• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

४ परमेश्वरको राज्य मेरो हृदयमा

by Tanka Subedi
August 5, 2013
in Sermons/Teachings

जस जसले येशूलाई प्रभु र मुक्तिदाता भनी ग्रहण गरेर आफ्नो हृदयमा बोलाउँछ त्यहीँ नै परमेश्वरको राज्य फैलन्छ ।


 प्रिय मित्रहरू,
हामीले बुझिसकेका छौं कि परमेश्वरको राज्य भौतिक राज्य होइन तर आत्मिक राज्य हो। जस जसले येशूलाई प्रभु र मुक्तिदाता भनी ग्रहण गरेर आफ्नो हृदयमा बोलाउँछ त्यहीँ नै परमेश्वरको राज्य फैलन्छ । आज हामीहरू केही चित्रहरूको माध्यमले परमेश्वरको राज्य हाम्रो हृदयमा कसरी स्थापना हुन सक्छ हेर्नेछौं।
”तब उहाँकहाँ भूत लागेको एक जना अन्धो र गूँगो मान्छे ल्याइयो। येशूले त्यसलाई निको पार्नुभयो, यतिसम्म कि, त्यो गूँगो मानिस बोल्ने र देख्ने भयो। अनि सबै भीडले अचम्म मानेर भने, ”के यिनी दाऊदका पुत्र नै हुन सक्छन्? तर यो सुनेर फरिसीहरूले भने, ”यस मानिसले भूतको मालिक बालजिबुलद्वारा मात्र भूतहरूलाई धपाउँछ।” तर उहाँले तिनीहरूको विचार थाहा पाएर तिनीहरूलाई भन्नुभयो, ”आपसमा फूट परेको हरेक राज्य उजाड पारिनेछ, र हरेक शहर अथवा परिवार आफ्नै बीचमा फाटो पर्‍यो भने टिक्नेछैन्।यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ, र त्यसो भए त्यसको राज्य कसरी टिक्न सक्छ? यदि मैले बालजिबुलद्वारा भूतहरू धपाउँछु भने, तिमीहरूका छोराहरूले चाहिँ कसद्वारा ती निकाल्दछन्? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्। तर यदि परमेश्वरका आत्माद्वारा म भूतहरू धपाउँछु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ।”
(मत्ती १२: २२–२८)
प्रभु येशूले आश्चार्यकर्म गरेपछि मानिसको हृदयमा परमेश्वरको राज्य आएको हामी देख्छौं। त्यसो भए त्यसभन्दा अगाडि मानिसको हृदयमा कस्को राज्य थियो त? शैतानको राज्य।यही खण्डबाट स्पष्ट हुन्छ, शैतानको राज्य र परमेश्वर बिरोधी राज्यहरू हुन् । हरेक मानिसको हृदयमा कि त परमेश्वरको राज्य हुन्छ या शैतानको त्यो बाहेक तेस्रो बिकल्प छैन।
अब यो चित्रलाई हेरौं,
 यहाँ हृदयको सिंहासनमा ख्रीष्ट हुनुहुन्छ।शैतान बाहिर छ।ख्रीष्टले आफ्नो राज्य प्रेममा स्थापना गर्नुहुन्छ। कहिल्यै पनि ख्रीष्ट कसैको हृदयमा जबरजस्ती बस्नुहुन्न।
 जब ख्रीष्टले कसैको जीवनमा आफ्नो राज्य शुरु गर्नुहुन्छ। उहाँले सबै अधिकार प्रयोग गर्न चाहनुहुन्छ। त्यसको लागि हामीले सँधै आफ्नो इच्छा उहाँमा समर्पण गर्नुपर्छ। हामी सिद्ध छैनौं त्यसैले धेरै पटक गलत इच्छा गर्छौं। यदि हामीले आफ्नो इच्छा ख्रीष्टलाई समर्पण गर्‍यौं भने ख्रीष्टको राज्य शक्तिकासाथ हाम्रो जीवनमा आउँछ।
प्रभुको प्रार्थनामा हामीले सिकेका छौं। ”तपाईंको राज्य आओस्, तपाईंको इच्छा पूरा होस्।” जब परमेश्वरको राज्य हाम्रो जीवनमा शक्तिसाथ आउँछ। तब हामीमा धार्मिकता, शान्ति र आनन्द पनि आउँछ।
”किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो।” (रोमी १४:१७)

अब अर्को चित्र हेरौं,
यो चित्रमा शैतानले हृदयमा राज्य गरेको छ र ख्रीष्ट बाहिर हुनुहुन्छ।यस्तो व्यक्तिको जीवन दु:खदायी हुन्छ। शैतानले बल प्रयोग गरेर राज्य प्राप्त गर्छ।यी दुई राज्य बीचका केही भिन्नतालाई हेरौं।

