ललितपुर- ६ चैत्र, नेपाल अगुवा सम्मेलन परिवर्तित जीवन संगतिमा सम्पन्न भएको छ। चैत २ गतेदेखि ५ गतेसम्म भएको सम्मेलनमा ‘परमेश्वर र उहाँको मण्डली’ विषयमा बाइबलमा हामीले पाउने मान्यताहरूको बारेमा इएन विशेट र किथ सेनोरले प्रशिक्षण दिनुभएको थियो। नेपालका विभिन्न ठाउँबाट सहभागी पास्टर अगुवाहरूले सरल तरिकाले व्यवहारिक रूपमा प्रयोग गर्न सकिने गरी बाइबलको शिक्षा सिक्न पाएको निकै हर्सित छन्। सम्मेलनमा लगभग ७५ जनाको सहभागिता रहेको थियो। नेपाल अगुवा सम्मेलन विगत वर्षहरूदेखि बाइबलबा विभिन्न विषयहरूमा हुदै आएको छ। यस वर्षका विषयहरू पनि बाइबलको आधारमा आफ्नो जीवनलाई नियाल्नुका साथै मण्डलीको रेखदेख गर्न थप तरिकाले थप उत्साहित बनाएको थियो।
फेमिली अफ गड चर्च, आइटीन र किङ्ग्स चर्चको संयूक्त आयोजनामा नेपाल अगुवा सम्मेलन सम्मपन्न भएको हो। सम्मेलनमा पास्टर जीवन गुरूङ, आशिष् खडका र रीता सुबेदीले वक्ताको प्रशिक्षणलाई नेपाली भाषामा उल्था गर्न सहायता पुर्याउनुभएको थियो।
पास्टर टंक सुबेदीको संयोजकत्वमा भएको सम्मेलनमा आइटीन र फेेमिली अफ गड चर्चका सदस्यहरू तथा सेवकहरूले विभिन्न क्षेत्रमा सहायता पुर्याउनुभएको थियो।
Discussion about this post