सन्देश पौडेल/जेष्ठ १, काठमाण्डौँ
संबिधान सभा सदस्य माननिय सभासद लोकमणी ढकालले संबिधान सभामा सवैको नजरमा आँफुहरु भएको बताउनु भएको छ। काठमाण्डौमा जारी नेपाल ख्रिष्टियान समाजको १८औ महासभामा बोल्दै सभासद ढकालले यस्तो बताउनु भएको हो।
पछिल्लो समय नेपालमा भएको मण्डली बृद्धिलाई सवै राजनैतिक दलले आश्चार्यपुर्ण रुपमा लिएको ढकालले बताउनुभयो। सभासद ढकालले नेपालमा भएको मण्डली बृद्धि र ख्रीष्टियान समुदायको प्रतिनिधत्व सबिधान सभासम्म पुग्नुले मुलुकमा राजनीतीक हलचल आएको बताउनुभयो।
“सबिधान सभामा ख्रीष्टियन समूदायको प्रतिनिधि देख्दा सवै आश्चार्य मान्छन्” ढकालले भन्नुभयो “यदि हामीलाई सरकारको नेतृत्वमा देख्नुभयो भने के भन्नेहोला?”
सभासद ढकालले ख्रीष्टियन समुदायले अव सरकारको पनि नेतृत्व गर्ने बिश्वास ब्यक्त गर्नुभयो । सवैकाम र समयको महिमा परमेश्वरलाई दिदै सभासद ढकालले यसको लागि मुलुकभरका इसाई मण्डलीको सहयोग आवश्यक रहेको बताउनुभयो ।
“इसाइहरुका समस्या र सरकार सँग माग धेरै हुन सक्छन तर हामी समूदायनै हाम्रा मागका बिषयमा स्पष्ट हुन आवश्यक छ” ढकालले भन्नुभयो । आफना मागहरुका बिषयमा इर्साई समूदाय भित्रनै केहि एकमत हुन नसकेको बताउदै उहाँले एकतामा आउन आग्रह गर्नुभयो ।
मण्डलीको चलअचल सम्पती समाधीस्थल आफ्नो मूख्य बिषय बस्तु भएको सभासद ढकाललको भनाई थियो । सबिधान सभामा इसाइसमूदायको प्रतिनिधी सख्यात्मक रुपमा कम भएपनि जिवित परमेश्वर र सम्पुर्ण मण्डलीको साथ रहेकोले आफना मागहरुमा आँफु प्रतिबद्ध रहेको बताउनुभयो ।
बैसाख ३० गते देखि शुरु भएको महासभा जेष्ठ २ गते सम्म जारी छ । इसाइ मण्डलीहरुको साझा सम्प्रदाय इसाइ समाज नेपालले मुलुकभरका मण्डलीहरुलाई एकतामा आवद्ध गर्दै मण्डलीको हक हित र अधिकारको लागि भुमिका खेल्दै आएको छ ।
Discussion about this post