किर्तिपुर काठमाडौं उपत्यकाको काठमाडौं जिल्लामा रहको ऐतिहासीक नगर हो। कीर्तिपुरमा गोपाल वंशकालदेखि नै बस्ती विकास भइसकेको थियो। पशुपतिको उत्पत्तिका बारेमा लेख्दा कीर्तिपुरमा रहेका ग्वालाहरूको ‘बहुर्ही’ नामको गाईले दिनदिनै दूध चढाउन जाने गरेको उल्लेख गरिन्छ। यो सहरमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहलाई धेरै धन, जन र समय खर्चिनुपरेको थियो। नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा छ। काठमाडौं उपत्यकाको सबै भन्दा ठूलो ताल टौदह यहाँ पर्दछ।
वि.सं. २०५३ चैत्र १४ गते ८ वटा गाविस मिलाएर कीर्तिपुर नगरपालिका घोषणा भएको हो। काठमाडौं उपत्यकाभित्र रहेका कान्तिपुर, ललितपुर र भक्तपुर पछिको ठूलो प्राचीन सहर कीर्तिपुर थियो।
मलपोखरीबाट खिचिएको तस्वीर
Discussion about this post