कार्यक्रममा मोरङका स्थानिय विकास अधिकारी उद्धव तिम्सिनाले अव युग परिवर्तन भैसकेको हुँदा कसैले पनि जात, धर्म, लिङग आदिका आधारमा विभेद गर्न नहुने भन्दै देशका केहि ठाउमा रहेका अवशेषहरु पनि चेतनाको विकास सँगै समाप्त भएर जाने वताउनु भयो
धर्मशास्त्रमा विभेद छैन
शिशिर दाहाल, विराटनगर २२ अषाढ
धर्मशास्त्रको आडलाई लिई शासक वर्गले जातिय र वर्गीयताको आधारमा भेदभाव गरे पनि धर्मशास्त्रमा कुनै विभेद नरहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्तहरुले वताएका छन्। धर्मशास्त्र, परम्परा, र जातिय विभेद विषयक अन्तक्रिया कार्यक्रममा वक्ताहरुले उक्त धारणा राखेका हुन्।
कार्यक्रममा मोरङका स्थानिय विकास अधिकारी उद्धव तिम्सिनाले अव युग परिवर्तन भैसकेको हुँदा कसैले पनि जात, धर्म, लिङग आदिका आधारमा विभेद गर्न नहुने भन्दै देशका केहि ठाउमा रहेका अवशेषहरु पनि चेतनाको विकास सँगै समाप्त भएर जाने वताउनु भयो। दलित महासंघ मोरङका उमेश विश्वकर्माले आफुहरु वर्षौ देखि पिडित हुनुको कारण परम्परागत मान्यता रहेको धारणा राख्नुभयो। तर अव केहि सुधारको लक्षण देखिन थालेको भन्दै हिजोसम्म आफुहरुलाई अछुत भनि घृणा गर्ने पुरोहितहरु आज एउटै टेवलमा वसेर पानी पिएकाले अव विवेदहिन समाजको निर्माण हुनेमा आशावादी रहेको वताउनु भयो। देशका विभिन्न ठाउ“मा अझैपनि दलितहरुमाथि दमन भैरहेको भन्दै मुडे वलको प्रयोग नगरी सहकार्य गरेरै अधिकार स्थापित गर्ने धारणा राख्नुभयो। पं. चक्रपाणी उपाध्यले धर्मशास्त्रमा विभेद नभएको भन्दै अव व्राहमणले दलितलाई पनि विधिवत विवाह गर्न स्विकार गर्नु पर्ने धारणा राख्नुभयो। व्रमत्व प्राप्त गर्ने नै व्राहमण हुने भएकोले जन्म र जातका आधारमा कोहि व्राहमण र कोहि शुद्र नहुने उहाँको तर्क थियो। ३ दिन सम्म चल्ने उक्त कार्यक्रम जिल्ला विकास समिति मोरङको सहयोगमा न्यु नेपाल रिर्सच सेन्टरले आयोजना गरेको हो।
Republished in new layout on 7/12/2013