यो मुसिकोट ए.जि. मण्डली, खलंगा १ रुकुमको नियमित कार्यक्रम हो । यो सुसमाचार प्रचार कार्यक्रम हो । मण्डलीबाट प्रत्येक महिनामा एक पटक एउटा टिम (१० देखी २० जना) रुकुम जिल्लाका विभिन्न गा.वि.स.हरु जहां सुसमाचार पुगेको छैन ती ठाउंहरुमा जाने गर्छ -२ दिनदेखी १ हप्तासम्मको यात्रा) । त्यो सुसमाचारीय कार्यक्रमका लागि मण्डलीका प्रत्येक विश्वासीहरुले प्रति महिना रु ५० खर्च (पर्चा किनेर वा सुसमाचार जानेहरुलाई खाजा/खाना खर्च) गर्ने । विश्वासी आफै नै सुसमाचारीय टिममा सहभागी भएको खण्डमा उसले रु ५० खर्च गर्नु पर्दैन तर त्यो टिममा जान नसक्नेहरुले रु ५० खर्च गर्ने । यसरी यो कार्यक्रम २०६९ वैशाखदेखी शुरु भएको हो । यस कार्यक्रमलाई अन्य जिल्लाहरुमा पनि विस्तार गर्ने योजना रहेको छ । यो फोटो गत बर्ष२०६९ मा खलंगा बजारको चोकमा गरिएको सुसमाचारीय कार्यक्रम हो ।
Photo and information by Abinash Budha
Discussion about this post