• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, November 30, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टका लागि खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान

by NC News Desk
May 20, 2024
in News & Events

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती आज सोमबार विहान थाईल्याण्ड प्रस्थान गरेका छन् ।

यहि मे २३ देखि २६ सम्म थाइल्याण्डमा हुने पारालिम्पीकमा केशव थापा ह्वीलचियर क्याटोगोरीको क्लास ३ मा प्रतिस्पर्धाका लागि थाइल्याण्ड गएका हुन् । उक्त खेलमा विश्व बरियतामा रहेका खेलाडीहरुले मात्र प्रतिस्पर्धा गर्न पाउने र नेपालमा पारा टेबल टेनिसका खेलाडी केशव थापा एकमात्र विश्व बरियतामा हुन् । यस्तै प्रशिक्षक बसन्त भारती पनि उनी सँगै थाइल्याण्ड गएका छन् ।

पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टमा विश्वका धेरै देशका खेलाडीहरुले सहभागिता जनाउने सो खेलमा ह्वीलचियर ब्याइज क्लास ३ मा १५ देशका विश्व वरिएतामा रहेका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन । उक्त खेलमा विजेता हुने खेलाडी आगामी अगष्ट तथा सेप्टेम्बरमा फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने पारालिम्पीकमा सिधै छनोट हुने छन ।

खेलाडी तथा प्रशिक्षकलाई प्रतियोगितामा सहाभागी हुनको लागि ललितपुर बागडोलस्थित सुन्दर ढोका साथि सेवा अन्र्तगतको विकाश शिल्डले हवाई टिकट तथा खेलका लागि आवश्यक सामाग्री तथा मेडिकल इन्सुरेन्सको लागि प्रायोजन गरेको छ । साथै गोकर्णेश्वर नगरपालिकाबाट ५० हजार आर्थिक सहयोगको प्रतिबद्धता भएको छ ।

नेशनल पारालिम्पीक कमिटीका कोषाध्यक्ष ओमनाथ सिवाकोटीले पनि खेलाडी तथा प्रशिक्षकलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । खेलमा सहभागि हुनको लागि आयोजकको नियम अनुसार प्रवेश शुल्क र आवास शुल्क बापत प्रतिव्यक्ति ९६० युरो आयोजकलाई भुक्तानी गर्नु पर्ने हुदाँ खेलाडी तथा प्रशिक्षकले जनही लगभग एक एक लाख स्वंयम व्यक्तिगत रुपमा लगानी गर्नुपर्ने खेलाडी थापाले बताउनुभयो ।

विकास शिल्डले हवाई टिकट तथा खेल सामाग्रीमा प्रायोजन नगरेको भए उक्त प्रतियोगितामा नेपालले सहभागिता जनाउने अवस्थानै नरहेको खेलाडी तथा प्रशिक्षकले बताए । राष्ट्रिय खेलकुद परिषदमा जानकारी गराई पारालिम्पीक छनोट जस्तो खेलमा सहभागि हुनको लागि निवेदन दिदाँ पनि कुनै पनि निकायबाट सुनुवाई नभएको खेलाडी केशव थापा बताउनु हुन्छ ।

खेलाडीहरुको हौसल्ला बढाउन नेशनल पाराओलम्पिक कमिटका कोषाध्यक्ष ओमनाथ शिवाकोटी र सुन्दर ढोका साथि सेवाका कार्यकारी निर्देशक विजता अधिकारीसहितको विकास शिल्डको टिम विदाईका लागि विमानस्थलमा पुगेका थिए ।

अपांगता भएका खेलाडीहरुको प्रोत्साहनका लागि सरकारबाट आवश्यक सहयोग गर्न खेलकुदमा दीर्घकालीन योजनाको खाँचो रहेको छ । राष्ट्रको खेलकुद विकासका लागि उत्कृष्ट खेलाडीले अवसर खोज्ने होइन, राज्यले उत्कृष्ट खेलाडी खोज्ने परिपाटी बनाउन सकेमात्र खेलकुद क्षेत्रले गति लिने हुँदा सरकारको बेलैमा यसतर्फ ध्यान जान जरुरी छ ।

को हुन् खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती ?

