• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

परमेश्वरको वचन घन जस्तो

by NepalChurch.com
May 15, 2013
in Articles

Resham Kumar Sunuwarपरिचय: हामीले अघिल्लो भागमा परमेश्वरको वचन आगो जस्तो भनेर हेरेका थियौं। तर आज हामी परमेश्वरको वचन घन जस्तो भन्ने कुरालाई हेर्नेछौं। परमेश्वरको वचन घन जस्तै छ। यो हरेक मानिस जातिले बुझ्नुपर्ने महत्वपूर्ण कुरा हो। परमेश्वरको वचन घन जस्तो छ अनि यसले चट्टानलाई पनि चुरचुर पार्दछ भनेर बताईएको छ।

हाम्रो हृदयमा भएको सबै दुष्टतालाई चकनाचुर पार्ने काम परमेश्वरको वचनले गर्दछ किनकि यो घन जस्तै छ। यो परमेश्वरको वचन घन जस्तो भन्ने अलङ्कारले के बताउँछ भने परमेश्वरको वचनमा भएको शक्तिको विषयमा बताउँदछ। यसको अर्थ यही हो कि परमेश्वरको वचन शक्तिशाली हतियार हो

अनि यो हाम्रो लागि सहयोगपूर्ण औजार पनि हो। परमेश्वरको वचनले चोट परेको हृदयलाई सन्तवना पनि दिन्छ। यर्मियाले यहाँ परमेश्वरको वचनलाई घनको रुपमा संकेत गरेका छन्।

“के मेरो वचन आगोजस्तै छैन र? चट्टानलाई चूरचूर पार्ने के त्यो एउटा ठूलो घन झैं छैन र? परमप्रभु भन्नुहुन्छ।” यर्मिया २३:२९ ।

यर्मियाको समयमा यर्मिया र झूटा अगमवक्ताहरुबीच के परमेश्वरले पापको दण्ड दिनु हुन्छ कि हुन्न भन्ने कुरामा विवाद चर्कीरहेको थियो। यहाँ परमेश्वरको विश्वासयोग्य वचनप्रति झुटा अगमवक्तहरुले प्रश्नं. उठाएका थिए। झूटा अगमवक्ताहरुले आफ्ना कल्पनाका कुराहरु मानिसहरुलाई सिकाईरहेका थिए। परमेश्वरको वचनले वताएअनुसार नसिकाएर उल्टा कुराहरु सिकाईरहेका थिए। परमेश्वरको वचनलाई गम्भीररुपले नलिएर हल्कारुपले लिने काम गरेका थिए। ती झूटा अगमवक्ताहरुले मानिसहरुलाई ठट्टापूर्ण तरिकाले बोले। अनि परमेश्वरको कुरालाई तुच्छ तरिकाले हेर्ने काम गरे। परमेश्वरको मानिसहरुलाई तिनीहरुले हाँसोमा उडाईदिए। तिनीहरु अगमवक्ताको स्थान लिएर परमेश्वरको मानिसहरुलाई खासरुपमा परमेश्वरको मर्गमा डोर्‍याएनन। परमेश्वरको वचन सही तरिकाले बोलेनन्। यिनीहरुले परमेश्वरलाई नभएर मानिसहरुलाई खुशी पार्ने काम गरे।  त्यसैकारण यर्मियाले परमेश्वरको वचनलाई घनसँग तुलना गरेका छन्। याद गरौं कि परमेश्वरको वचन घन जस्तै छ। यसले केही कुरालाई चकनाचुर पार्छ। तोड्छ। त्यो हो मानिसको पाप। यसले मानिसको जीवनमा भएको पापलाई नष्ट गर्दछ। वास्तवमा परमेश्वरको वचनले पाप के हो र पापले के गर्छ भन्ने कुरा वताउँदछ।  किनकि परमेश्वरको वचन के चट्टानलाई पनि चुरचुर पार्दैन र? भनेर यर्मिया भन्दछन्। जुनसकै मानिसको घर होस्, जसको सन्तान भए पनि यसको मतलव छैन, समाजमा उसको स्थान कस्तो छ भन्ने कुरासँग पनि सरोकार छैन। मण्डलीलाई कतिको सहयोग अथवा योगदान पुर्याएको छ भन्ने कुरामा पनि यो आधारित हुदैन। परमेश्वरको वचन घन जस्तो भएकोले यससँग हामी खेलबाड कदापि गर्नुहुँदैन भन्ने हो। घनले तोड्ने र भत्काउने कामको लागि प्रयोग गरिन्छ। घनले जोरले हानेर तोड्ने अनि कुनै चट्टानलाई टुक्रयाउने काम गरिन्छ। यहाँ यर्मियाले परमेश्वरको वचनलाई एउटा घनसँग तुलना गरेका छन्। परमेश्वरको वचन हामीहरुको लागि आशिषमय कुरा हो। जव हामी परमेश्वरको वचन पढ्छौं, यसमा सत्य कुरा अनि परमेश्वरको योजना हाम्रो जीवनमा के छ भन्ने कुरा थाहा पाउछौं र यसले हामीलाई उत्साह पनि प्रदान गर्दछ। यहाँ परमेश्वरको वचनलाई घन जस्तै भनिएको छ अनि यसले चट्टानलाई पनि चूरचूर पार्ने कुरा उल्लेख गरिएको छ। किन घनले चट्टानलाई चूरचूर पार्दछ? यसको प्रयोजन के हो भन्ने कुरा प्राय हामी सबैलाई थाहा भएकै कुरा हो। जब हामी निर्माण कार्यमा घनको प्रयोग गर्र्छौ। यसले चट्टानका नमिलेका भागहरुलाई टुक्राएर सही आकारमा लैजाने काम गर्दछ। कुहएकिा अनि नमिलेका भागलाई तोडेर चिटिक्क पारेर मिलाउने काम गर्दछ। यस्ता नमिलेका र कुहिएका भागहरु जो घर बनाउँदा अथवा निर्माण कार्य गर्दा त्यसका जगदेखि लिएर हरेक भागमा बाधा बन्दछ त्यस्तो कुरालाई घनले फोरिन्छ, टुक्रयाईन्छ, अनि त्यसलाई मिलाएर निर्माण कार्य गरिन्छ।

