नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले ५ विकेटले जितेको छ। फाइनलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई १ सय ८५ रनको लक्ष्य ५ विकेट गुमाएर १९.२ ओभरमा पुरा गर्यो। जनकपुरका लागि लाहिरु मिलन्थाले ८७ रन बनाएका थिए।
सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा १ सय ८४ रन बनाएको थियो। सेफ अलि जेबले ६९ रन जोडे। जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले ३-३ विकेट लिए।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमले फाइनलमा सिधै यात्रा तय गरेको थियो भने जनकपुर दोस्रो क्वालिफायरमार्फत फाइनलमा पुगेको हो।
च्याम्पियन जनकपुरले १ करोड १० लाख रुपैयाँ र ट्रफी जितेको छ। सुदूरपश्चिमले ५१ लाख, कर्णाली याक्सले २५ लाख, र चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
Discussion about this post