मंसिर १७, २०८१ सोमबार
काठमाडौँ । सांसद गोमा लाभ सापकोटालाई कारबाही किन नगरेको भन्दै जनमत पार्टी द्वारा सभामुख देवराज घिमिरेको राजिनामा माग गरेका छन्।
गोमा लाभ (सापकोटा) जनमत पार्टीकी समानुपातिक सांसद हुन् । पार्टी फुटाउने गतिविधि गरेको आरोपमा उनलाई पार्टीले सांसद पदबाट हटाउन पटक-पटक प्रयास गरेको छ ।
पार्टीले अनुशासनको कारबाही गरेकाले सभामुखले पनि सूचना टाँस गरेर पदबाट हटाइएको जानकारी दिनुपर्ने माग जनमतको छ । यही मागसहित जनमत पार्टीले पहिलो पटक २७ फागुन २०८०, दोस्रोपटक १ चैत २०८०, तेस्रोपटक २७ भदौ २०८१ मा सभामुख समक्ष निवेदन दिएको थियो ।
तीनैपटक सभामुखले सापकोटालाई पदमुक्त गर्नुपर्ने आधार नरहेको भन्दै निर्णय दिएका थिए । कारबाहीको निर्णय नगरेपछि चौथोपटक कात्तिक २७ गते पनि जनमतले संसद सचिवालयमा निवेदन दिएका थिए।
Discussion about this post