नवजीवन चर्च कुपण्डोल, ललितपुरमा २७ साउन २०७० मा पास्टर सुमन गुरुङबाट १९ जना व्यक्तिहरूले आफ्नो स्वइच्छाले पानीको बप्तिस्मा लिएका छन्। येशू ख्रीष्टलाई ग्रहण र उहाँको नाउँमाथि विश्वास गरी मण्डलीको सेवा संगतिहरूमा निरन्तर सहभागीता र तीन महिना बप्तिस्माको कक्षाबाट येशू ख्रीष्टको बारेमा राम्ररी बुझेर बप्तिस्मा लिएका हुन्। उनिहरूको व्यक्तिगत निर्णयमा येशूख्रीष्टको आज्ञा र मण्डलीको विधिअनुसार पानीको बप्तिस्मा लिएर मण्डलीको आधिकारीरक सदस्यता लिएका छन्। नवजीवन चर्च कुपण्डोलमा हरेक तीन तीन महिनामा बप्तिस्माको कक्षापछि बप्तिस्माको कार्यक्रम हुने गर्छ। अरु थप फोटोहरू:
Discussion about this post