स्वर्गको राज्य

शैतानको राज्य

सत्य

झुट

मनको शुद्धता

अशुद्ध विचारहरू

नम्रता

घमण्ड

प्रेम

घृणा

आनन्द

दु:ख

शान्ति

अशान्ति

मेलमिलाप

झगडा

प्रभु येशूले आफ्नो क्रुसको मृत्युमा शैतानको राज्यलाई पराजित गरीसक्नुभएको छ।अब त्यो विजय हरेक मानिसलाई बाँड्न चाहनुहुन्छ।त्यसैले हामीले परमेश्वरको राज्यको खोजी गर्नुपर्छ।
”तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।” (मत्ती ६:३३)
आफ्नो इच्छा
तर म भन्दछु पवित्र आत्माद्वारा हिँड, र पाप–स्वभावका लालसा पूरा नगर।किनकि पाप–स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्, अनि पवित्र आत्माको इच्छा पाप–स्वभावको विरुद्ध। तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नका निम्ति यीचाहीँ एउटा अर्काको विरुद्धमा हुन्छन्।’
गलाती ५:१६,१७
 हाम्रो पापी स्वभावको कारणले धेरै पटक हामीले शैतानलाई हाम्रो हृदयबाट निकालेर ख्रीष्टलाई राज गर्न दिए पनि यस चित्रमा जस्तै पूर्ण अधिकार दिएका हुँदैनौं। यस्तो हुनु अत्यन्तै नराम्रो कुरा हो। जब हामीले ख्रीष्टलाई भन्दा आफ्नो इच्छालाई बढी मान्यता दिन्छौं।त्यसबेला स्वर्गको राज्यको विरोधी शैतान सक्रिय हुन्छ र हाम्रो हृदयमा आक्रमण गर्न खोज्छ।

केही पदहरू हेरौं,
१पत्रुस ५:८ ”सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैं खोजिहिँड्छ।”
उसले नष्ट पार्न खोजीरहन्छ।
प्रेरित ५:३ ”ए हननिया, पवित्र आत्मासँग झूट बोल्ने र जमिनको बिक्रीको मोलबाट केही हिस्सा आफूसँग राख्ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो?”
उसले तपाइलाई झुट बोल्न लगाउँछ।
२कोरिन्थी ११:१४ ”र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतहरूको भेस धारण गर्छ।”
उ ज्योतिको दूत जस्तै देखिन्छ।
मर्कूस ४:१५ ”कोही मानिसहरू बाटोतिर छरिएका बीउजस्तै छन्। जब तिनीहरूले वचन सुन्छन्, तब तुरुन्तै शैतान आउँछ, र तिनीहरूमा छरिएको वचन लगिहाल्छ।”
रोपेको वचनलाई खोसेर लैजान्छ।
हामी कमजोर मानिस हौं। त्यसैले शैतानका यस्ता जालमा सजिलै फस्न सक्छौं। एक छिन विचार गर्नुहोस् तपाईंको हृदयमा कसको राज्य छ? यदि ख्रीष्टको राज्य छ भने के त्यो पूर्ण अधिकारमा छ? छैन भने पश्चात्ताप गरेर अहिले नै आफ्नो हृदयमा ख्रीष्ट राजालाई पूर्ण अधिकारसाथ राज गर्न दिनुहोस्।
प्रार्थना गरौं
”प्रभु येशू तपाईंले मेरो निम्ति आफ्नो प्राण बलिदान गर्नुभयो। आज म मेरा सबै पाप स्वीकार गर्छु मलाई क्षमा गर्नुहोस्। मेरो हृदयको सिंहासनमा राजा र प्रभु भएर पूर्ण अधिकार सहित शासन गर्नुहोस्।आमेन्।।”

दोश्रो प्रार्थना
प्रभु म ख्रीष्टियान भएर तपाईंलाई आफ्नो हृदयको राजा बनाएर पनि धेरै पटक आफ्नो इच्छालाई बढी महत्त्व दिएको छु (यहाँ तपाईका व्यक्तिगत कुरा प्रभुसँग राख्नुहोस्) मलाई क्षमा दिनुहोस्। फेरी मेरो हृदयमा पूर्ण अधिकार सहित राज गर्नुहोस्। आमेन्।।

Republished in new layout on 8/5/2013

Previous Comments

God Bless you
written by ASHIS TAMANG , August 16, 2010DearTanka!

it is really blessfull article for the new belivers to learn and understanding.I am bless after read this article.it is wonderfully simple and understandable.
thanks and God Belees you!

Havenly kingdom
written by Please find out , September 07, 2008My mind want for my desire.
Dear Tanka Bhai.I red your sermon this time.This is very powerful.I love your sermon mostly Heavenly kingdom and Satan world.The picture are very logic.I like very much.
Thanks.

Very good article
written by Ps Philip Khanal , August 06, 2008Dear Ps Tanka:
I am one of the regular viewers of your articles as well as your website, and personally I am much blessed by your sermons.
I agree with Brother Paulas and appreciate your article. I am going to print it out and teach it in our church.
May the Lord bless you for your continue efforts as you would take time in writing more sermons.
Please let me assure you that your articles are some how the best in your website and are full of blessings.
With thanks,
Ps Philip Khanal
Himalayan Christian Church,
Ranibu Bus Park, Kusunti
Lalitpur.
Phone: 9841-452419
01620-5081
GPO Box 8975, EPC:2111,KTM.
Email:[email protected]This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it

Thank you for the encouraging comment!
written by Tanka Subedi , August 05, 2008Thank you for the comment. It gives great encouragement.
The credit for the illustration goes to Tony Barret and collegues who were involved in making illustrations during making of LIFE OF CHRIST course in SEAN International in 1960s.
Illustration here are taken from the coures book Life of Christ-1 of ITEEN.

wonderfully simple and understandable
written by Paulas Panday , August 05, 2008illustrations are really supportive to explain what you really mean, it takes times to create those and but it doesn’t take that long to understand the message thats been presented with beautiful examples and visual arts.

wonderfully simple and understandable: precious effort

God may richly bless

Related Posts

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

May 30, 2020

क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur]

December 24, 2018

खुसी कसरी हुने

May 12, 2017

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In