• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पादरी गंगाप्रसाद बहुआयामिक

by NepalChurch.com
May 15, 2013
in Articles

Resham Kumar Sunuwarइतिहास रोचक मात्रै होईन, रहस्यले पनि भरिएको हुँदोरहेछ। मान्छेको जीवनको यात्रामा अनेक भङ्गालो र मोडहरु छिचोल्दै अनगिन्ती सम्झनाको अवशेष र डोबहरु छोडेर जाँदो रहेछ। उतार चढावको तरङ्गहरु तरङ्गएर सम्झनाको तरेलीमा चस्किदै जाँदा स्मृतिका विस्मृत डोबहरु बस्दै जाँदारहेछन्।

समयका वेगवान् नदी बग्दैजाँदा कहिले किनारमा तैरिदै बस्नुपर्ने कहिले नदीको मूलधारमा बग्दै जाने रहस्यमय यात्रामा सबै अभिलेख राखिएको हुन्न र सबै कुराको विश्लेषण गर्न पनि सकिन्न। मैले पादरी गंगाप्रसाद प्रधानको बिषयमा जुन रुपमा चर्चा गर्ने यहाँ प्रयास गर्दैछु यो ठूलो तलाउबाट एक थोपा पानी झिके जस्तो मात्रै हुनेछ।

