ललितपुर- संगीत र मिसन क्षेत्रका अग्रणी व्यक्तित्व स्वर्गीय पादरी गंगाप्रसाद प्रधानको १६२ औं जन्म जयन्ती तथा स्मृति सभा जुलाई ४ तारिखका दिन मनाइएको थियो। ख्रीष्टिय कला संघ नेपालले आयोजना गरेको स्व. पादरी गंगाप्रसाद प्रधानको जन्म जयन्ती तथा स्मृति सभामा इसाई साहित्यकार, कलाकार, पत्रकार, लेखक, पास्टर अगुवा र विभिन्न संघ संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सभा नेपाली इसाई मण्डली धोवीघाट, ललितपुरमा भएको थियो।
जन्म जयन्तीको अवसरमा पादरीले इतिहासमा मण्डली निर्माणप्रति गरेको योगदानको समिक्षा गरिएको थियो। पादरी गंगा प्रसाद प्रधानले पुर्याउनुभएको योगदानको बारेमा नारायण खड्काले संक्षीप्तरुपमा चर्च इतिहास बताउनुभएको थियो। सभामा विभिन्न गीत, नृत्य र संगीतले पादरी गंगा प्रसाद प्रधानको देनलाई स्मरण गराएको थियो। नेपाली भाषामा बाइबल अनुबाद गरी प्रभु येशू ख्रीष्टको बारेमा नेपाली भाषीहरूलाई नेपाली भाषामा बाइबल पढ्न सक्ने बनाएका पादरीको योगदानलाई कहिल्यै बिर्सन सकिदैन।
थुप्रै नेपाली गीतहरू गाएर प्रख्यात अन्जु पन्तले १० वटा नेपाली ख्रीष्टियान गीत भजन गाउनुभएको छ। समृति सभामा अन्जु पन्तलाई अतिथी डा. बालकृष्ण शर्माद्वारा सम्मान गरिएको थियो।
Discussion about this post