Written by टंक राज प्रतिक
आँखाबाट आँशु खस्दा,
पुछिदिने कोही भएन।
आत्माभित्र पीडाले जलन हुँदा,
निभाइ दिने कोही भएन।
ढल्न लगिसक्यो यो जीन्दगी,
सम्हाली दिने कोही भएन।
बेसहारा यो मेरो जीन्दगीमा,
सहारा दिने कोही भएन।
जताततै अन्धकार छ,
येशूको ज्योतिमा हिड्ने कोही भएन।
येशूको पछि हिड्दैछु म,
सबै साथीभाइको गाली बाहेक मैले केही पाइनँ।
त्यसैले यो जीन्दगी येशू बिना,
केही मूल्यको थिएन।
टंक राज प्रतिक
संखुवासभा, हाल पुचोङ्ग मलेशीया,
शलोम चौतारी।
Republished in new layout on 8/9/2013

















Discussion about this post