वास्तवमा पादरी गंगाप्रसादको १६० औं जन्म जयन्तीको अवसरमा प्रवासमा बसेर पनि उनले नेपाली जातिको लागि दिएर र छोडेर गएका जे जति कुराहरु छन्, ती हाम्रो लागि प्रेरणाका स्रोतहरु हुन् अनि हामीले ती कुरालाई चटक्कै भुलेर रहन पनि सक्दैनौं। उनका जीवनका कहानीहरु कुनै तीता कुनै मिठा छालहरु झैं छचल्किरहन्छन्। नेपाली इशाई इतिहासको कालखण्डमा पादरी गंगाप्रसाद प्रधानको योगदान अति नै महत्वपूर्ण पाटोको रुपमा रहेको छ। उनको अतुलनीय योगदानकै कारण नेपाली इशाई जगतले चुनौतीका पर्खालहरु छिचोल्दै अगाडि बढ्ने प्रेरणा पाएको कुरा दुइमत हुन नसक्ला। कुनै कुरा जब कलान्तरमा पुगेर असर गर्छ भने त्यसले इतिहासका पानाहरुमा आफ्नो योगदान सुनौलो अक्षरमा लेखिदोरहेछ भन्ने कुराको पुष्टि पादरी गंगाप्रसादको कामले देखाईदिएको छ।
१ दिसेम्वर १८७४ का दिन गंगाप्रसादले आफ्नो जीवन येशूलाई दिएदेखि नै उनका जीवनका दिनहरु उन्नतिका र प्रगतिका पथमा लम्किएका थिए। २४ तारिक जनवरी १८७५ का दिन पानीको बाप्तिस्मा लिएका गंगाप्रसादका जीवनको उतार चढाव अनि उनको संर्घषको कुरा आजको पुस्ताको लागि पनि त्यतिकै प्रेरणादायी बनीरहेको छ। नेपालमा येशू ख्रीष्टलाई विश्वास गर्नु नै अपराध ठानिने उक्त समयमा एक नेपाली गंगाप्रसादले आफ्नो जीवन येशूलाई दिएर दार्जिलिङ्गबाट उनले खेलेको भूमिका र पुर्याएको योगदान हामी नेपाली इशाई जगतले मात्रै नभएर आम नेपालीहरुले सम्झनै पर्ने कुरा हो। ती कठीन समयहरुका पर्दा उघारी ख्रीष्टको ज्योति छर्ने काम अनि भाषा साहित्यको विकासमा जे जति उनले लगानी गरेका छन्। अनि योगदान पुर्याएका छन्, ती सबै कुरालाई मूल्याङ्कन गर्दा यो वर्तमानमा अति नै महत्वपूर्ण इतिहास र दस्तावेज बनेका छन्। नेपालमा इशाई जगतको कुनै अत्तो पत्तो नै नभएको शून्यता रहेको समयको पीडालाई चिर्दै उनी येशूलाई आफ्नो जीवन दिएर जे जति योगदान दिए, त्यो अबिस्मरणीय छन्। पादरी गंगाप्रसाद प्रधान एक बहुआयमिक व्यक्तित्व थिए भनेर उनका कार्य र कृतिहरुले बताउँछन्। बहुआयमिक यस अर्थमा कि परमेश्वरको वचन प्रचार गर्ने, लेख्ने, प्रकाशन गर्ने अनि अन्य विभिन्न उनले गरेका कार्यहरुको विषयमा बुझ्न स्पष्ट हुन्छ। पादरी गंगाप्रसाद सन् १८७८, १८७९ र १८८० को अवधिमा मुख्यतः बाइबल अनुवादक, ख्रीष्टियानहरुको बीचमा बाइबल शिक्षक, उत्साही ख्रीष्टियान प्रचारक थिए।
पादरी गंगाप्रसादले पुर्याएको योगदान मध्ये अनुवादको कार्य अति नै चर्चायोग्य र महत्वपूर्ण छ। उनको यस कार्यले नेपाली इशाई साहित्यको क्षेत्रमा अतुलनीय इतिहासको लाम बनाएको छ। सन् १८७५ देखि १८७७ सम्म मुख्यतः पादरी गंगाप्रसाद अनुवादको कार्यमा तल्लीन रहेका थिए। वास्तवमा पादरी गंगाप्रसादले दार्जिलिङ्गको गीङ कमानमा बिताएका समयहरु अति नै महत्वपूर्ण रहेका छन्। पादरी गंगाप्रसादले नेपाली भाषामा बाइबललाई अनुवाद गर्ने काम शुरु गरे। हिन्दी अंग्रेजी भाषाको जति दख्खल राख्दै गए त्यति नै उनको जिम्मेबारी पनि बढ्दै गयो। धेरै अनुवादको काम गरेको कुरा विभिन्न तथ्यहरुबाट देखिए तापनि उनको खास अनुवादको कामचाहिं बाइबल अनुवादको काम नै हो। वास्तवमा पादरी गंगाप्रसादले भन्दा अगाडि १९८१ मा विलियम केरीले श्रीराम्पुर भारतबाट नेपाली भाषामा बाइबल अनुवाद गर्ने काम गरेका थिए। उनको यो अनुवादित बाइबल कतै पनि प्रचलनमा आएन। तर पादरी गंगाप्रसादले बाइबल अनुवाद गर्ने कामलाई निरन्तर जारी राखे। पादरी र्टनबुल किल्गोरसँगै मिलेर पादरी गंगाप्रसादले सिङ्गो बाइबल नेपालीमा अनुवाद गर्ने काममा देन दिएको इतिहास हाम्रो सामु छँदैछ। पादरी गंगाप्रसादविना त यो काम अधुरै हुन्थ्यो। उनकै अथक प्रयास र परिश्रमकै कारण १९१४ मा पुरानो करार र नयाँ करार नेपाली भाषामा प्रकाशित हुन सक्यो। यो एतिहासिक योगदानमा पादरी गंगाप्रसादको प्रमुख हात रहेको थियो। नेपाली भाषामा सिङ्गो बाइबल अनुवाद गर्ने काम सजिलो र चानचुने कुरा थिएन। यद्यपि यो चुनौतीपूर्ण एतिहासिक कार्यलाई पादरी गंगाप्रसादले सम्पन्न गरी नेपाली इशाई जगतमा ठूलो येागदान दिएरै छाडे। आफ्नै नेपाली भाषामा बाइबल पढ्न पाउनु आम नेपालीहरुको खुशीको विषय बनेको थियो। यसकारण पनि नेपाली बाइबल अनुवादको कार्यमा जुन भूमिका गंगाप्रसादले खेलेका छन्, आज पनि हामी नेपाली इशाईहरुको लागि गर्व गर्न सक्ने ठाउँ रहेको छ।
द गोर्खा प्रेसको स्थापना गरेर उनले प्रकाशनको कार्यमा पनि सशक्त रुपमा काम गरे । पादरी गंगाप्रसादले स्कटिस मिशन ओर्फन प्रेसलाई सन् १९०१ मा खरीद गरेर उनले यो प्रेसलाई “द गोर्खा प्रेस” भनेर नामाकरण गरे। उक्त प्रेस स्थापना गर्नु नै पादरी गंगाप्रसादले प्रकाशनको क्षेत्रमा दूरदर्शिता राखेर काम गरेको भन्न सकिन्छ। उक्त प्रेस स्थापनासँगै केही व्यक्तिहरुले पनि काम पाउनुको साथै पादरी गंगाप्रसादको आर्थिक भरथेग हुन्थ्यो भन्ने कुरा बुझ्न सकिन्छ। त्यो प्रेसबाट विभिन्न प्रकारका छपाई सम्बन्धी काम हुन्थ्यो। वास्तवमा पादरी गंगाप्रसादले प्रेस स्थापना गरी व्यवसायिकताको पक्षलाई जोड दिएर आयस्रेातको एउटा साधन बनाउनुको साथै अरुलाई पनि रोजगार दिएर उनले ठूलै उन्नतिमूलक काम गरे भन्ने कुरामा कसैको  खदुइमत हुदैन। १९०१ देखि १९३२ सम्म पादरी गंगाप्रसादको सम्बन्धित पुस्तकहरु, पत्रिकाहरु मुद्रण भएको पाईन्छ। नेपाली भाषा, साहित्य सम्वृद्धिमा “द गोर्खा प्रेस” ले महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा निर्विवाद नै छ। प्रेसको स्थापनासँगै विभिन्न पुस्तक पर्चाहरु छपाई गरी “द गोर्खा प्रेस” ले महत्वपूर्ण भूमिका खेलेको कुरा घाम जस्तै र्छलङ्ग छ।