 

त्यहाँ परमेश्वरको वचनको घनद्धारा केही यस्ता तत्वहरु छन् जो तोडिनु पर्दछ। त्यो कुरा भनेको शैतानले निर्माण गरीरहेका पर्खालहरु परमेश्वरको वचनको घनद्धारा भत्काईनु आवश्यक छ। परमेश्वर र मानिसबीचको पर्खाललाई परमेश्वरको वचनको घनद्धारा तोड्नुपर्दछ। पापचाहिं मानिसको हृदयमा चट्टान जस्तै बसीरहेका अवस्था छ भने परमेश्वरको वचनको घनले पापको चट्टानलाई चकनाचूर पार्नु आवश्यक हुन्छ। हामीलाई बाँझो र सार्हो कुरा तोड्नको निम्ति परमेश्वरको वचनको घनको खाँचो पर्दछ। श्रीमान र श्रीमतीबीचको बेमेलको पर्खाल परमेश्वरको वचनको घनद्धारा भत्काईनु पर्दछ। परिवारबीचमा भएको शैतानिक र अन्य नकारात्मक पर्खालहरुलाई परमेश्वरको वचनको घनले तोड्नै पर्दछ। हाम्रो आत्मिक जीवनमा बाधा ल्याउने तत्वहरु परमेश्वरसँगको सम्वन्धमा भाँजो हाल्ने कुराहरुलाई परमेश्वरको वचनको घनले तोड्दछ। कुनै पनि कुरा निर्माण गर्दा जग हाल्दा त्यसमा भएका फोहोर अनि कुहिएका, मकिएका सबै कुराहरुलाई निकालिन्छ। सफा गरिन्छ। काम नलाग्ने कुराहरुलाई घनले तोडिन्छ र फालिन्छ।

 

