Planing and Management
Written by Rose robinson
Preparing for the future
Proverbs talks a lot about wisdom, and how providing for the future is a godly characteristic. Read Proverbs 6:6-8. The ant is given as an example of how work can prevent disaster in the future.
?)How can we learn from the example of the ant, and encourage others in the community to contribute to the necessary work that can prevent disaster?
Read Proverbs 21:20
It is considered wise to have stores ready for times of need, and foolish to use up all that you have unless there is no alternative.
?)How does this verse help us understand the need to be ready for difficult times?
?)What examples can you think of in your situation where this verse is applicable?
Read Proverbs 31:21
This passage tells us about the godly wife. She makes provision for times of need. She does not fear the cold season because she has prepared herself for it.
?)What example would we give from our own culture of how a good wife is prepared for the future?
Discuss this more widely as a principle for being prepared within the community.
?)Are there other passages in the Bible where being ready is praised?You might like to consider Genesis 41:35- 36 and Matthew 25:4.
Nepali Version below:
भविष्यको निम्ति तयारी गर्ने।
हितोपदेशले बुद्धिका धेरै कुराहरू गर्दछ र भविष्यको निम्ति व्यवस्था मिलाउनु कसरी ईश्वरीय विशेषता हो भन्ने कुरा पनि यसले बताउँछ।
हितोपदेश ६:६-८ पढ्नुहोस्।
भविष्यमा आउने विपत्तिलाई कामले कसरी रोक्न सक्छ भन्ने कुराको उदाहरण स्वरुप यहाँ कमिलालाई दिइएको छ।
?) हामीले विपत्तिलाई रोक्न सक्ने आवश्यक कामको लागि केहि दिन सक्छौं। यो कामकालागि समुदायमा भएका मानिसहरूलाई उत्साह दिन कमिलाको उदाहरणबाट हामीले कसरी पाठ सिक्न सक्छौं ?
हितोपदेश २१:२० पढ्नुहोस्।
खाँचोको समयको लागि भण्डार गरेर राख्नु बुद्धिमानी ठानिन्छ र अरु कुनै विकल्प नराखी सबै कुरा सिध्याउनु मूर्ख ठानिन्छ।
(?) अप्ठ्यारो समयको लागि तयार हुनुपर्ने खाँचोलाई बुझ्न यो पदले हामीलाई कसरी सहायता गर्छ ?
?) तपाईंको आफ्नै परिस्थितिमा यो पद कहाँनिर उपयोगी छ भन्ने कुराको उदाहरण विचार गर्न सक्नुहुन्छ?
हितोपदेश ३१:२१ पढ्नुहोस्।
यो खण्डले धार्मिक पत्नीको बारेमा बताउँछ। उनले खाँचोको समयको लागि प्रबन्ध मिलाउँछिन्। उनी जाडोसँग डराउँदिनन् किनकि उनले यसको निम्ति तयार पारेकी छिन्।
(?) एउटी असल पत्नी भविष्यको लागि कसरी तयार हुन्छिन् भन्ने कुराको उदाहरण हाम्रो आफ्नै संस्कृतिबाट दिन सक्छौं ?
(?) तयार रहने कुरालाई प्रशंसा गरेको बाइबलमा अरु कुनै खण्ड छ कि ?
तपाईंलाई उत्पत्ति ४१:३५-३६ र मत्ती २५:४ मा विचार गर्न मन लाग्ला।
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation and Posted by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 7,2013
Discussion about this post