केशव थापा नेपालमा आयोजना भएका ह्वीलचियर टेवल टेनिसमा राष्ट्रिय च्याम्पीयन समेत भई सकेका खेलाडी हुन ।

केशव थापा पारा एसियन गेम २०१८ इन्डोनेशिया, पारा एसियन गेम २०२२ हान्जाउ चाइना लगायत, ताइवान, जापान, पोल्याण्ड, थाइल्याण्ड तथा बगंलादेशमा समेत देशको प्रतिनिधित्व गर्दै बगंलादेशमा गोल्ड मेडल समेत जित्न सफल नेपाली पारा टेबल टेनिसमा हाल विश्व बरियतामा रहन सफल एकमात्र पारा टेबल टेनिसका खेलाडी हुन ।

१३ बर्ष अघी मेरुदण्ड पक्षघात भई अपाङता भएका थापाको जन्म स्थान धवलागीरी गा।पा ७ धारापानी, म्याग्दीमा जन्मेका हुन भने विगत १२ बर्ष देखी गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा बस्दै आइरहेका छन ।

प्रशिक्षक बसन्त भारती चौथो पारा एसियन खेल हान्जाउ चाइनामा नेपाली टेबल टेनिसको प्रशिक्षकको जिम्मेवारी पुरा गरिसकेका प्रशिक्षक हुन । प्रशिक्षक भारती पारा टेबल टेनिसका अन्तराष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक हुन । उनी गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ स्थायी बासिन्दा हुन ।

Related Posts

राष्ट्रिय खेलकुदको सन्देश बोकेर रारा पुग्यो ओलम्पिक टर्च

राष्ट्रिय खेलकुदको सन्देश बोकेर रारा पुग्यो ओलम्पिक टर्च

November 29, 2026
विश्वकप छनोट प्लेअफमा नेपालको चुनौती, घरेलु मैदानमा शीर्ष चारको लक्ष्य

विश्वकप छनोट प्लेअफमा नेपालको चुनौती, घरेलु मैदानमा शीर्ष चारको लक्ष्य

November 29, 2026
आगामी निर्वाचन लक्षित तयारी अघि बढाउँदै आयोग, मतदान स्थल पुनरवलोकन जारी

आगामी निर्वाचन लक्षित तयारी अघि बढाउँदै आयोग, मतदान स्थल पुनरवलोकन जारी

November 29, 2026
विपद्पछिको पुनर्निर्माणमा नागरिक समाजको भूमिका अपरिहार्य

विपद्पछिको पुनर्निर्माणमा नागरिक समाजको भूमिका अपरिहार्य

November 28, 2026

Discussion about this post

ताजा सामाग्री

राष्ट्रिय खेलकुदको सन्देश बोकेर रारा पुग्यो ओलम्पिक टर्च

राष्ट्रिय खेलकुदको सन्देश बोकेर रारा पुग्यो ओलम्पिक टर्च

November 29, 2026

  १३ मंसिर २०८३, आइतबार मुगु । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च नेपालको प्रमुख पर्यटकीय गन्तव्य रारातालमा...

विश्वकप छनोट प्लेअफमा नेपालको चुनौती, घरेलु मैदानमा शीर्ष चारको लक्ष्य

विश्वकप छनोट प्लेअफमा नेपालको चुनौती, घरेलु मैदानमा शीर्ष चारको लक्ष्य

November 29, 2026

  १३ मंसिर २०८३, आइतबार काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि १५...

आगामी निर्वाचन लक्षित तयारी अघि बढाउँदै आयोग, मतदान स्थल पुनरवलोकन जारी

आगामी निर्वाचन लक्षित तयारी अघि बढाउँदै आयोग, मतदान स्थल पुनरवलोकन जारी

November 29, 2026

  १३ मंसिर २०८३, आइतबार काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आवश्यक पूर्वतयारी अघि बढाएको छ।...

विपद्पछिको पुनर्निर्माणमा नागरिक समाजको भूमिका अपरिहार्य

विपद्पछिको पुनर्निर्माणमा नागरिक समाजको भूमिका अपरिहार्य

November 28, 2026

  १२ मंसिर २०८३, शनिबार काठमाडौं । प्राकृतिक विपत्तिपछिको उद्धार, राहत वितरण, पुनर्निर्माण तथा पुनर्स्थापनाका काम प्रभावकारी रूपमा सम्पन्न गर्न...

Recent Posts

  • राष्ट्रिय खेलकुदको सन्देश बोकेर रारा पुग्यो ओलम्पिक टर्च
  • विश्वकप छनोट प्लेअफमा नेपालको चुनौती, घरेलु मैदानमा शीर्ष चारको लक्ष्य
  • आगामी निर्वाचन लक्षित तयारी अघि बढाउँदै आयोग, मतदान स्थल पुनरवलोकन जारी
  • विपद्पछिको पुनर्निर्माणमा नागरिक समाजको भूमिका अपरिहार्य
  • दुई शतकको दममा श्रीलंका फाइनलमा, भारत ‘ए’ को यात्रा समाप्त

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In