पादरी गंगाप्रसाद बहुमखी प्रतिभाका धनी मान्छे थिए भन्ने कुरा उनले सृजना गरेका रचनाहरु र कृतिहरुबाट स्पष्ट हुन्छ। पादरी गंगाप्रसादले नेपाली इशाईहरुको लागि अमूल्य चिनो दिएर जानुभएको छ। उनका मौलिक रचनाहरु र कृतिहरु वास्तवमा मनबाट निस्केका आवाजहरु थिए। रचनामा समाज परिवर्तन गर्ने शत्ति, हुन्छ भन्ने अवश्य पनि गंगाप्रसादलाई बोध थियो। भनिन्छ “तरवार भन्दा कलम शक्तिशाली हुन्छ।” जब कलमको शक्ति प्रभावकारी भएर जान्छ, मानव समाजको चेतना वृहतरुपमा वृद्घ भईरहेको हुन्छ। सुस्ताएको मानव समुदयलाई जागरुकता तथा क्रियाशीलतामा अगाडि बढ्ने प्रेरणा मिलीरहेको हुन्छ। अठारौं शताब्दीतिर विश्व विजय गर्छुनि कस्सिएका फ्रान्सका तत्कालीन स्वघोषित सम्राट नेपोलियन बोनापार्टले भनेका थिए। “दुइ हजार संगीन भन्दा दुइ वटा कलमहरु खतारनाक हुन्छन्।” त्यसैले साहित्य र सञ्चारको महत्व कति छ भन्ने कुरा पादरी गंगाप्रसादले बुझेका थिए। उहाँले तत्कालीन समयमा लेख्नुभएको नेपाली ख्रीष्टिय भजनहरु अहिले पनि उत्तिकै अर्थपूर्ण रहेका छन्। “प्रभु अर्जी सुनीलेउ -२) गोर्खालीले मुक्ति पाउने ढोका खोलीदेउ।” भन्ने भजन लेखे । यस भजनमा नेपालीको निम्ति येशूमा मुक्तिको ढोका खोलियोस् भन्ने अन्तरविन्तिको क्रन्दन निकालेका छन्। नेपालको अवस्था अनि काठमाडौं उपत्यकामा भएका शहरहरुको उल्लेख गर्दै नेपालीहरुलाई ख्रीष्टमा जित्नै पर्छ, सुमाचार नेपालीहरुको माझमा पुर्याउनै पर्छ र आम नेपाली दाज्यू भाई दिदी वहिनीहरुलाई ख्रीष्टको सत्यमा डोर्याउनै पर्छ भन्ने आशाय यस भजनको शब्दमा रहेको पाईन्छ। जुनबेला नेपालमा इशाईहरु थिएनन्, त्यस्तो अवस्थमा नेपालीहरुको माझमा ख्रीष्टको सुमाचारको आवश्यक्ता थियो। त्यही कुरालाई इगित गर्दै अन्तरमनदेखि उनले रचेका यो भजन वर्तमानमा पनि त्यति नै समय सापेक्ष छ भन्ने कुरामा दुइमत हुन सक्दैन। उनले लेखेका अर्को भजनमा “यो जग कहिले छैन स्थिर, कहिले रुन कहिले हाँस्नु छैन सदा स्थिर” यस भजनमा हाम्रो जीवनमा अस्थिर छ, कुनवेला के हुन्छ भन्न सकिन्न। यो दुइ दिनको जीवनमा ख्रीष्टलाई चिन्नु पर्छ भन्ने सन्देश राखेका छन्। अर्को भजन “उँभै त हेरुँ बैकुण्ठ धाम छ -२) उँधै त हेरुँ नरै लोक, हेर प्रिय भाई”-२) ख्रीष्ट बाटो सत्य जीवन हुनुहुन्छ भन्ने सन्देश यस भजनमा व्यक्त गरेका छन्। त्यस्तै “येशू है ख्रीष्टको क्रुसको मरण -२) अनि अर्को भजन हृदयको पर्दा उघारी हेर्दा पापैको रासै रास” जस्ता कालजयी अर्थपूर्ण इशाई भजनहरु लेखेर ठूलै योगदान दिएका छन्।
पादरी गंगाप्रसाद त्यो समयको बहुमुखी प्रतिभाका धनी मानिस थिए भनेर उनले छाडेर गएका कृतिहरुले पुष्टि गर्दछ। उनका कथा संग्रह “चार महा अर्ति” निकै चर्चित र समरणीय छ। पाकेट बुक आकारमा छापिएको उक्त कथा संग्रहमा चार वटा कथाहरु छापिएका छन्। त्यसमा रहेका कथाहरु अर्तीपरक, शिक्षामूलक, ब्यङ्गात्मक रहेका छन्। उक्त “चार महा अर्ति” कथा संग्रहमा छापिएका कथाहरु “धन भला गाँठीका”, “स्वास्नी भला नजरका”, “चेली भला परायका” र “मित भला हीतका” शीर्षक रहेका चारवटा कथाहरु छन्। कथाले मानवीय जीवनका पाटोहरु उप्काउने प्रयत्नी गरेका छन्। लघुकथा आकारको उक्त कथाहरुमा जीवनको भोगाई, अनुभूतिको प्रतिविम्वहरु प्रशस्त पाईन्छन्।
पादरी गंगाप्रसादले “गोर्खे खवर कागत्” नामक समाचारपत्र १९०१ मा प्रकाशनमा ल्याएको कुरा पनि हामीले थाहा गर्न सक्छौं। नेपालमा प्रकाशित “गोरखापत्र” भन्दा पनि जेठो रहेको “गोर्खे खवर कागत्” ले नेपाली पत्रकारिताको विकासको ढोका उघारीदिएको कुरा हामी नकार्न सक्दैनौं। सबै प्रकारको समाग्री प्रकाशित हुने “गोर्खे खवर कागत्” समाचारमूलक पत्रिका रहेको कुरा नै त्यसमा प्रकाशित समाचारहरुको आधारमा भन्न सकिन्छ। विभिन्न प्रकारको लेख, रचना, समाचार, विज्ञापन अनि बाइबलका कथाहरु, र ख्रीष्टिय समाग्रीहरु प्रकाशित गरी पत्रकारिताको विकास गर्ने काममा महत्वपूर्ण देन पुर्याएको छन्। त्यो वेला यो पत्रिका निकै चर्चित पत्रिका थियो। नेपाली पत्रकारिता र  प्रवर्धन गर्ने काममा यसरी लगनशील भएर योगदान पुर्याउने पादरी गंगाप्रसादको एतिहासिक र साहसिक कार्यलाई हामीले सलाम गर्नै पर्छ। निश्चय पनि “गोर्खे खवर कागत्” नेपाली पत्रकारिताको जगतको लागि एतिहासिक दस्तावेज र कोशेढुङ्गा थियो भनेर हामी भन्न सक्छौं।
पादरी गंगाप्रसादले अन्य पनि धेरै पुस्तकहरु प्रकाशनमा ल्याए। यस प्रकारले ती समयमा गंगा प्रशाद प्रधानकै “नेपाली उखानको पोस्तक” र “आत्माकथा” जस्ता पुस्तकहरु छापिएका थिए। पत्रकारिता, प्रकाशनमा उनका जुन योगदान रहेयो, त्यो आजको लागि त्यति नै अनुकरणीय छ।

