Water and Sanitation
Written by Richard Franceys
Water for life
The Bible has over 300 references to water and another 80 on rain.
?)Which is the first verse that comes to your mind when you think about water?
The Bible looks at water in many different ways, using it as a symbol of destruction (Genesis 6-9), cleansing (Exodus 30:18), blessing (Jeremiah 17:8) and spiritual need (Psalm 42).
Read Deuteronomy 28:12 and Psalm 65:9.
?)What is the Bible saying here about our need for water?
?)What does it say about God’s provision for our spiritual needs?
In the early chapters of Leviticus welearn of many rituals that were used to bring cleansing (Leviticus 16:4, 24 and Leviticus 17:15).
Read Psalm 24:3-4
Reflect on our need for spiritual cleansing. Jesus’ sacrifice provides us with the means for spiritual cleansing.
?)Are we careful to keep our spiritual bodies clean?
Read Isaiah 41:17 and reflect on God’s promises to us.
?)What can we do in our community to ensure that the poor and needy can receive God’s gift of water? Pray and consider God’s provision of water and its symbolic meaning.
Nepali version Below
पानी र सरसफाई
जीवनको लागि पानी
बाइबलमा पानीसँग सम्बन्धित पदहरू ३०० भन्दा बढी र आकाशबाट पर्ने पानीको बारेमा अरु ८० वटा पदहरू छन्।
(?) पानीको बारेमा विचार गर्दा तपाईंको मनमा सबैभन्दा पहिला कुन पद आउँछ
पानीलाई बाइबलले विभिन्न तरिकाले हेर्छ।यसलाई विनाशको संकेतको रुपमा प्रयोग गरिएकोछ (उत्पत्ति ६-९), शुद्ध पार्ने संकेतको रुपमा (प्रस्थान ३०:१८); आशिषको रुपमा (यर्मिया १७:८) र आत्मिकी खाँचो (भजन ४२)
व्यवस्था २८:१२ र भजन ६५:९ पढ्नुहोस्।
(?) हामीलाई पानीको खाँचो बारे बाइबलले यहाँ के भन्दैछ
(?) हाम्रो आत्मिकी खाँचोको निम्ति परमेश्वरको प्रबन्धको बारेमा यसले के भन्छ
लेवीका शुरुका अध्यायहरूमा हामीले शुद्ध गर्ने थुप्रै रीतिहरूको सिक्छौं (लेवी १६:४, २४ र लवी१७:१५ )
भजन २४:३-४ पढ्नुहोस्।
हाम्रो आत्मिकी शुद्धिकरणको खाँचोको लागि एकछिन विचार गर्नुहोस्।हाम्रो आत्मिकी शुद्धिकरणको श्रोत येशूको बलिदानले जुटाउँछ।
(?) हाम्रो आत्मिकी शरीरहरूलाई शुद्ध राख्न के हामी होशियार छौं
यशैया ४१:१७ पढ्नुहोस् र हाम्रो लागि परमेश्वरका प्रतिज्ञाहरूलाई विचार गर्नुहोस्।
(?) परमेश्वरको पानीको वरदान हाम्रो समुदायमा भएर गरीब र खाँचोमा परेकाहरूले पाऊन् भनेर निश्चित गर्न हामीले के गर्न सक्छौं
परमेश्वरले प्रबन्ध गर्नुभएको पानीको र यसको साङ्केतिक अर्थको बारेमा विचार गरौं र प्रार्थना गरौं।
Published with permission by Tearfund UK
Taken from the book Guide our Steps,Tearfund UK
Nepali translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 22,2013
Discussion about this post