काठमाडौं- १८ बैशाख, गत शनिवार बैशाख १२ गते ११:५६ मा गएको विनासकारी महभुकम्पमा परी हालसम्म ५४८९ जनाको मृत्यु भएको कुरा जानकारीमा आएको छ। भुकम्पमा परी घाइते हुनेहरूको संख्या १० हजार ९६५ पुगेको छ। सबैभन्दा बढी मृत्युहुनेमा सिन्धुपाल्चोकमा १५८७ जना छन्। भुकम्पले ध्वस्त भएका घरका भग्नावसेषमा पुरिएका नुवाकोटका १८ वर्षिय पेम्वा लामालाई विहिवार १२ बजे ६ दिनपछि जीवित निकालिएका छन्। १२० घण्टासम्म पानी नपिएर बाँचेको घटना कमैमात्र पाउन सकिन्छ। भग्नावशेष पल्टाउदै गर्दा लामाले तलबाट मलाई बचाउनुहोस भन्ने आवाज सुनिएको थियो। गोगबुको ६ तले हिल्टन गेष्ट हाउसबाट उनलाई निकालिएको हो। यो भन्दा पहिला ८४ घण्टापछि स्याङजाका ऋषी खनाललाई पनि यहीबाट फ्रान्सेली टोली र सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको थियो। गोंगबु बसपार्कस्थित जनसेवा लजबाट २४ वर्षिया कृष्ण कुमारी खड्कालाई १२८ घण्टापछि उद्धार गरिएको छ। इजरायली, नर्वेली, फ्रान्सेली र नेपाल प्रहरुको संयुक्त टोलीले ९ घण्टासम्म लगातार खटेर काम गरेको थियो। विदेसी उद्धारकर्मीले दुइजना जीवित रहेको पत्ता लगाएपछि लगातार उद्धारमा लागेका थिए। पाँचतले गेष्ट हाउस भाषियपछि उनि दुइतला मुनि च्यापिएकी थिइन।
Discussion about this post