नेपाली इशाई जगतमा पादरी गंगाप्रसादले दिएको योगदान अवर्णनीय नै छ। उनी एक असल अगुवा अनि कुशल शिक्षक र समाजसेवी पनि थिए। पादरी गंगाप्रसादलाई उनले गरेको हरेक कामलाई सबै कोणबाट हेर्ने हो र विश्लेषण र चर्चा गर्ने हो भने एउटा ठूलै पुस्तकको ठेली बन्न सक्दछ। नेपालमा सुसमाचारका निम्ति वर्जित रहेका काला दिनहरुमा प्रवासमा रहेर नेपाली इशाई जगतका लागि जुन योगदान दिनुभयो। त्यो आज हामी सबै इशाईहरुको लागि प्रेरणा बनीरहेको छ। पादरी गंगाप्रसादको नमूनाबाट हामीले आफ्नो देशको लागि केही गर्न सके सिङ्गो नेपालमा अचम्मले रुपान्तरण आउनेछ। पादरी गंगाप्रसादले छाडेर गएका यी नमूनालाई अनुकरण गर्नु आज हरेक नेपाली इशाईहरुको दायित्व पनि हो।
रेशम कुमार सुनुवार
उक्त लेख पादरी गंगाप्रसाद प्रधानको १६० औं जन्म जयन्तीको अवसरमा “क्यान” ले यही जुलाई ४ मा आयोजना गरेको “लेख तथा निबन्ध” प्रतियोगितामा द्धितीय स्थान हासिल गरेको थियो ।