एउटा कुरा के भने घनलाई जो कोहीले प्रयोग गर्न सक्दछ।  परमेश्वरको वचनको घनको प्रयोगको सम्बन्धमा पनि हरेक विश्वासीहरुले यसलाई प्रयोग गर्न सक्दछन्। जुनसुकै पृष्ठभूमि, जुनसुकै अवस्थामा हरेक विश्वासीहरुले यसलाई सही तरिकाले प्रयोग गर्न सक्दछन्। घनको प्रयोग कसरी गरिन्छ त भने यसलाई उठाएर हान्ने काम गरिन्छ। कुनै सार्हो कुरा अथवा कुनै चीजलाई हान्दा उसले त्यो नफुटेसम्म र नटुक्रेसम्म हानीरहनु पर्दछ। जब परमेश्वरको वचनको घनको प्रयोग हामी गर्र्छौ तब यसले काम नगरेसम्म लगातार यसको प्रयोग हामी गरीरहन्छौं। घन तपाईको घरमा, कोठमा, सुत्ने कोठामा अथवा किचेनमा सजाएर राख्नलाई होईन। यो त कडा परिश्रमको लागि प्रयोग गरिनलाई हो। जब कठोर हृदय भएको मानिस हुन्छन् हामीले परमेश्वरको वचनको घनले, सुमाचारको घनले हान्नु पर्छ ताकि कठोर मन र पाप पुर्णरुपमा तोडियोस्। परमेश्वरको वचनको घन कहिल्यै पनि असफल हुँदैन। पहिलो चोटिमा यसको नतिजा नदेखिए तापनि अन्तिमसम्ममा यसले नतिजा ल्याएरै छोड्दछ। परमेश्वरको वचन जो घनसँग तुलना गरिएको छ यसलाई जुनसुकै मानिसले पनि पढेर आफ्नो जीवनमा लगाएर आशिषित बन्न सक्दछ।

 

घनले एकसाथ दुइ प्रकारको काम गर्न सक्दछ। यसले भत्काउने, तोड्ने काम पनि गर्दछ र यसले निर्माण, विकासको काम पनि गर्दछ। त्यस्तै प्रकारले परमेश्वरको वचन पनि केवल भत्काउने कुरा मात्रै नभएर यसले निर्माणको कार्य पनि गर्दछ। त्यही औजारले भत्काउने, तोड्ने काम गर्दछ भने त्यही औजारले निर्माण गर्ने काम पनि गर्दछ।

 

मण्डलीको निर्माणमा परमेश्वरको वचनको आवश्यक्ता हुन्छ। परमेश्वरको वचन घनजस्तै भएकोले यसले हरेक मानिसको जीवन निर्माण गर्ने महत्वपूर्ण औजार हो। आज तपाई कसरी तपाईको आत्मिक जीवन प्रभुमा बलियो हुन सक्छ के यो परमेश्वरको वचनद्धारा नै होईन र? वास्तवमा परमेश्वरको वचन घनजस्तै छ। यसले चट्टानलाई पनि धूलो पार्न सक्दछ। घनलाई कसरी प्रयोग गर्ने भनेर त्यति ठूलो प्रकारले कक्षा लिनु पर्छ जस्तो लाग्दैन। तर यसलाई ठीक तरिकाले प्रयोग गर्नुपर्छ। यसलाई उचालेर शक्ति निकालेर चट्टान या ढुङ्गालाई हानेर आकार निकाल्ने काम गर्नु नै यसको मुख्य काम हो। चट्टान या ढुङ्गा फोर्ने मानिसले गर्नुपर्ने काम भनेको उसले जबसम्म यो नफुटेसम्म हिर्काईरहने नै हो। हामीले पनि परमेश्वरको वचन घनजस्तै भएकोले कतिपय नमिलेको कुरालाई परमेश्वरको वचनले तोड्ने काम गर्नुपर्दछ। हाम्रो जीवनका चट्टानी भागहरु, कठोर र सार्हो क्षेत्रहरु अनि आकार नमिलेका ठाउँहरुमा परमेश्वरको वचनको घनले तोडेर सही अकारमा निर्माण गर्नुपर्दछ।

 

परमेश्वरको वचनलाई हामीले गौण विषयवस्तु बनाउनु हुँदैन। यसले हाम्रो जीवनमा अलौकिक प्रकारको रुपान्तरण र परिवर्तन ल्याउँदछ। जसले यो परमेश्वरको वचनमा विश्वास गर्दछ त्यसको जीवनमा परमेश्वरको वचनको सत्यताले स्वतन्त्रता र छुटकारा ल्याउँदछ।

