रुकुमेली ख्रीष्टिय मिसन समाज रूकमको आयोजनामा रूकेमेली पास्टर, अगुवा सम्मेलन अनुग्रह ए. जी. मण्डली, रुकुमकोटमा सम्पन्न भएको छ। यो ११ औ सम्मेलन हो। रूकुमेली पास्टर सम्मेलनमा ४२ वटा चर्चबाट पास्टर अगुवाहरूको सहभागिता थियो। २०७१ फागुन १९ गतेदेखि २१ गतेसम्म भएको सम्मेलनका वक्ता पास्टर सेलबोन तामाङ र पास्टर विर्ख बहादुर बयलकोटी हुनुहुन्थ्यो।
सम्मेलनको अन्तिम दिनमा माननीय सभासद लोकमनी ढकाल, आइटीनका निर्देशक पास्टर टंक सुबेदी, रेभ। पास्टर मुकुन्द शर्मा तथा पिटर विसेट ज्यु सहभागी हुनुभएको थियो।
Discussion about this post