Water and Sanitation
Written by Paul dean
The bible’s teaching on hygiene
The Bible’s main teaching about physical cleanliness appears in Leviticus chapters 11-15. Some of the rules may seem strange and harsh to us. However, our modern understanding of how many diseases are transmitted shows other rules to be very sensible.
Read Leviticus 11:32-40, 13:29-59 and 15:1-15
The need for washing and isolation to prevent the spread of infection is often emphasised here. Even today, it may be difficult to distinguish between different types of infection.
Good hygiene is very important in preventing the spread of infection. The transmission of diseases such as AIDS and hepatitis through blood and other body fluids shows clearly the need for care.
Read Romans 12:1
Paul urges us to present our bodies as a living sacrifice, holy and pleasing to God.
?)What sort of bodies do we offer as we live for him? We cannot always avoid sickness, but are we making the best use of our resources, both physically as well as spiritually?
?)Are others put at risk by our own poor hygiene? Is this a Christian attitude? (Philippians 2:4)
Read Matthew 23:25-28
Jesus criticised the Pharisees for being clean outside but unclean inside. He told them to be clean from the inside out.
?)Would Jesus say anything different to us today?
Nepali version Below
पानी र सरसफाई
सरसफाईको विषयमा बाइबलको शिक्षा
शारीरिक सरसफाईको विषयमा बाइबलको प्रमुख शिक्षा लेवी ११-१५ अध्यायहरूमा पाइन्छ। कुनै कुनै नियमहरू अनौठो र कठोर देखिन सक्छन्। यद्यपि, कति धेरै रोगहरू सर्छन्, भन्ने हाम्रो बुझाइले गर्दा अरु नियमहरू एकदम बुद्धिमानीपूर्ण छन् भन्ने कुरा देखाउँछ।
लेवी ११:३२-४०, १३:२९-५९ र १५:१-१५ पढ्नुहोस्।
यी खण्डहरूमा रोगको संक्रमणलाई फैलिन नदिन वा रोक्न, शुद्ध हुने (धुने) र अलग्गै बस्ने कुराहरूलाई घरिघरि जोड दिइएको छ। आज पनि विभिन्न प्रकारका संक्रमणहरूलाई छुट्टयाउन गाह्रो हुन सक्छ। एड्स र हेपाटाइटिस जस्ता रोगहरू रगत र शरीरका अन्य झोल पदार्थ (fluids) बाट सर्ने तथ्यले होशियारी हुनु पर्ने खाँचोलाई स्पष्टसँग औल्याउँछ।
रोमी १२:१ पढ्नुहोस्।
पावलले हाम्रो शरीरलाई परमेश्वरलाई मन पर्ने र पवित्र जिउँदो बलिदानको रुपमा चढाउन आग्रह गर्दछन्।
(?) उहाँको निम्ति जिउँदा, हामीले कस्तो खालका शरीरहरू उहाँलाई चढाउँछौं? हामी सधैं रोग विमारदेखि तर्कन सक्दैनौं तर, के हामीले हाम्रा श्रोतहरूको उपयोग उत्तम तरिकाले गर्दैछौं? शारीरिक रुपमा र आत्मिकी रुपमा?
(?) हाम्रो कमजोर सरसफाईको कारण के अरुहरू खतरामा परेका छन् ? के यो ख्रीष्टियन धारणा हो ? (फिलिप्पी २:४)
मत्ती २३:२५-२८ पढ्नुहोस्।
फरिसीहरू बाहिरीरुपमा सफा भएको र भित्री रुपमा फोहोर भएको कुरालाई येशूले आलोचना गर्नुभयो। उनीहरूलाई भित्रबाट बाहिरसम्म सफा हुनुपर्छ भनी उहाँले भन्नुभयो।
(?) के आज येशूले त्यो भन्दा फरक कुरा हामीलाई भन्नुहुन्छ र?
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Posted by Rita Subedi, Volunteer worker, ITEEN
Republished on nepalchurch.com new site May 6,2013
Discussion about this post