Spiritual challenges
Written by rose robinson
Receving forgiveness
The Bible tells us that ‘all have sinned and fall short of the glory of God,’ (Romans 3:23) and that if we claim to be without sin we are lying (1 John 1:8-10). We all need to be made clean.
Read John 13:2-11
Here we read about Jesus washing the disciples’ feet. God is the one who makes us clean and forgives us through the sacrifice of Christ on the cross, when he shed his blood for us. We receive that forgiveness by confessing what we have done wrong in our lives and believing in God’s power to make us clean (Psalm51:4,7; Acts 2:38).
?)Why does Peter refuse to let Jesus wash his feet?
?)What is Jesus’ answer?
?)How does Peter then respond? What is he really saying?
?)What reassurance does Jesus give him in verse 10? (compare 1 Corinthians 6:11)
Those who have turned away from doing wrong and who come to Christ can receive his forgiveness and then their whole body is clean. But our feet still get dirty and need washing: we need to examine ourselves regularly and confess our sins to each other and to God so that we keep clean (James 5:16).
Nepali version below
आत्मिक चुनौतीहरू
क्षमा प्राप्त गर्ने।
बाइबलले हामीलाई बताउँछ कि, ”सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट पुग्नबाट चुकेका छन् ” (रोमी ३:२३) र यदि हामीले पाप रहित छौं भन्छौं भने हामीले झूट बोल्छौं (१यूहन्ना १:८-१०)।हामी सबै जना शुद्ध पारिनु आवश्यक छ।
यूहन्ना १३:२-११ पढ्नुहोस्।
यहाँ येशूले चेलाहरूको खुट्टा धुनुभएको कुरा पढ्छौं।परमेश्वरले नै हामीलाई शुद्ध पार्नुहुन्छ ख्रीष्टको क्रूसको बलिदानद्बारा क्षमा दिनु हुन्छ।हामीले हाम्रो जीवनमा गलती गरेका छौं भनेर स्वीकार गरेपछि र हामीलाई शुद्ध पार्न परमेश्वरको शक्तिमा विश्वास गरेर यो क्षमा पाउन सक्छौं (भजन संग्रह ५१:४-६, प्रेरित २:३८)
(?) येशूलाई खुट्टा धुन दिन पत्रुसले किन इन्कार गर्छन ?
(?) येशूले के उत्तर के दिनुहुन्छ ?
(?) त्यसपछि पत्रुसले कसरी प्रतिउत्तर दिन्छन् ?उनले साँच्चै के भन्दैछन् ?
(?) पद १० मा येशूले उनलाई के निश्चयता दिनुहुन्छ? (१कोरिन्थी ६:११सँग तुलना गर्नुहोस्)
जो आफ्नो गलत कामबाट फर्केर ख्रीष्टमा आएको छ उसले क्षमा पाउँछ। अनि त्यसपछि उनीहरूको सम्पूर्ण शरीर नै शुद्ध हुन्छ।तर हाम्रो खुट्टा अझै पनि फोहोर हुन्छ र धुनु पर्छ : हामीले लगातार आफैलाई जाँच गर्नुपर्छ र एक अर्कोसँग र परमेश्वरसँग लगातार रुपमा क्षमा माग्नुपर्छ ताकि शुद्ध रहन सकौं। (याकूब ५:१६)
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 22,2013
Discussion about this post