• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, November 29, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

राष्ट्रिय खेलकुदको सन्देश बोकेर रारा पुग्यो ओलम्पिक टर्च

ओलम्पियन तथा राष्ट्रिय खेलाडीको टोलीले कालीकोट र जुम्ला हुँदै मुगुको रारातालमा पुर्‍यायो ट्रफी र टर्च; कर्णालीको प्राकृतिक सौन्दर्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य।

by NC Reporter
November 29, 2026
in Game, News & Events

 

१३ मंसिर २०८३, आइतबार

मुगु । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च नेपालको प्रमुख पर्यटकीय गन्तव्य रारातालमा पुर्‍याइएको छ। राष्ट्रिय खेलकुदको प्रचारप्रसारसँगै कर्णाली प्रदेशका प्राकृतिक तथा पर्यटकीय सम्पदालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले सञ्चालन गरिएको ट्रफी तथा टर्च यात्रा आइतबार रारा पुगेको हो।

नेपालकै ठूलो तालका रूपमा परिचित रारा समुद्री सतहबाट करिब दुई हजार ९९० मिटर उचाइमा अवस्थित छ। नीलो पानी, वरिपरिका हरिया वनजंगल र मनमोहक प्राकृतिक दृश्यका कारण रारा कर्णालीको प्रमुख पर्यटकीय आकर्षणका रूपमा परिचित छ। राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च रारासम्म पुर्‍याउनुले खेलकुद र पर्यटनलाई एकसाथ जोड्ने प्रयासलाई थप अर्थपूर्ण बनाएको छ। प्रतियोगिताको प्रचारसँगै कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान विस्तार गर्ने लक्ष्यसमेत यस अभियानले बोकेको छ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सुरु भएको ट्रफी तथा टर्च यात्रा शुक्रबार दैलेखको श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी अघि बढाइएको थियो। म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा रहेको टोली कालीकोट र जुम्ला हुँदै मुगुको रारा पुगेको हो। टोलीमा ओलम्पियन दीपक विष्ट, देबु थापा, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठलगायत खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका खेलाडी सहभागी छन्। यसअघि टोलीले जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा ट्रफी तथा ओलम्पिक टर्च पुर्‍याएको थियो। जुम्ला बजार परिक्रमा गराएर धार्मिकस्थलमा पुर्‍याइएको ट्रफी र टर्च त्यसपछि रारा लगिएको हो।

रारामा पहिलोपटक ओलम्पिक टर्च पुर्‍याउन पाउँदा खुसी लागेको ओलम्पियन दीपक विष्टले बताएका छन्। यस अभियानले कर्णालीको प्राकृतिक सुन्दरता र सम्भावनालाई देश–विदेशमा चिनाउन सहयोग पुग्ने उनको विश्वास छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ। प्रतियोगिताका १० खेल भने मङ्सिर ८ गतेदेखि नै सुरु भइसकेका छन्। प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतस्थित प्रदेश रङ्गशालामा गर्ने कार्यक्रम छ।

Related Posts

विश्वकप छनोट प्लेअफमा नेपालको चुनौती, घरेलु मैदानमा शीर्ष चारको लक्ष्य

विश्वकप छनोट प्लेअफमा नेपालको चुनौती, घरेलु मैदानमा शीर्ष चारको लक्ष्य

November 29, 2026
आगामी निर्वाचन लक्षित तयारी अघि बढाउँदै आयोग, मतदान स्थल पुनरवलोकन जारी

आगामी निर्वाचन लक्षित तयारी अघि बढाउँदै आयोग, मतदान स्थल पुनरवलोकन जारी

November 29, 2026
विपद्पछिको पुनर्निर्माणमा नागरिक समाजको भूमिका अपरिहार्य

विपद्पछिको पुनर्निर्माणमा नागरिक समाजको भूमिका अपरिहार्य

November 28, 2026
दुई शतकको दममा श्रीलंका फाइनलमा, भारत ‘ए’ को यात्रा समाप्त

दुई शतकको दममा श्रीलंका फाइनलमा, भारत ‘ए’ को यात्रा समाप्त

November 28, 2026

Discussion about this post

ताजा सामाग्री

राष्ट्रिय खेलकुदको सन्देश बोकेर रारा पुग्यो ओलम्पिक टर्च

राष्ट्रिय खेलकुदको सन्देश बोकेर रारा पुग्यो ओलम्पिक टर्च

November 29, 2026

  १३ मंसिर २०८३, आइतबार मुगु । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च नेपालको प्रमुख पर्यटकीय गन्तव्य रारातालमा...

विश्वकप छनोट प्लेअफमा नेपालको चुनौती, घरेलु मैदानमा शीर्ष चारको लक्ष्य

विश्वकप छनोट प्लेअफमा नेपालको चुनौती, घरेलु मैदानमा शीर्ष चारको लक्ष्य

November 29, 2026

  १३ मंसिर २०८३, आइतबार काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि १५...

आगामी निर्वाचन लक्षित तयारी अघि बढाउँदै आयोग, मतदान स्थल पुनरवलोकन जारी

आगामी निर्वाचन लक्षित तयारी अघि बढाउँदै आयोग, मतदान स्थल पुनरवलोकन जारी

November 29, 2026

  १३ मंसिर २०८३, आइतबार काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आवश्यक पूर्वतयारी अघि बढाएको छ।...

विपद्पछिको पुनर्निर्माणमा नागरिक समाजको भूमिका अपरिहार्य

विपद्पछिको पुनर्निर्माणमा नागरिक समाजको भूमिका अपरिहार्य

November 28, 2026

  १२ मंसिर २०८३, शनिबार काठमाडौं । प्राकृतिक विपत्तिपछिको उद्धार, राहत वितरण, पुनर्निर्माण तथा पुनर्स्थापनाका काम प्रभावकारी रूपमा सम्पन्न गर्न...

Recent Posts

  • राष्ट्रिय खेलकुदको सन्देश बोकेर रारा पुग्यो ओलम्पिक टर्च
  • विश्वकप छनोट प्लेअफमा नेपालको चुनौती, घरेलु मैदानमा शीर्ष चारको लक्ष्य
  • आगामी निर्वाचन लक्षित तयारी अघि बढाउँदै आयोग, मतदान स्थल पुनरवलोकन जारी
  • विपद्पछिको पुनर्निर्माणमा नागरिक समाजको भूमिका अपरिहार्य
  • दुई शतकको दममा श्रीलंका फाइनलमा, भारत ‘ए’ को यात्रा समाप्त

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In