२०८२ असार ६, बिहीबार
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीको उपस्थितिमा आयोजित समारोहमा सो ओभरपास सर्वसाधारणका लागि खुला गरिनेछ।
ग्वार्को क्षेत्रमा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न र यात्रुहरूको सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको यस ओभरपासले सवारी तथा पैदल यात्रुहरूको आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।
सरकारका उच्च अधिकारीहरू, निर्माण कम्पनीका प्रतिनिधिहरू, तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहने उद्घाटन कार्यक्रममा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
Discussion about this post