ललितपुर- नेपाल एवेनेजर बाइबल कलेजको दीक्षान्त समारोह पाटन क्वाइनोनिया चर्चमा जुन ३० तारिखमा सम्पन्न भएको छ। एवेनेजर बाइबल कलेजको यो १९ औं दीक्षान्त समारोह हो। तीन वर्षको अवधिमा इश्वरशास्त्रको गहिरो अध्ययन गरेका १५ जना विद्यार्थीहरू १९ औं दीक्षान्त समारोहमा दीक्षित भएका छन्।
नेपाल एवेजेजर बाइबल कलेज बोर्डका अध्यक्ष डा. सिमोन पाण्डेको हातबाट १५ जना विद्यार्थीहरूलाई बि. टी. एच. डिग्री प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। साथै आटेनका कार्यकारी निर्देशक डा. रमेश खत्रीको हातबाट प्रेमको चिनो स्वरुप उपहार प्रदान गर्नुभएको थियो र एवेनेजेर बाइबल कलेजका प्रधानाध्यापक रेभ. राम कुमार बुढाथोकीको हातबाट गुड न्यूज पव्लिकेसनबाट सौजन्य भएका ५ वटा पुस्तकहरू वितरण भएको थियो। दीक्षितहरूको लागि समर्पणको प्रार्थना नेपाल थियोलोजिकल कलेजका प्रधानाध्यापक डा.बालकृष्ण शर्माले गर्नुभएको थियो। दीक्षित विद्यार्थीहरू निम्नानुसार छन्:
अर्जुन क्षेत्री
बिन्दु चौधरी
चिनमाया बि क
इसाक श्रेष्ठ
एल. एन. श्रेष्ठ
ललिता खड्का
निशा खड्का
प्रदिप कुमार राई
प्यारे लाल चौधरी
राजु सिहं
सबिना श्रेष्ठ
सरिता गुरुङ
सृजना बोगटी
सुमन राई
सुनिता खड्का
दीक्षान्त समारोहमा आटेनका कार्यकारी निर्देशक डा. रमेश खत्रीले धर्मशास्त्र बाइबलबाट अंग्रजी र नेपाली भाषामा बोल्नुभएको थियो। दिक्षीतहरूलाई लक्षित गर्दै आउदा दिनहरूमा संसारभरी आशिष् पुर्याउने काम गर्न दीक्षितहरूलाई उत्साहित पार्नु भएको थियो। गीत, भजन र नृत्यले उपस्थित पाहुनाहरूलाई निकै उत्साहित बनाएको थियो। दीक्षान्त समारोहमा आउनुभएका पाहुनाहरूलाई नेपाल एवेनेजर बाइबल कलेज समितिका अध्ययक्ष डा. सिमोन पाण्डेले स्वागत गर्नुभएको थियो। समारोहमा उपस्थितहरू लगभग ३५० जनाको उपस्थित भएको थियो। नेपाल एवेनेजर बाइबल कलेजका प्रध्यानाध्यापक रेभ. राम कुमार बुढाले बाइबल कलेजको प्रगति विवरण सुनाउनुभएको थियो।
दीक्षान्त समारोहमा एम. जे. जोसेफ अवार्ड र विभिन्न विधाका अवार्डहरू श्रीमती सारामा जोसेफ र पास्टर हर्कबहादुरको हातबाट वितरण भएको थियो। बयान नेपालकी संस्थापक निर्देशक डा. भालेरी इन्चली र बेन वेस्टरलीङले दीक्षीतहरूलाई सुभकामना तथा प्रोत्साहन दिनुभएको थियो। नेपाल एवेनेजर बाइबल कलेजका कोषाध्यक्ष पास्टर इन्द्र थापाले कार्यक्रमको सुरूको प्रार्थना र कार्यक्रममा उपस्थितहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। एनसिएफएनका अध्यक्ष रेभ प्रकाश सुब्बाको प्रार्थनाद्वारा कार्यक्रम समापन भएको थियो।
Discussion about this post