• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, November 25, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी

मेलाको मुख्य आकर्षणका रूपमा स्थानीय मौलिक नाच तथा सांस्कृतिक प्रस्तुति रहेका थिए। मयूँर, सिँगारु, पैसेरु र विशेषगरी सगाल नाचले मेलाको रौनक बढाएका थिए।

by Sushil Paudyal
November 25, 2026
in News & Events, Society

 

मंसिर ९, २०८३ बुधबार

रुकुम पश्चिम । कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक तथा सांस्कृतिक मेला डिग्रे सम्पन्न भएको छ। रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५, थर्पुस्थित डिग्रे साइकुमारी भगवती मन्दिर परिसरमा गत शुक्रबार हरिबोधनी एकादशीदेखि सुरु भएको मेला मंगलबार पूर्णिमाका दिन समापन भएको हो।

मन्दिर व्यवस्थापन समितिका अनुसार पाँच दिनसम्म चलेको मेलामा करिब दुई लाख दर्शनार्थी सहभागी भएका छन्। समितिका अध्यक्ष लालबहादुर केसीले रुकुम पश्चिमसहित आसपासका जिल्ला तथा भारतबाट समेत भक्तजन मेला भर्न र पूजाआजा गर्न आएको जानकारी दिएका छन्।

मेलाको मुख्य आकर्षणका रूपमा स्थानीय मौलिक नाच तथा सांस्कृतिक प्रस्तुति रहेका थिए। मयूँर, सिँगारु, पैसेरु र विशेषगरी सगाल नाचले मेलाको रौनक बढाएका थिए। स्थानीय साँख गाउँबाट लाठीसहित आएका समूहले बाजागाजाका साथ मन्दिर परिक्रमा गरी लाठी नाच प्रस्तुत गरेपछि मेला समापन गर्ने परम्परा छ।

मेलामा स्थानीय झाँकी, काठेपिङ, बाल उद्यानलगायत मनोरञ्जनका गतिविधिसमेत सञ्चालन गरिएको थियो। धार्मिक आस्था र स्थानीय संस्कृतिको संगमका रूपमा रहेको मेलामा रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट, सल्यान, डोल्पा, सुर्खेत, दाङ, बाँके र बर्दियालगायत जिल्लाबाट दर्शनार्थी पुगेका थिए।

डिग्रे साइकुमारी भगवती मन्दिरमा हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म विशेष पूजाआजा गर्ने परम्परा छ। यस अवधिमा भक्तजनले पूजाआजा तथा भाकलअनुसार बलि चढाउने गर्छन्। मन्दिरमा दर्शन तथा पूजाआजा गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

डिग्रे मेला धार्मिक आस्थासँगै कर्णालीको मौलिक कला, संस्कृति र परम्परा संरक्षण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा पनि परिचित छ। मेलामा प्रस्तुत हुने परम्परागत नाच तथा सांस्कृतिक गतिविधिले स्थानीय पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउन योगदान दिँदै आएका छन्।

Related Posts

नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार

नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार

November 25, 2026
पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

November 24, 2026
खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

November 24, 2026
नेपाललाई भारतपछि चीनको पनि पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

नेपाललाई भारतपछि चीनको पनि पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

November 24, 2026

Discussion about this post

ताजा सामाग्री

सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी

सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी

November 25, 2026

  मंसिर ९, २०८३ बुधबार रुकुम पश्चिम । कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक तथा सांस्कृतिक मेला डिग्रे सम्पन्न भएको छ। रुकुम...

नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार

नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार

November 25, 2026

०९ मंसिर २०८३, बुधबार दोहा । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित भएको...

पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

November 24, 2026

    ०८ मंसिर २०८३, मंगलबार परासी । पश्चिम नवलपरासीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी २४ हजारभन्दा...

खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

November 24, 2026

  बाँके । खुला दिसामुक्त जिल्ला घोषणा भएको वर्षौं बितिसक्दा पनि बाँकेका १२ हजारभन्दा बढी घरधुरीमा अझै शौचालय नरहेको पाइएको...

Recent Posts

  • सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी
  • नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार
  • पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी
  • खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन
  • नेपाललाई भारतपछि चीनको पनि पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In