इसाई जगत्मा निरन्तर सोधिने बाइबलीय तथा ईश्वरशास्त्रीय प्रश्नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा. मङ्गलमान महर्जनको बाहुलीबाट विशिष्ट व्यक्तित्व, पास्टर तथा अगुवाजन र पत्रकारहरूको उपस्थितिमा ललितपुर, नेपालमा विमोचन कार्यक्रम सम्मपन्न भयो।
कार्यक्रमको संचालन बाइबल शिक्षक शुकदेव गिरीले गर्नुभएको उक्त विमोचन समारोहको सुरुको प्रार्थना पास्टर उद्धव चिमोरिया र स्वागत मन्तव्य पास्टर राम भण्डारीले गर्नुभएको थियो। यसैगरी, यस पुस्तकको टिप्पणीकर्ताको रूपमा क्रमश: डा.पास्टर धन बहादुर तामाङ, डा. पास्टर मङ्गलमान महर्जन, अधिवक्ता पास्टर बुद्ध घिसिङ र भुवन देवकोटाले भूमिका निर्भाह गरी आफ्ना विचारहरू प्रस्तुत गर्नुभएको थियो। पास्टर बिरू घिसिङको विसर्जन प्रार्थनापछि यस पुस्तकको दोस्रो लोकार्पण कार्यक्रम चितवनमा हुने घोषणाका साथ सम्पन्न भएको थियो।
ललितपुर, नेपाल — २०८२ कात्तिक १३ (अक्टोबर ३०, २०२५)




















Discussion about this post