कर्मचारी आवाश्यक
बेथानी भिजन नेपाल नेपालमा जोखिममा रहेका बालबालिका तथा परिवारहरूको संरक्षण र सशक्तीकरणका लागि कार्यरत एक गैरसरकारी संस्था हो। संस्थाले बाल संरक्षण, बालगृह सञ्चालन, शिक्षा, मनोसामाजिक सहयोग तथा परिवार सुदृढीकरणका कार्यक्रमहरूमार्फत बालबालिकाको सुरक्षा, सम्मान र समग्र विकास प्रवर्द्धन गर्न काम गर्दै आएको छ।
पदसम्बन्धी विवरण
| विवरण | आवश्यक योग्यता तथा शर्त |
| पद | केयर गिभर (सहायक) |
| कार्यस्थल | संस्थाको बालगृह, कागेश्वरी मनोहरा नगरपालिका–७, मूलपानी, काठमाडौं |
| कार्य समय | दिउँसो ४:०० बजेदेखि बिहान ७:०० बजेसम्म (रात्रीकालीन ड्युटी) |
| लिङ्ग | महिला मात्र |
| उमेर | २५ देखि ४० वर्षसम्म |
| न्यूनतम शैक्षिक योग्यता | एसईई (वा नेपाली र अंग्रेजी लेखपढ गर्न सक्ने) |
| नियुक्ति | तत्काल |
छुट्टि तथा सुविधा संस्थाको नियमनुसार
मुख्य जिम्मेवारीहरू
केयर गिभर (सहायक) ले संस्थाको बालगृहमा बसोबास गर्ने बालिकाहरुको दैनिक हेरचाह, सुरक्षा तथा विकासमा सहयोग गर्नुपर्नेछ। मुख्य जिम्मेवारीहरू निम्नानुसार छन्:
- बालबालिकालाई माया, सम्मान र संवेदनशीलताका साथ हेरचाह गर्ने।
- साँझ, राति तथा बिहानको समयमा बालबालिकाको निगरानी तथा आवश्यक सहयोग गर्ने।
- बालबालिकाको व्यक्तिगत सरसफाइ, नुहाउने, लुगा लगाउने तथा दैनिक क्रियाकलापमा आवश्यक सहयोग गर्ने।
- बालबालिकाका लागि खाना तथा खाजा तयार गर्न र खुवाउन सहयोग गर्ने।
- बालबालिकाको बसोबास गर्ने स्थान तथा कोठाहरू सफा र व्यवस्थित राख्ने।
- बालबालिकाको अध्ययन, मनोरञ्जन, सुत्ने समय तथा बिहानको तयारीमा सहयोग गर्ने।
- बालबालिकाको सुरक्षा सुनिश्चित गर्ने र कुनै आपत्कालीन अवस्था वा समस्या आएमा उचित प्रतिक्रिया दिने।
- बालबालिकाको शारीरिक तथा भावनात्मक अवस्थाको अवलोकन गर्ने र कुनै चिन्ता वा समस्या देखिएमा बालगृह इन्चार्जलाई जानकारी गराउने।
- बालबालिकाका लागि सुरक्षित, सफा, मैत्रीपूर्ण र मायालु वातावरण निर्माण गर्न सहयोग गर्ने।
- संस्थाको बाल संरक्षण तथा सुरक्षा नीति, गोपनीयता सम्बन्धी प्रावधान र सुपरभाइजरको निर्देशन पालना गर्ने।
- बालबालिकाको हेरचाहसँग सम्बन्धित अन्य तोकिएका जिम्मेवारीहरू पूरा गर्ने।
आवश्यक गुण तथा क्षमता
- बालबालिकाप्रति साँचो माया, सद्भाव र हेरचाह गर्ने भावना भएको।
- धैर्यवान, दयालु, इमानदार तथा जिम्मेवार भएको।
- बालगृहमा रात्रीकालीन ड्युटी गर्न तथा आवश्यकताअनुसार बस्न सक्ने।
- राम्रो सञ्चार सीप र सकारात्मक सोच भएको।
- बाल संरक्षण, बालबालिकाको सम्मान तथा गोपनीयताप्रति प्रतिबद्ध भएको।
आवेदन दिने तरिका
योग्य तथा इच्छुक महिला उम्मेदवारहरूले बेथानी भिजन नेपालमा तत्काल सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। यो पदमा तत्काल नियुक्ति गरिनेछ।
सम्पर्क नम्बरहरू
📞 ९८५१३६५६०२, ९८१८२१४७३५


















Discussion about this post