काठमाडौँ : वायुको गुणस्तर ९३१ एक्यूआई सहित भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ ।
आईक्यू एयरका अनुसार सोमबार बिहान दिल्लीको वायुको गुणस्तर ९३१ एक्यूआई रहेको छ । यो अवस्थालाई निकै खतरनाक मानिन्छ । दोस्रो स्थानमा रहेको लाहोरको एक्यूआई ४१४ छ ।
राजधानी काठमाडौँ भने यो सूचीमा १७ औँ स्थानमा छ । सोमबार बिहान यहाँको एक्यूआई १ सय २७ मापन गरिएको छ ।
Discussion about this post