that shape them, empowers them and gives them better opportunities in their career. Moreover, ANS has been started from 2009 and legally registered in 2016 at SWC (Social welfare council), ANS has been working to empower and engagement for the Holistic development in marginalized communities based in youths through support in Holistic Development. Currently, ANS is supporting the youths of more than 2170 vulnerable youths in the rural & urban communities in 3 districts of Nepal. We are an NGO with a vision to create a safe, healthy, and a peaceful community where all young people have hope of a better future. A social...

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

                  कात्तिक १, २०८३ आइतबार काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापति...

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

Recent Posts

  • ANS invites EoI from interested individuals/firms to conduct Social Audits
  • नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण
  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In