सन्देश पौडेल,
ख्रिष्टिय स्वास्थ्य कर्मीहरुको सञ्जाल हेल्थ केयर फेलोसिप बेसीशहरमा सम्पन्न भएको छ। तिन दिनसम्म भएको हेल्थ केयर फेलोसिपमा नेपाल सहित बिभिन्न देशका ख्रिष्टिय स्वास्थ्य प्राबिधिकहरुको सहभागिता रहेको थियो।
प्रभुमा सँगसँगै हिड्नु भन्ने मुख्य नारा सहित आयोजना गरिएको सो सम्मेलनमा पेशा र परमेश्वरको बचन अनुसारको जिवनशैली सँग सम्वन्धीत बिषयमा शिक्षण गरिएको थियो। सहोदर नेपाल हस्पीटलका सिलास गैरेले शुरुको प्रार्थना गरेर शुरु भएको सो सम्मेलनमा पहिलो दिन मानव बिकास तथा सामूदायिक सेवा काठमाण्डौका अस्पताल कोओर्डिनेटर कपिल जैसीले प्रवचन दिनुभएको थियो। कार्यक्रममा श्रीलँकाका राजन राजबंशीले बिषय सँग सम्वन्धीत रहेर शिक्षण गर्नुभएको थियो।
कार्यक्रममा स्वास्थ्य प्राबिधिक तथा स्वास्थ्य सस्थाका नियमीत कामहरुबाट प्रदान गरिन सेवाको प्रभावकारिता को बारेमा समूहगत छलफल गरिएको थियो। कार्यक्रममा एक अर्का बिच गरिने सँगती सहकार्य र परमेश्वरको महिमा तथा गवाहिको जिवनका लागि परमेश्वरको बचनबाट महत्वपुर्ण पाठ सिकाइएको थियो।
धमिलीकुवा स्थित सहोदर नेपाल अस्पतालका निर्देशक होम अधिकारीले सहजिकरण गर्नुभएको सो कार्यक्रममा लमजुङ जिल्ला सामूदायिक अस्पतालकी निर्देशक डा बिष्णु बिष्टले स्वागत गर्नुभएको थियो भने प्रशासकीय प्रमूख हेमन्त श्रेष्ठले धन्यबाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा लमजुङ ख्रिष्टिय युथ सोसाइटीका युवाहरुले आरधानाको निम्ती अगुवाई गरेका थिए।
एचसिफ स्वास्थ्य क्षेत्रमा रहेर मुलुकका बिभिन्न स्थानमा सेवा गरिरहेका तथा सेवा निर्बित्त स्वास्थ्य प्राबिधिकहरुको साझा सञ्जाल हो । सञ्जालले समय सापेक्ष भेट गरि एक आपसमा पर््रार्थना अनुभव आदान प्रदान गर्ने गर्दछ ।
Discussion about this post