चट्टानले परिवर्तन नभएको र हटाउन नसकिने कुराको प्रतिनिधित्व गर्दछ। यस्तो चट्टानलाई घनले फोर्ने काम गर्दछ। परमेश्वरको वचनलाई घनसँग तुलना गरिएकोले मानिसको बिद्रोही स्वाभव पनि यसले तोड्दछ। परमेश्वरको वचनको घनले पापको हृदयको घमण्डलाई तोड्दछ। पापको जुवालाई चकनाचूर पार्दछ। हृदयको कठोरता जो चट्टान जस्तै सार्हो छन्, तीहरुलाई परमेश्रको वचनको घनले तोड्दछ। परमेश्वरको वचनको शक्ति र सत्यताले यसलाई तोड्ने काम गर्दछ। हामी परमेश्वरको वचनमा विश्वासयोग्य र समर्पित हुनुपर्दछ।

 

यहाँ परमेश्वरको वचन र घनलाई तुलना गरेर यर्मिया अगमवक्ताले परमेश्वरको वचनको महत्वलाई दर्शाएका छन्। यहाँ घन भनेको चट्टान र ढुङ्गालाई फोर्ने एउटा औजार हो। र यहाँ परमेश्वरको वचन पनि परमेश्वरले दिनुभएको घन जस्तो औजार हो जहाँ पापी र अधर्मी हृदयको चट्टानरुपी र ढुङ्गेनी अवस्थालाई फोर्ने काम गर्दछ। घन आफैले यहाँ केही गर्ने समार्थ्य राख्दैन जब सम्म यसलाई कुनै पनि मानिसले प्रयोग गर्दैन। त्यस्तै परमेश्वरको वचन पनि हरेक विश्वासीलाई दिईएको औजार हो। जसको प्रयोगद्धारा हामीले हाम्रो जीवनमा अचम्मको लाभ उठाउन सक्दछौं।

 

चुनौती

के तपाईले परमेश्वरको वचनलाई घन जस्तो गरी अनुभव गर्नुभएको छ? के परमेश्वरको वचनद्धारा तपाईको कठोर र चट्टानरुपी विचार अनि हृदयलाई तोड्नुभएको छ? के तपाईको पापी स्वाभवबाट तोडिनुभएको छ? तपाईको हृदय कमलो बनेको छ? परमेश्वरको वचनको घनले तपाईको जीवनमा, सेवकाईमा परिवारमा आएका शैतानिक पर्खालहरुलाई भत्काउनुहोस्। परमेश्वरको वचनको घनद्धारा तपाईको आत्मिक जीवनलाई निर्माण गर्नुहोस्। परमेश्वरले तपाईलाई आशिष दिउन्।

रेशम कुमार सुनुवार

निस्सी एजी मण्डली, काठमाडौं ।

Republished in new layout 15-May-2013

previous comment
written by Birendra Rai , January 28, 2012

parameswarko mahima hos yo article sarai nai chunauti purna chh. jo majastai wiswasi haruko lagi..

 

 

Related Posts

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026

Discussion about this post

ताजा सामाग्री

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

October 18, 2026

JOB DETAILS Expression of Interest (EoI): Social Audit Job posted on 16th October, 2026-31st October, 2026 Arise and Shine Nepal (ANS) Details / requirements:   Arise and Shine Nepal (ANS) Call for Expression of Interest (EoI) Arise and Shine Nepal (ANS) is a non-profit organization. Arise and Shine is an initiative to address the prevailing social and economic needs among Nepali youth within the Lalitpur district of Kathmandu Valley. ANS responds to the problems of prevailing negativeenvironment  of bullying, unhealthy relationships, substance abuse, petty crimes, disinterest in school studies to name a few on the young people. ANS addresses these problems of young people by operating a Youth Center that is safe, loving, and informal, where they wish to come regularly to spend their free times by playing games, music, meeting friends, reading books etc. ANS also engages young people in activities that develop their skills that shape them, empowers them and gives them better opportunities in their career. Moreover, ANS has been started from 2009 and legally registered in 2016 at SWC (Social welfare council), ANS has been working to empower and engagement for the Holistic development in marginalized communities based in youths through support in Holistic Development. Currently, ANS is supporting the youths of more than 2170 vulnerable youths in the rural & urban communities in 3 districts of Nepal. We are an NGO with a vision to create a safe, healthy, and a peaceful community where all young people have hope of a better future. A social...

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

                  कात्तिक १, २०८३ आइतबार काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापति...

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

Recent Posts

  • ANS invites EoI from interested individuals/firms to conduct Social Audits
  • नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण
  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In