• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 12, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

क्रिश्चियनहरुको तर्फबाट केहि कुरा

by Jagadish Pokhrel
September 7, 2013
in Articles, On the Media

आजकल नेपाली मिडिया अनि तिनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आबद्द रहेका लेखकहरुमा एउटा
अनौठो लहर चल्ने गरेको सहजै अनुमान गर्न सकिन्छ । क्रिश्चियनहरुको बिरोधमा अनेक तर्क बितर्क गर्दै लेख प्रकाशित गर्ने र थोरै मात्रै भए पनि चर्चा बटुल्ने । यो ठुला भनिएका छापापत्रिका, अनलाइन न्युजसाइट देखि अरुबेला प्राय: सुनसान जस्तै रहने निजी ब्लगहरुमा समेत लागु हुने गर्दछ । क्रिश्चियनहरुले चाहे जे सुकै गरुन, त्यसलाई नकारात्मक देख्ने र त्यसैअनुसार लेखिहाल्ने परिपाटी सबै जसो लेखकहरुमा स्थापित भईसकेको छ ।

यसैक्रममा केहि दिन अघि यस रातोपाटी खबरसाइटमा पंकज चौधरी लिखित “किन बढ्दैछन् क्रिश्चियनहरु नेपालमा ?” शिर्षकको न्युज फिचर पब्लिश भयो । निकै खोजमुलक जस्तो देखिने उक्त फिचरले क्रिश्चियन चर्च, संघसंस्था अनि मिसिनेरीहरुको बारेमा लामै विवरण प्रस्तुत गरेको छ । हुनलाई त्यहाँ प्रस्तुत गरिएका सबै विवरण लेखकले अध्ययन अनुसन्धान गरेर पत्ता लगाउनुभएको तथ्यहरु होइनन् । त्यस फिचरका सबैजसो तथ्याङ्कहरु आधारहीन रुपमा क्रिश्चियनहरुको बिरोध गर्नकै निम्ति यस अघि नै प्रकाशित भएका बिभिन्न अनलाइन साइटका लेखहरुबाट लिइएका हुन् भन्ने कुरा सामान्य अध्ययनबाट नै जोकसैले पनि पत्ता लगाउन सक्दछ ।

लेखकले पटक पटक क्रिश्चियन मिसिनेरीहरुलाई नकारात्मक हिसावले चित्रण गर्नुभएको छ । वर्ल्ड भिजन इन्टरनेसनल, युनाइटेड मिसन टु नेपाल, इन्टरनेसनल नेपाल फेलोशिप लगाएत अरु दर्जनौंको संख्यामा रहेका संस्थाहरुको नाम नै किटेर धर्मप्रचारमा लिप्त रहेको आरोप लगाउनुभएको छ । कतिबेला हाम्रा मानिसहरुको सोचाइ देखेर मलाई बैराग लागेर आउँछ । कुनै संकटमा परेको दृष्टिबिहिनले बाटोको छेउमा बसेर हात पसार्दा खल्तीमा सिक्का छ कि छैन भनेर छाम्ने अनि रहेनछ भने मुन्टो बटारेर आफ्नो बाटो लाग्ने हामीहरु तिनै मिसिनेरिहरुलाई अनेक अनेक लान्छना लगाउन पछि पर्दैनौं, जसले सम्पन्न घरानामा जन्मेर पनि नेपाल जस्तो देशको बिकट गाउँ गाउँमा गएर आफ्नो सारा जीवन त्यहाँका बिरामीहरुको सेवामा खर्च गरे, ठुला ठुला महलमा जन्मेर गाउँठाउँका झुपडीहरुमा सयौं रात काटे । के ति मिसिनेरिहरुले गरेको त्याग र तपस्याको यथार्थता बुझेको कुनै पत्रकार जन्मेको छैन यो देशमा ? के तिनले समग्र नेपाली जातिप्रति देखाएको प्रेम र सद्भावका कथा अटाउने कुनै संचारमाध्यम खुलेका छैनन् यो देशमा? किन सधैं भरि एकपछि अर्को गर्दै नकरात्मक नै नकारात्मक कुराहरु मात्रै बाहिर आँउछन् ?

वर्ल्ड भिजन इन्टरनेसनल नेपाल भन्ने संस्थाले धर्म प्रचारको निम्ति अबैध काम गर्यो भनेर भन्दै गर्दा लेखकको मानसपटलमा त्यस संस्थाद्वारा लाभान्वित भएका हजारौं हजार पिडित र असहाय बालबालिका तथा महिलाहरुको निर्दोष अनुहारहरुको एक झल्को मात्रै पनि आइदिएको भए कति असल हुँदो हो?

