नयाँ गाउँ चर्चले आफ्नो मण्डलीको ६ जना अगुवाहरूको लागि दुइ दिने आइटीन शिक्षक तालिमको आयोजना गरेको थियो। शिक्षक तालमि सेप्टेम्बर ८ र ९ मा भएको थियो। तालिमको अन्तिम दिन पोखराका विभिन्न मण्डलीमा आइटीनका पाठ्यक्रम अध्ययनरत समूहको पुन:ताजगी कार्यक्रम सम्पन्न भयो। सोही अवसरमा शिक्षक तालिमको प्रमाण पत्र दिप ज्योति मण्डलीका एल्डर भरत गुरूङको हातबाट वितरण भएको थियो।
पुनर्ताजगि कार्यक्रममा पोखका विभिन्न मण्डलीहरू: ख्रीष्टिय रामघाट मण्डली, लामाचौर मण्डली, बाटुलेचौर मण्डली, दिपज्योति मण्डली, शालोम ज्योति एजी मण्डली, नवजीवन एज मण्डली, नेपाल ख्रीष्टिय तालचोक मण्डली र नयाँ गाउँ मण्डलीबाट उपस्थिति रहेको थियो। सोही कार्यक्रम विभिन्न मण्डलीबाट एकजनाले अध्ययनबाट पाएको आशिष् बताउने मौका पाउनुभएको थियो। अध्ययनले मण्डलीलाई निकै टेवा पुर्याएको र अध्ययनरतहरू सेवा संगतिप्रति सेवारत भएकोले निकै प्रभावकारी भएको कुरा सुनिएको थियो। पाठ्यक्रमहरुलाई समयमै पूरा गर्नलाई शैक्षिक समय तालिका बनाएर मण्डलीले विद्यार्थीहरूलाई उत्साहित बनाउने र समयमै सिध्याउने कामको बारेमा छलफल भएको थियो।
पोखरामा शैक्षिक समय तालिका अनुसार जाने मण्डलीहरूमा नेपाल ख्रीष्टिय मण्डली तालचोक पहिलो मण्डली हो। त्यहा समय तालिका अनुसार गर्दा प्रभावकारी भएको छ। समय मै अध्ययन गर्न पाउँदा विद्यार्थीहरू खुसी भएको कुरा सुवास मल्लले बताउनुभएको थियो।
कार्यक्रमलाई व्यवस्थित बनाउन नयाँ गाउँ मण्डली परिवारको ठूलो सहयोग थियो। वचनमा र कक्षामा सहायता पुर्याउनुहुने एल्डर लाजरस हितैषी भने सेविका श्रीमती रिबेका केसीले व्यवस्थापनमा सहायता पुर्याउनु भएको थियो। तालिम र रिफ्रेसर सेमिनारमा सर्जु रिजालले सहजिकरण गर्नुभएको थियो।
Discussion about this post