• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, November 1, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा सगरमाथा क्लबको दबदबा, पहिलो दिनमै २४ स्वर्ण

प्रतियोगितामा नेपालका विभिन्न प्रदेशका साथै भारतको नयाँदिल्ली र लखनउबाट आएका गरी करिब १५० खेलाडी सहभागी छन्।

by Sushil Paudyal
November 1, 2026
in Game, News & Events

नेपालगन्ज । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो दिनमै २४ स्वर्ण पदक जितेको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न ४० इभेन्टमध्ये सगरमाथा क्लबले सर्वाधिक स्वर्ण हात पार्दै पदक तालिकामा अग्रता बनाएको हो।

नेपाल पौडी संघको प्राविधिक सहयोग तथा नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा भारतको नयाँदिल्लीस्थित इलाइट स्वीमिङ एकेडेमी १० स्वर्ण पदकसहित दोस्रो स्थानमा रहेको छ। ललितपुरको रातो बङ्गला स्कुल र काठमाडौंको मपिल क्यानेडियन स्कुलले समान दुई–दुई स्वर्ण जित्दै संयुक्त रूपमा तेस्रो स्थान हासिल गरेका छन्। भारतको लखनउस्थित गल्र्स कलेज र शिखा एकेडेमी पनि प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितामा आठ वर्षमुनिदेखि १७ वर्षसम्मका विभिन्न उमेर समूहका खेलाडीसँगै १७ वर्षमाथिका खुला समूहका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले तथा व्यक्तिगत मेड्ले गरी छ विधामा कुल ८० इभेन्ट समावेश गरिएको छ। पहिलो दिन ४० इभेन्ट सम्पन्न भएका छन् भने बाँकी ४० इभेन्ट आइतबार सञ्चालन हुनेछन्।

प्रतियोगितामा नेपालका विभिन्न प्रदेशका साथै भारतको नयाँदिल्ली र लखनउबाट आएका गरी करिब १५० खेलाडी सहभागी छन्। विभिन्न उमेर समूहका खेलाडीलाई एउटै प्रतिस्पर्धात्मक मञ्चमा सहभागी गराउँदै पौडी खेलको विकास र प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।नेपालगन्ज स्वीमिङ क्लबका अनुसार पौडी खेलको प्रवर्द्धन र विस्तार गर्ने उद्देश्यले स्थानीय उद्योगी, व्यवसायी, चिकित्सक, इन्जिनियर, कानुन व्यवसायी, चार्टर्ड एकाउन्टेन्ट, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरूको पहलमा क्लब स्थापना गरिएको हो। यसलाई लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लबका रूपमा उल्लेख गरिएको छ।

प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गर्नुभएको थियो। पहिलो दिनको प्रदर्शनले सगरमाथा स्वीमिङ क्लबलाई बलियो अवस्थामा पुर्‍याए पनि दोस्रो दिनका बाँकी प्रतिस्पर्धाले अन्तिम पदक तालिकामा थप फेरबदल ल्याउन सक्नेछ।

Related Posts

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि टोल शुल्क संकलन सुरु

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि टोल शुल्क संकलन सुरु

November 1, 2026
‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै

‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै

October 31, 2026
मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने

October 31, 2026
नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

October 30, 2026

Discussion about this post

ताजा सामाग्री

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा सगरमाथा क्लबको दबदबा, पहिलो दिनमै २४ स्वर्ण

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा सगरमाथा क्लबको दबदबा, पहिलो दिनमै २४ स्वर्ण

November 1, 2026

नेपालगन्ज । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो दिनमै २४ स्वर्ण पदक जितेको...

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि टोल शुल्क संकलन सुरु

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि टोल शुल्क संकलन सुरु

November 1, 2026

    १५ कात्तिक २०८३, आइतबार काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन...

‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै

‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै

October 31, 2026

  कात्तिक १४, २०८३ शनिबार काठमाडौं । नेपाली साहित्य तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाडौँमा ‘ग्लोबल अथर...

मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने

October 31, 2026

    १४ कात्तिक २०८३, शनिबार काठमाडौं: बङ्गालको खाडीमा विकसित भई भारतको तटीय क्षेत्र हुँदै उत्तरतर्फ अघि बढेको चक्रवात ‘अर्णव’...

Recent Posts

  • नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा सगरमाथा क्लबको दबदबा, पहिलो दिनमै २४ स्वर्ण
  • नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि टोल शुल्क संकलन सुरु
  • ‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै
  • मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने
  • नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In