युनाइटेड मिसन टु नेपालको बारेमा अनेक कुराहरु राख्नु अगाडी संस्कृतका पाठहरू घोकाइने समयमा आधुनिक शिक्षा प्रदान गरेर पूर्बप्रधानमन्त्रि डा. बाबुराम भट्टराई, प्रख्यात चिकित्सक उपेन्द्र देबकोटा जस्ता महान व्यक्तित्वहरुको उत्पादनमा कुन संस्थाले भूमिका खेलेको रहेछ सो बुझिहेरेको भए कति असल हुँदो हो ?

सामाजिक कामको निम्ति भनेर खोलिएका संस्थाहरु धर्मप्रचारमा लागे भनेर गरिएको तर्क सम्पूर्ण रुपले भ्रामक छ । ति संस्थाहरुले बार्षिक रुपमा आफ्नो आर्थिक विवरण सम्बन्धित ठाउँमा पेश गरेकै छन् भने कसरि यस्ता आरोपहरु लगाउन मिल्छ? जहाँसम्म ति संस्थाहरु क्रिश्चियन संस्था जस्ता देखिए भन्ने आरोप छ, त्यसमा चाहिं सत्यता छ । के सुन्तलाको बोटमुनी आँपको बास्ना आउँछ र? क्रिश्चियनहरुले खोलेको संस्था क्रिश्चियन क्रिश्चियन जस्तै देखिनुलाई अस्वभाविक मान्न मिल्दैन । के कुनै मन्दिरको कोषबाट संचालित बालगृह वा बृद्दाश्रममा गरिने रितिथिति वा ब्यबहार सम्पूर्ण किसिमले हिन्दु हिन्दु जस्तै देखिदैन र? के त्यसो नगर्नलाई कोहि कसैले आवाज उठाएको छ र? अवश्य देखिन्छ र कसैले आवाज उठाएको पनि छैन । यदि त्यसो हो भने किन क्रिश्चियनहरुको मात्रै खोइरो खन्ने काम हुन्छ यो देशमा ?

त्यस फिचर पढ्दै जाँदा यस्तो भान हुन्थ्यो क्रिश्चियनहरुले सेन्ट जेभियर वा सेन्ट मेरिज स्कुल खोलेर ठुलो गल्ति नै गरेका रैछन । सारा नेपाली जनतासंग मेरो यो अनुरोध छ: एकपटक पहिल्याएर हेर्नुस कि सेन्ट जेभियर स्कुलले कति जनाको धर्मपरिवर्तन गराएको रहेछ ? सेन्ट मेरिज स्कुलले कति जना त्यहाँका बिद्ध्यार्थीहरुलाई धर्म परिवर्तनको निम्ति दवाब दिएको रहेछ ? ति स्कुलका सेवाग्राही मध्ये जो कसैलाई सोधे पनि यसबारेको किचलो सदाको निम्ति समाप्त हुन्छ । के बुढापुरानाले भने जस्तै यो समाजलाई सत्य र असल कुरा नपचेकै हो त?

लेखकले धर्मपरिवर्तनमा संलग्न संस्थाहरु भनेर लामै लिष्ट प्रस्तुत गर्नुभएको छ । जुन लिष्टमा नेपालमा ६/७ बर्षअगाडी देखि नै बन्द रहेका इन्टरनेसनल बाइबल सोसाइटि जस्ता संस्था पनि परेका रहेछन । मैले बुझ्न नसकेको कुरा नेपालमा हुँदै नभएको संस्थाले कसरि धर्मप्रचार गर्यो होला? यसबाट पनि स्पष्ट हुन्छ कि लेखकले अनुसन्धान गरेर यो फिचर तयार गर्नुभएको होइन । खाली पुराना साइटहरुबाट कपि गर्नुभएको हो ।

क्रिश्चियनहरुको संख्याको बारेमा पनि त्यहाँ सबै गलत तथ्याङ्कहरु राखिएको छ । २०६८ सालको जनगणना अनुसार काठमाडौं जिल्लामा ४०,५९२ जना क्रिश्चियन रहेकोमा २६,६९२ , ललितपुरमा २३,४८९ रहेकोमा २७,२८६ भनेर राख्नु भएको छ । अन्य सबै जिल्लाको रेकर्डमा गल्ति छ । आधिकारिक तथ्यांक सार्वजानिक भईसकेको अवस्थामा उहाँले यस प्रकारको भिन्न तथ्याङ्क कहाँबाट पाउनुभयो ? यी सबै कुराहरुबाट हामी स्पष्ट हुन सक्दछौं कि यो लेख सम्पूर्ण रूपमा भ्रामक छ ।

नोट: यो लेख रातोपाटी खबरसाइटमा प्रकाशित भएको लेख हो । यसको ओरिजिनल लिंक यसप्रकार छ: http://www.ratopati.com/2013/08/28/82563.html कृपया यस लिंकमा गएर आफ्नो प्रतिक्रिया लेख्न नभुल्नुहोला ।

Related Posts

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In