 Republished in new layout 15-May-2013

Related Posts

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026

Discussion about this post

ताजा सामाग्री

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

October 18, 2026

JOB DETAILS Expression of Interest (EoI): Social Audit Job posted on 16th October, 2026-31st October, 2026 Arise and Shine Nepal (ANS) Details / requirements:   Arise and Shine Nepal (ANS) Call for Expression of Interest (EoI) Arise and Shine Nepal (ANS) is a non-profit organization. Arise and Shine is an initiative to address the prevailing social and economic needs among Nepali youth within the Lalitpur district of Kathmandu Valley. ANS responds to the problems of prevailing negativeenvironment  of bullying, unhealthy relationships, substance abuse, petty crimes, disinterest in school studies to name a few on the young people. ANS addresses these problems of young people by operating a Youth Center that is safe, loving, and informal, where they wish to come regularly to spend their free times by playing games, music, meeting friends, reading books etc. ANS also engages young people in activities that develop their skills that shape them, empowers them and gives them better opportunities in their career. Moreover, ANS has been started from 2009 and legally registered in 2016 at SWC (Social welfare council), ANS has been working to empower and engagement for the Holistic development in marginalized communities based in youths through support in Holistic Development. Currently, ANS is supporting the youths of more than 2170 vulnerable youths in the rural & urban communities in 3 districts of Nepal. We are an NGO with a vision to create a safe, healthy, and a peaceful community where all young people have hope of a better future. A social...

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

                  कात्तिक १, २०८३ आइतबार काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापति...

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

Recent Posts

  • ANS invites EoI from interested individuals/firms to conduct Social Audits
  • नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण
  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In